असार २१, २०७९
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहुँदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन्। कतिपय काम तथा निर्णय गर्न विषयतगत समितिले पूर्णता नपाउँदा व्यवधान खडा हुने गरेको छ। विभिन्न विषयगत...
काठमाडाैं | असार ९, २०७९
नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन् ।
सरकारमा सहभागी ४ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय अलपत्र परेको समयमा नेता नेपालले ४ मन्त्रीसँग बुधवार आफ्नै निवासमा छलफल गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले पार्टी निर्णय कार्यान्वयनमा सघाउने प्रतिबद्धता जनाएका थिए । शहरी विकास मन्त्री रामकुमारी झाँक्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले भने पार्टी निर्णयमा आपत्ति जनाएका छन् ।
‘हामीले राम्रो काम गरिरहेका छौं, संसदबाट बजेट पारित नहुँदै फिर्ता बोलाउने निर्णय गलत भयो,’ मन्त्री झाँक्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘हामीले के गलत काम गर्यौं र सरकारबाट फिर्ता बोलाउने ? मन्त्री फेर्ने विषय संसदीय दलमा निर्णय गर्ने कि बाहिर ?’
नेता नेपालले भने सरकारमा सहभागी गराउने समयमै ६ महिनाका लागि पठाएको बताएका थिए । ‘अहिले तपाईंहरूले पार्टीको निर्णय मान्नुपर्छ, पार्टी निर्णय नमान्दा पद लोलुपको आरोप लाग्छ,’ नेता नेपालले भनेका थिए ।
उनले पार्टीले निर्णय गरिसकेको अवस्थामा सहज ढंगले सरकार छाड्न आग्रह गरेका नेकपा एसका एक प्रभावशाली नेताले लोकान्तरलाई बताए ।
नेता नेपालले बुधवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि पार्टीले सिफारिश गरेका मन्त्रीलाई शपथ गराउन आग्रह गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टै कुरा गरौ भनेका थिए ।
सोही अनुसार नेता नेपालले बिहीवार देउवालाई भेटेका छन् । मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा पार्टीमा समस्या भएको भन्दै नेपालले सिफारिश गरेका मन्त्रीलाई शपथ गराउन आग्रह गरेका नेकपा एस स्रोतले बतायो ।
नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए । नेकपा एसले गत जेठ २२ गते सरकारका ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
मन्त्रीहरूले सरकार छाड्नका लागि केही शर्त राखेका थिए । ती शर्तबारे बैठकमा छलफल गर्ने नेता नेपालले आश्वासन दिएका छन् । मन्त्री फेर्ने निर्णय कार्यान्वयन नभएकोमा एसका नेता झलनाथ खनालले आक्रोश जनाउँदै आएका छन् ।
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहुँदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन्। कतिपय काम तथा निर्णय गर्न विषयतगत समितिले पूर्णता नपाउँदा व्यवधान खडा हुने गरेको छ। विभिन्न विषयगत...
सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदा...
नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले संगठनबारे ठोस प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको छ। आइतवारदेखि जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेर मंगलवार ...
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनमा समस्या आउन थालेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण...
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार मन्त्रिपरिषदको आह्वान गरेका छन्। उनले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषदको बैठक आह्वान गरेका हुन्। यसअघि सोमवार मन्त्रिपरिषदको नियम...
जनता समाजवादी पार्टी (जसपा) नेपालले बोलाएको केन्द्रीय समिति बैठक १ दिन पर सरेको छ । असार २८ गते हुने भनिएको बैठक मुस्लिम समुदायको पर्व बकर इदका कारण सरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकार...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...