असार १५, २०७९
सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ । गत असार १ गते देखि असार ९ गतेसम्म तालिम आयोजना गरिएको थियो । देशभरी फैलिएका सिप्रदी...
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो उत्पादनहरूको मूल्य बढाएको छ ।
कम्पनीले यसको प्यासेन्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो ।
हाल बजारमा सवारी साधन निर्माण एवम् उत्पादनलाई आवश्यक कच्चा सामग्री, वस्तुहरू, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढ्दो छ ।
यसो हुँदा सावरी साधन निर्माणको खर्च पनि बढ्छ । त्यसैले कम्पनीका अनुसार सवारी साधन बिक्री मूल्य समेत बढाउनुपर्ने आवश्यकता परेको हो ।
टाटा मोटर्सले भारतीय बजारमा गत अप्रिल २३ देखि लागू हुनेगरी आफ्नो गाडीहरूको बिक्री मूल्य बढाएको छ । त्यसमध्ये प्यासेन्जर भेइकल (गाडी)को मूल्य मोडल र भेरियन्ट अनुसार १.१ प्रतिशतसम्म बढाएको छ ।
कम्पनीले यसभन्दा अघि गत जनवरीमा समेत गाडीको मूल्य ०.९ प्रतिशतसम्मले बढाएको थियो । यसर्थ, सन् २०२२ मा टाटा मोटर्सका उत्पादनको मूल्य बढेको यो दोस्रो पटक हो ।
टाटा मोटर्सले यसपटक नेक्सन ईभी को मूल्य भने भारु २५ हजार रुपैयाँले बढाएको छ । भारतीय बजारमा टाटा मोटर्सको उत्पादनमध्ये टियागो, पन्च र ह्यारिअर लोकप्रिय छन् ।
नेपालमा भने टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच–५, सफारी, नेक्सन ईभी र टिगोर ईभी उपलब्ध छ । यी गाडीहरूको माग बजारमा राम्रो रहेको छ ।
भारतीय बजारमा गाडीको मूल्य बढेसँगै नेपालमा पनि गाडीको मूल्य बढ्न सक्ने बताइएको छ ।
यसबाहेक कम्पनी नेपाली बजारको लागि नयाँ नेक्सन ईभी विशेष संस्करण (स्पेसल एडिसन) सार्वजनिक गर्ने तयारीमा छ ।
यो नयाँ विद्युतीय नेक्सनको बाहिरी र आन्तरिक डिजाइन पनि परिवर्तन र पृथक हुने बताइएको छ ।
सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ । गत असार १ गते देखि असार ९ गतेसम्म तालिम आयोजना गरिएको थियो । देशभरी फैलिएका सिप्रदी...
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सोमवार एक कार्यक्रमका बीच महिन्द्राले नयाँ एसयुभी सार्वजनिक ग...
नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा सार्वजनिक गरेको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नया...
सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं. २५ स्थित असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. ...
अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ। नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न स...
नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमवार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलवार प्रतितोला ९७ हजार...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...