×

Dabur
Nic Asia
Marvel

रैथाने बाली जोगाउन ‘बिज बैंक’

काठमाडाैं | असार ८, २०७९

फाइल तस्‍वीर
TVS INSIDE

बागलुङको बरेङ गाउँपालिकाले रैथाने बालीको बीउबिजन संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेकाले गाउँपालिकाले ‘हाम्रो बीउ, हराउन नदिउ’ अभियान थाल्ने भएको हो ।

morang Auto yamaha

बीउको संरक्षणका लागि गाउँपालिकाले प्रोत्साहन र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियान हरेक वडामा सञ्चालन गरेर बीउ जोगाउन बिज बैंक स्थापना गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

व्यावसायिक उत्पादनका लागि आधुनिक प्रविधि र आधुनिक बीउबिजनका साथै रैथाने बालीको संरक्षण गर्ने दायित्व गाउँपालिकाको भएकाले बिज बैंक स्थापना गरेर संरक्षणको अभियान थालिने उनले बताए । 'हामीले अहिले कसरी जीवनयापन गरिरहेका छौँ, विगतमा के खान्थ्यौँ, हाम्रो खेतबारीमा के फल्थ्यो भन्ने भावी पुस्तालाई जानकारी दिन आवश्यक छ', शर्माले भने, 'बीउ जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।' 

‘बरेङमा समृद्धि, कृषि लगानी वृद्धि’को मूल मर्मलाई आत्मसात गर्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधारस्तम्भका रूपमा कृषि क्षेत्रलाई विकास गर्ने लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न र पुरानो जोगाउँदै नयाँ बीउमार्फत व्यावसायिक बन्न योजना अघि बढाइएको हो ।  

Vianet communication
Maruti inside

बिज बैंकमा रैथाने जातका खाद्यान्न बाली तथा तरकारी र फलफूलको समेत संरक्षण गरिने गाउँपालिकाले जनाएको छ । पाँचवटै वडामा सञ्चालनमा रहेका विभिन्न कृषि पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने योजना गाउँपालिकाको छ । बाँझो जमिनको उपयोग गरेर पनि रैथाने बालीको संरक्षण गर्न सकिने अध्यक्ष शर्माले बताए । रासस
 

Mega
TATA Below
NLIC
असार २१, २०७९

नेपाली बजारमा मंगलवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रति तोला ९७ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमवार यस्तो सुनको मूल्य प्...

असार २०, २०७९

सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । यस दिन सुन प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोब...

असार २१, २०७९

उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् । त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल...

असार २२, २०७९

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको 'रिङरोड ग्रीन बेल्ट'को उद्घाटन गरेको...

असार २१, २०७९

सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमवार राति बढाएको भाउ  मध्यरातदेखि भइसकेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ...

असार २२, २०७९

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ९० देखि १०० रूपैयाँस...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x