असार २१, २०७९
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । अधिवक्ता अनुपम भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा पराजित यादवलाई संविधानको मर्म र भाव...
काठमाडाैं | असार ८, २०७९
गाउँ विकास समितिको सचिवले सामान्य जीवनयापन गर्न पनि मुस्किल हुने गरेको ठाउँमा करोडौंको लगानी गरी अस्वाभाविक साम्राज्य स्थापना गरेको भेटिएको छ ।
धनुषामा लामो समय गाविस सचिव रहेका जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा घर भएका गाविस सचिव गणपति झा अकुत सम्पत्ति आर्जन गरी आलिसान जीवन जिउँदै आएका छन् ।
नायब सुब्बाबाट अवकाश पाएका उनले जनकपुरमा विभिन्न कित्तामा महंगो जग्गा जमिन किन्नुका साथै १ करोड रुपैयाँभन्दा बढीको लागतमा आलिसान घर नै बनाएका छन् ।
जेसीबी, स्कार्पियो, बोलेरो, ट्रयाक्टर सहितका करोडौं लगानीमा सवारीसाधन खरिद गरेका झाले विभिन्न ३ वटा व्यावसायिक फर्महरू समेत सञ्चालन गर्दै आएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २ करोड ४४ लाख ७१ हजार १०५ रूपैयाँको स्रोत नखुलेको सम्पत्ति भन्दै बिगो कायम गर्दै बुधवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । झा २०३९ मंसिर ९ गते गाविस सचिव पदबाट सार्वजनिक सेवामा प्रवेश गरेर २०७८ साउन महिनामा अवकाश पाएका थिए ।
जिल्ला प्रशासन कार्यालय धनुषाको नायब सुब्बाबाट अवकाश पाएका झाविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
आयोगका अनुसार २०३९/४० देखि २०७७/७८ सम्मको समग्र आय–व्यय हेर्दा २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ देखिएको छ तर व्ययतर्फ जग्गा खरिद, ऋणको सावाँब्याज, गाडीहरू, घर, अध्ययन खर्च लगायत गरेर ४ करोड ८७ लाख ३८ हजार २१० रूपैयाँ हुन आएको छ । अख्तियारका अनुसार २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँको स्रोत खुलेको छैन ।
झाले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी मीनादेवी र छोराहरूको नाममा राखेको छ । आयोगका अनुसार पत्नी मीनादेवी, छोराहरू दिवाकर, शिवाकर र करुणाकरलाई समेत प्रतिवादी बनाएर आरोपपत्र दायर गरिएको छ ।
आयआर्जन तथा खर्चको यस्तो छ विवरण -
आयआर्जनतर्फ पारिश्रमिक बचतबाट २५ लाख २९ हजार रुपैयाँ, जग्गा बिक्रीबाट १२ लाख ८५ हजार रुपैयाँ, विभिन्न बैंक तथा कर्मचारी सञ्चय कोषबाट १ करोड ६८ लाख ४९ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । कृषि आयबाट ९ लाख ३२ हजार रुपैयाँ, सवारीसाधन आयबाट १८ लाख ४८ हजार रुपैयाँ, बीमा रकम १ लाख ९० हजार रुपैयाँ आय आर्जन गरेको देखिन्छ ।
न्यू थ्री ब्रदर एण्ड बिल्डर्स नामको फर्मबाट ३ लाख ६१ हजार रुपैयाँ, जग्गाको मुआब्जाबाट २ लाख ७० हजार रुपैयाँसहित गरेर झाको जम्मा आय २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ मात्र हुन्छ तर झाको खर्च तथा लगानी ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ देखिएको छ ।
जनकपुरसहित विभिन्न ठाउँमा विभिन्न कित्ता जग्गा खरिद गरेबापत ३७ लाख ८८ हजार रुपैयाँ, विभिन्न बैंकबाट लिएको ऋणको साँवा ब्याज भुक्तानीबापत ८० लाख ६५ हजार रुपैयाँ खर्च गरेको देखिन्छ ।
विभिन्न किसिमका सवारीसाधन खरिदमा पनि उनले झण्डै २ करोड हारहारीमा खर्च गरेको देखिन्छ । जेसीबी, स्कार्पियो, बोलेरो, ट्रयाक्टर सहितका सवारीसाधन खरिदमा १ करोड ८९ लाख ६३ हजार रुपैयाँ खर्च गरेको देखिन्छ । बिमा भुक्तानीमा १ लाख ५२ हजार रुपैयाँ, बैंक मौज्दात १० लाख ६२ हजार रुपैयाँ, घर निर्माणमा १ करोड १३ लाख २६ हजार रुपैयाँ, छोराछोरीको अध्ययन खर्च भुक्तानीमा ९ लाख ३ हजार रुपैयाँ खर्च गरेको देखिन्छ ।
करुणाकर इन्टरप्राइजेज, न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स र नीति कन्सट्रक्सन समेतका ३ वटा व्यावसायिक फर्मको दर्ता तथा सञ्चालनमा ३७ लाख ५० हजार रुपैयाँ खर्च गरेको देखिन्छ । यसरी हेर्दा उनको कूल खर्च तथा लगानी ४ करोड ७३ लाख ३८ हजार २१० रुपैयाँ भएको देखिन्छ । जुन आयस्रोतभन्दा २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बढी भई स्रोत खुलेको छैन ।
झा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका–२० मा स्वतन्त्रबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेका थिए । वडाध्यक्षमा उनी पराजित भएका छन् ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । अधिवक्ता अनुपम भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा पराजित यादवलाई संविधानको मर्म र भाव...
उच्च अदालत पाटनमा शाखा अधिकृत र उपसचिवबीच आइतवार कुटाकुट भएको छ । शाखा अधिकृत हिरालाल भुसालले उपसचिव रमेश श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गरेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार उन...
शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–.१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै ...
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । अब सो मुद्दाको पेशी आगामी असार २६ गतेका लागि तोकिएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपक...
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा ...
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई जिल्ला अदालत संखुवासभाले आजीवन कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्य...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...