असार २१, २०७९
नेपाली युवा उद्यमी मञ्चको १८ औं वार्षिक साधारणसभाले नयाँ राष्ट्रिय परिषद् गठन गरेको छ । परिषद्को अध्यक्षमा रितेश लामिछाने, प्रथम उपाध्यक्ष सहारा जोशी, द्वितीय उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, महिला उपाध्यक्ष निभ...
काठमाडौँ महानगरको आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । प्रमुख बालेन्द्र शाह (बालेन) ले अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति आज बसेको सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।
प्रमुख शाहको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । उनले पहिलो बैठकमा ४१ बुँदामा आ. व. २०७८÷०७९ को वार्षिक समीक्षा गर्दै १६३ बुँदामा क्षेत्रगत नीति कार्यक्रम पेश गरेका थिए ।
सभामा पेश भएका नीति तथा कार्यक्रमका बारेमा वडा ३२ का अध्यक्ष नबराज पराजुली, वडा २३ का अध्यक्ष मचाराजा महर्जंन, कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनसहित ११ जना नगर सभा सदस्यले धारणा तथा सुझाव राख्नुभएको थियो । यसरी धारणा राख्नेहरुमा वडा ९ का सदस्य टेकराज अधिकारी र श्रीराम राई, वडा २९ का सदस्य सदस्य सन्तोष ढुङ्गेल, वडा २० का सदस्य शोभादेवी मानन्धर, वडा १८ का सदस्य रचना शर्मा, वडा ६ का सदस्य नरेन्द्रकुमार थापा थिए । यस्तै वडा ११ का सदस्य आशा श्रेष्ठ रौनियार र वडा २२ का सदस्य चन्द्रमान तुलाधर थिए ।
उनीहरुले एकीकृत सञ्चार ऐन तर्जुमा गर्नुपर्ने, राजस्व प्रशासन करमैत्री हुनुपर्ने, वडा भवन निर्माण गर्नुपर्ने, सुस्त श्रवणजस्ता समस्या हुनेका लागि दोभासेको व्यवस्था गर्ने, अपाङ्गमैत्री पैदल मार्ग बनाउने, विद्युतीय सवारीमा जोड दिने, रात्रीकालीन जीवनशैलीलाई व्यवस्थापन र सहज बनाउने, पार्किङ व्यवस्थापन गर्ने जस्ता विषयलाई नीतिमा थप गर्नुपर्ने सुझाव दिएका थिए ।
सुझावको उत्तर दिँदै प्रमुख शाहले, सुझावलाई नीतिमा समेटेर लैजाने यदि नीतिमा राख्न उपयुक्त भएन भने कार्यक्रममा समावेश गर्ने बताए ।
नेपाली युवा उद्यमी मञ्चको १८ औं वार्षिक साधारणसभाले नयाँ राष्ट्रिय परिषद् गठन गरेको छ । परिषद्को अध्यक्षमा रितेश लामिछाने, प्रथम उपाध्यक्ष सहारा जोशी, द्वितीय उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, महिला उपाध्यक्ष निभ...
पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब...
सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यस्तै हवाई इन्धन आन्...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्...
नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय संकटमा परेका छन्। दैनिक दर्जनौँपटक विद्युत् जाने–आउने समस्याका कारण उद्योग व्यवसाय मात्रै होइन, सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन्। भरतपुर वि...
बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारी गरिरहेको छ । उसले मौद्रिक नीतिका लागि निजी क्षेत्रका विभिन्न संघ संस्थादेखि आम सर्वसाधारणसम्मबाट सुझाव मागे...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...