असार १९, २०७९
बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन ...
पाल्पाको रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ ।
नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निःशुल्क उपलब्ध गराउने गरी वडावडामा आधारभूत स्वास्थ्य केन्द्रको संरचना तयार पारेर सेवा दिन थालेको छ ।
बुधवार मात्रै रामपुरमा ३ वटा आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा नम्बर ४, ७ र ९ मा स्वास्थ्य सेवा प्रभावकारी बनाउन संरचना निर्माण गरिएको हो ।
वडा नम्बर ४ मा २८ लाख ८५ हजार ५७९ रुपैयाँको लागतमा भवन निर्माण गरी सेवा दिइएको छ । भ्याटबाहेक ३० लाख २० हजार ८०५ रुपैयाँमा ठेक्का सम्झौता भएको भवन एकतले ३ कोठासहित निर्माण गरिएको हो ।
वडा नम्बर ७ मा ३२ लाख ३४ हजार ५४० र वडा नम्बर ९ मा ३३ लाख ९५ हजार ८१३ रुपैयाँको लागतमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । नगर स्वास्थ्य शाखा संयोजक गिरीराज घिमिरेले रामपुर नगरभित्र सबै स्वास्थ्य संस्था आफ्नै भवनमा सञ्चालन भएको बताए । रामपुर नगरभित्र एक ५० शय्याको रामपुर अस्पताल, ४ वटा स्वास्थ्य चौकी (गाँडाकोट, दर्छा, खालिवन र गेझा), ५ वटा आधारभूत स्वास्थ्य केन्द्र, ७ वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।
‘नगरपालिकाभित्र कुनै पनि स्वास्थ्य संस्था भाडामा नरहेको र अबको १ वर्षभित्र नयाँ बन्न बाँकी रहेका सबै स्वास्थ्य संस्थाको भवन निर्माण सक्ने योजना छ, वडा नम्बर १ को चण्डिहान, ३ को गण्डकीढिक, १० को जगटेआँपमा पक्की स्वास्थ्य भवन बन्नेछ,’ प्रमुख घिमिरेले भने ।
रामपुर–४ का वडाध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रानाले वडा–वडामा आधारभूत स्वास्थ्य केन्द्रले नागरिकलाई स्वास्थ्य सेवामा राम्रो सुविधा पुगेको बताए । करीब १ घण्टा बढीको समय पैदल हिँडेर स्वास्थ्य संस्थामा धाउनुपर्ने समस्या अहिले वडामै रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनबाट औषधोपचार सेवा पाउँदा नागरिकलाई ठूलो राहत पुगेको हसिना मियाँ बताउँछिन् ।
उनी भन्छिन्, ‘सामान्य औषधोपचारका निम्ति १ घण्टा धेरै समय हिँडेर रामपुर अस्पतालमै जानुपर्ने बाध्यता थियो, घर नजिकै सञ्चालन भएको स्वास्थ्य केन्द्रबाट आफूले भनेको समयमा सेवा पाइएको छ, हामी यसमा धेरै खुशी छौं ।’
बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन ...
तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भ...
समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् । भर...
कोशी अस्पताल विराटनगरको नाम दुरुपयोग गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पत्राचार गर्न अस्पतालले स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले सोही अस्पतालको...
राष्ट्रिय ट्रमा सेन्टरले आगामी साउनदेखि २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने भएको छ। आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने तयारी गरेको हो। ट्रमा सेन्टरका मेडिकल स...
थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके र बर्दियामा मात्रै करीब ४ हजार सिकलसेलका बिरामी छन् । बर्दियाको जनस्वास्थ्य अधिकृत कृष्ण...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...