×

Dabur
Nic Asia
Marvel

यस्तो छ तीन दशकमा अफगानिस्तानमा गएका ठूला भूकम्प र क्षतिको विवरण

काठमाडाैं | असार ८, २०७९

TVS INSIDE

पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौं जना घाइते भएका छन् । 

morang Auto yamaha

करिब तीस बर्षमा भूकम्पका कारण अफगानिस्तानले हजारौँ व्यक्ति गुमाएको छ । सन् १९९१ फेब्रुअरी १ मा गएको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी करिब एक हजार ५०० जनाको मृत्यु भएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

फेब्रुअरी १, १९९१ मा ६.९ रेक्टर स्केलको भूकम्पले अफगानिस्तान र छिमेकी पाकिस्तानको उत्तर–पूर्वमा भूकम्प गएको थियो । यो कम्पन उत्तरी भारत र ताजिकिस्तानमा पनि महसुस भएको थियो ।

सन् १९९८ मा पनि अफगानिस्तानलाई दुईवटा ठूला भूकम्पले देशलाई हल्लाएका थिए । 

Vianet communication
Maruti inside

पहिलो फेब्रुअरी महिनामा नै भूकम्प गएको थियो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ५.९ रेक्टर स्केलको फेब्रुअरी ४, १९९८ मा उत्तर–पूर्वी प्रान्त ताखारमा केन्द्र विन्दु रहेको उक्त भूकम्पमा परी चार हजार ५०० व्यक्तिको मृत्यु भएको थियो । हजारौं घरबारविहीन भएका थिए । सोही बर्ष मे ३० मा गएको अर्को ६.६ रेक्टर स्केलको भूकम्प पनि ताखरलाई नै केन्द्रविन्दु बनाएर गएको थियो । भूकम्पको धक्काले सुदूर उत्तर–पूर्वी प्रान्त बदाखशन पनि प्रभावित भएको छ । यसमा करिब पाँच हजार व्यक्तिको मृत्यु भएको थियो । भूकम्पका कारण एक हजार ५०० जना घाइते भएका थिए र थुप्रै गाउँहरू ध्वस्त भएका थिए ।

२००२ मार्च ३ मा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पले देशको उत्तरतर्फ धक्का दिएको थियो । सामांगन प्रान्तमा केन्द्रविन्दु रहेको उक्त भूकम्पमा परी १५० भन्दा बढीको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । 

त्यस्तै मार्च २५ मा आएको अर्को भूकम्पमा परी ८०० भन्दा बढी मानिसको ज्यान गएको थियो । हिन्द कुश रेन्जको फेदमा रहेको बागलान प्रान्तमा हजारौं घरबारविहीन भएका थिए । भूकम्पमा परी २० हजार जनसंख्या भएको नहरिन शहर पूरै ध्वस्त भएको थियो ।

जून ११, २०१२ मा ५.२ देखि ५.७ रेक्टर स्केलका तीनवटा भूकम्पमा परी ७५ जनाको मृत्यु भएको थियो र बागलान प्रान्तका थुप्रै घरहरू ध्वस्त पारेको थियो । चार जनाबाहेक सबै मुल्ला जन गाउँका रहेका थिए र उनीहरूले भूकम्पपछि गएको पहिरोमा पुरिएर ज्यान गुमाएका थिए । 

अक्टोबर २६, २०१५ मा, अफगानिस्तान–पाकिस्तान सीमासम्म फैलिएको हिन्द कुश रेन्जमा पछिल्ला केही दशक यता अफगानिस्तानमा गएको सबैभन्दा शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्पमा परी अफगानिस्तान र पाकिस्तानमा गरी ३८० जनाको मृत्यु भएको थियो ।

Mega
TATA Below
NLIC
असार २०, २०७९

डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ ।  सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको बिबीसीले जनाएको छ ।   बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक...

असार २०, २०७९

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ ।     सुरुको प्रदर्शनीहरूमा बेइजिङक...

असार २०, २०७९

युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप  लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन् ।  रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्ल...

असार २०, २०७९

इटालीको अल्पाइन ग्लासियर (हिमनदी)को ठूलो भाग भत्किएको छ ।  त्यसमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । इटालीको सरकारी टेलिभिजन च्यानलका अनुसार हिउँ र चट्टानको भग्नावशेषमुनि ...

असार २०, २०७९

डेनमार्कको कोपनहेगन स्थित एक शपिङ मलमा गोलाबारी भएको छ ।  सो फायरिङमा केही मानिसको मृत्यु समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  प्रहरीले  घटनामा संलग्न रहेको आशंकामा एक...

असार २०, २०७९

भारतमा सोमवार निजी बस दुर्घटना हुँदा विद्यालयका बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशको कुल्लु सैँजमा बस गहिरो खाडलमा खसेको हो ।  कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले स...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x