×

Dabur
Nic Asia
Marvel

पहुँचको दुरुपयोग

राजनीतिक आडमा खोला र कुलो मिचेर ३ रिसोर्ट सञ्चालन, उल्टै डराउँछ स्थानीय सरकार !

विराटनगर | असार ८, २०७९

TVS INSIDE

पहुँच हुँदा जे गरे पनि हुन्छ भन्ने उदाहरण बनेका छन् मोरङका ३ रिसोर्ट । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यसहित करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका रिसोर्टहरू खोला र पैनी (कुलो) मिचेर बनाइएका छन् ।

morang Auto yamaha

सरकारी मापदण्ड नै मिचेर बनाए पनि सम्बन्धित निकाय मौन छन् । त्रिवेणी रिसोर्ट, गोकुलम र गोकर्ण रिसोर्टले खोलाको जग्गा नै हडपेर संरचना बनाएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

खोलाको जग्गा नै हडपेर संरचना बनाए पनि संरचना पास भएका छैनन् ।

गोकर्ण रिसोर्टले कुलोकै माथि संरचना बनाएको छ, रिसोर्टको बीच भागबाट कुलो बग्ने गर्छ । नयाँ नगरपालिका बन्नुभन्दा अगाडि निर्माण गरिएको भनेर साविकको सुन्दरदुलारी नगरपालिकामा अभिलेखीकरण गरिएको छ तर संरचनाहरू नगरपालिका बनेपछि मात्रै निर्माण भएका छन् ।

Vianet communication
Maruti inside

गोकर्ण रिसोर्टका सञ्चालक रमेश आचार्यले कुलोको जग्गा मिचेर रिसोर्ट बनाएको स्वीकार गरेका छन् । आफ्नै ठाउँको पर्यटन प्रवद्र्धन गर्नका लागि कुलो मिचेको उनले बताए । आफू सामाजिक व्यक्ति समेत भएकाले कसैले विरोध समेत नगरेको उनले बताए । 

गोकर्ण रिसोर्टले २०७३ कात्तिक ४ गते २१९१.४६ वर्गफिटको पहिलो चरणको निर्माणको प्रमाणपत्र लिएको थियो । दोस्रो चरणमा २०७४ जेठ १६ गते इजाजत लिएको छ । सुन्दरदुलारी नगरपालिका हुँदा नै पहिलो र दोस्रो चरणको इजाजत दिइएको सुन्दरहरैचाको घर नक्सा शाखाले जनाएको छ । अन्तिम चरणमा भने नगरपालिकाले इजाजत दिएको छैन ।

नगरपालिकाका एक कर्मचारीले भने, ‘पहिला कसरी २ चरणको इजाजत पाएका रहेछन् भनेर हामी नै अन्योलमा परेका छौं ।’

पहिलो र दोस्रो चरणमा इजाजत पाएको भन्दै विभिन्न नेताहरू लगाएर निर्माण सम्पन्नताको इजाजत दिन दबाब दिने गरिएको ती कर्मचारीले बताए । सम्पन्नताको इजाजत नदिँदा दबाब धान्न नसकिने अवस्था आएको कर्मचारीहरू बताउँछन् । 

रिसोर्टका सञ्चालक रमेश आचार्य कांग्रेस निकटका हुन् । सुन्दरहरैचाका निवर्तमान मेयर शिवप्रसाद ढकालसँग नजिक भएकै कारण उनले आफ्नो व्यवसायलाई राम्ररी चलाएका थिए । उनी आफू सामाजिक व्यक्तित्व भएको बताउँछन् । उनले कुलो मिचेको स्वीकार पनि गरेका छन् ।

आचार्यले भने, ‘म सामाजिक व्यक्तित्व पनि हो, सुन्दरहरैचामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मेरो ठूलो भूमिका छ ।’ 

गोकुलम रिसोर्टले सुनसरी र मोरङको सीमा भएर बग्ने बुढीखोलाकै जग्गा ओगटेर संरचना बनाएको छ । खोलाबाट फुटेर आएको भंगालो गोकुलमको मुख्य आम्दानी हो । त्यही भंगालोलाई थुनेर पोखरी बनाइएको छ । पोखरीको बीचमा पर्यटकहरूले खाजा नास्ता खाने गरी डुंगाको आकारको घर नै निर्माण गरिएको छ । त्यो घरसम्म पुग्नका लागि डुंगाको प्रयोग गरेर पर्यटक पुग्ने गर्छन् । सबैभन्दा बढी लगानी पनि गोकुलममै भएको देखिन्छ ।

गोकुलममा पुगेर खोला अतिक्रमणको विषयमा सञ्चालक रमेश कार्कीसँग भेटेर प्रतिक्रिया लिन खोज्दा कर्मचारीले ‘सरले कसैसँग भेट्ने समय नमिलाउनु भन्नुभएको छ’ भनेर भेट गर्ननै दिएनन् ।

गोकुल रिसोर्टले नगरपालिका बन्नुभन्दा अगाडि नै संरचना निर्माण गरिएको भन्दै २०७६ कात्तिक २४ गते भवन अभिलेखीकरण मात्रै गरेको छ । खोलाको जग्गा ओगटेको देखेपछि पास नहुने डरले नगरपालिका बन्नुभन्दा अगाडि नै संरचना बनाएको भनेर अभिलेखीकरण मात्रै गराएको छ । ५ हजार ६४०.६६ वर्गफिटको विभिन्न चरणमा निर्माण गरिएको संरचना भनेर अभिलेखीकरण गरेको नगरपालिकाको तथ्यांकमा रहेको छ । जहाँ स्वीमिङ पुल, कार्यालय सभाहल लगायतका संरचना निर्माण गरिएका छन् ।

२०७६ मंसिर ४ गते ४ हजार ३५६.८० वर्गफिट क्षेत्रफलमा विभिन्न संरचना निर्माण गरिएको अभिलेखीकरण गरिएको छ । नगरपालिका बन्नुभन्दा अगाडि बनेका भवन मात्रै अभिलेखीकरण हुने गरेका छन् । रिसोर्टले नगरपालिका बनेपछि पनि धमाधम संरचना बनाएर अभिलेखीकरण गराउँदै आएको छ ।

२०७८ मंसिर ९ गते ४ हजार ६७२.२१ वर्गफिट क्षेत्रफलमा संरचना निर्माण गरिने भएकाले अनुमति दिन भनेर नगरपालिकाको घरनक्सा शाखामा निवेदन दिएको छ तर उनले अनुमति पाएका छैनन् । कर्मचारीहरू नक्सा पास नगर्दा दबाब थेग्न गाह्रो भएको बताउँछन् । कार्की वामपन्थी निकट मानिए पनि कतै खुलेका छैनन् । 

त्रिवेणी रिसोर्ट पनि खोलाकै किनारमा सञ्चालनमा छ । खोलालाई साँघुरो बनाएर संरचना बनाइएको छ । गछिया खोलाको किनारमा बनाइएको रिसोर्टमा १३ जनाको लगानी छ । विभिन्न दलमा रहेका नेतादेखि नगरपालिकाकै कर्मचारीसम्मको लगानी छ । पहुँचकै भरमा रिसोर्ट सञ्चालन गरिएको छ ।

१३ जनाको संयुक्त लगानीमार्फत सञ्चालन भइरहेको रिसोर्ट ९ बिगाहाभन्दा बढी जग्गामा सञ्चालनमा छ तर निर्माण गरिएका संरचनाको नक्सा पास छैन । सञ्चालकहरू व्यवसायी नेतादेखि नगरपालिकाकै कर्मचारीसम्म छन् । पहुँचकै भरमा संरचना बनाइरहेका छन् तर रिसोर्टका  सञ्चालक राजेन्द्र धमलाले खोला नहडपेको दाबी गरे ।

भवन निर्माण मापदण्डमा खोलाभन्दा ३० मिटर टाढा मात्रै संरचना बनाउनुपर्ने उल्लेख गरिएको छ । गोकर्णका सञ्चालक रमेश आचार्यको लगानी त्रिवेणीमा समेत छ । लगानीकर्तामा तुलसी ढकाल, रमेश आचार्य, प्रेमप्रसाद ढकाल, रविन दाहाल, राजेन्द्र धमला, बेदप्रसाद दंगाल, युवराज दाहाल, डिल्लीराम गिरी, दुर्गाप्रसाद गिरी, पंचुलाल चौधरी, तुलसी भट्टराई, अर्जुन ढुंगाना, उमेश वस्ती लगायत छन् । सञ्चालकहरूले केही लगानीकर्ताका नाम सार्वजनिक गर्न मान्दैनन् । उमेश वस्ती एमाले मोरङका जिल्ला कमिटी सदस्य हुन् भने राजेन्द्र धमला नगर कमिटीमा छन् । 

खोला र कुलोमा बनेका ३ वटै रिसोर्टका सञ्चालकहरू राजनीतिमा जोडिएका कारण पनि भोट घट्ने डरले सम्बन्धित निकाय मौन हुने गर्छ । खोला साँघुरिएकै कारण प्रत्येक वर्ष बर्खामा डुबान हुने गर्छ । डुबान भएर विस्थापित बनेका नागरिकलाई बिस्कुट, चाउचाउ बोकेर सहानुभूति दिन खोज्ने जनप्रतिनिधिहरू डुबान हुनुको कारण खोज्दैनन् ।

इजाजत विना संरचना बनाइएको पाइए भत्काउने वा ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार नगर प्रमुखलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको छ तर पनि भोट घट्ने डरले कानूनले दिएको अधिकार समेत प्रयोग गर्दैनन् । 

सुन्दरहरैचाका मेयर केदारप्रसाद गुरागाईंले यस विषयमा बुझ्ने बताए । निर्वाचित भएर आएलगत्तै नगर सभाको काममा व्यस्त भएकाले बाहिरी कुरा बुझ्न नभ्याएको उनले बताए । 

Mega
TATA Below
NLIC
असार २१, २०७९

नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले संगठनबारे ठोस प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको छ। आइतवारदेखि जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेर मंगलवार ...

असार २१, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले बोलाएको केन्द्रीय समिति बैठक १ दिन पर सरेको छ । असार २८ गते हुने भनिएको बैठक मुस्लिम समुदायको पर्व बकर इदका कारण सरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकार...

असार २२, २०७९

कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक  बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थग...

असार २२, २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भातृसङ्गठन रहित हुने भएको छ । प्रवक्ता मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि प्रकारको भातृसङ्गठन नहुने स्पष्ट गरे ।  ‘युवा, महिला, मजदुर, किसा...

असार २१, २०७९

तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारले नेपाल नागरिकता ऐन संशोधन विधेयक २०७५ फिर्ता लिने तयारी गरेको भन्दै विरोध गरेको छ। विगत ४ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन विधेयक सरकारले फिर्ता लिन लागेको भन्दै वृषे...

असार २१, २०७९

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका मध्ये करिब आधा संख्याका उम्मेदवारले मात्र निर्वाचन खर्च बुझाएका छन्। जिल्लाका चार स्थानीय तहमा कूल ९ सय २८ जनाले उम्मेदवारी दिएकोमा ५ सय ३८ जनाले मा...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x