असार १८, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभ...
हेटौंडा | असार ९, २०७९
आधुनिकीकरण र बदलिँदो शिक्षा प्रणालीका बीच नेपालको पुरानो गुरुकुल शिक्षा अर्थात् संस्कृत विद्यालयहरू ओझेलमा पर्न थालेका छन् ।
हेटौंडा– १० स्थित गोरक्षेस्वर तटमा रहेको संस्कृत वेद विद्यालय पनि त्यसैगरी ओझेलमा परिरहेको छ । २०५६ सालमा स्थापना भई निरन्तर संस्कृत पठनपाठन हँुदै आएको विद्यालयमा अहिले बिहान–बेलुका खानाको व्यवस्था गर्न र बस्नकै लागि समस्या रहेको विद्यालयका शिक्षक विष्णुप्रसाद भट्टराईले बताए ।
विद्यालयमा हाल २१ जना विद्यार्थीहरू कक्षा ४ देखि ८ सम्म पढ्दै आएता पनि उनीहरूलाई व्यवस्थित खानपान एवं बस्नका लागि नै समस्या भएको भट्टराईले बताए ।
उनले भने, ‘२ वटा कोठा छ, २१ जना च्यापिएर सुत्नु तथा बस्नुपर्ने बाध्यता छ ।’
प्रचीनकालदेखि चलिआएको संस्कृत शिक्षाप्रति सरकारको खासै चासो नदेखाएको उनले बताए । विद्यालय ढलपल–ढलपल गर्दै सञ्चालन भइरहेको उनले बताए ।
विद्यालयका प्राध्यापक साधुराम पोखरेलले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले संस्कृत विद्याप्रति बेवास्ता गरेको बताए ।
पोखरेलले भने, ‘विद्यालयमा मुख्य समस्या भनेको नै खानपान रहेको हो । बिहान–बेलुकाको खाना, बिहान दिउँसोको खाजा पूर्णरूपमा अरूको भरमा छ । विद्यालयको आफ्नै अन्य कुनै आयस्रोत छैन ।’
सरकारले खानपान र व्यवस्थित बासस्थानका लागि सहयोग गनुपर्ने उनले बताए ।
संस्कृत विद्यालय अन्य विद्यालय जस्तो नरहेको र यसको आफ्नै छुट्टै मूल्यमान्यता एवं नियम रहेकाले विद्यालयको छात्रावासमै बस्नुपर्ने उनले बताए ।
अध्ययनका लागि आउने विद्यार्थीलाई समेत फिर्ता पठाउने पर्ने अवस्था आएको उनको गुनासो छ ।
विद्यालयमा संस्कृत भाषा, कर्मकाण्ड र पूजापाठसँगै सामाजिक, अंग्रेजी, गणित लगायतका ८ विषय पढाइ हुँदै आएका छन् ।
मकवानपुर जिल्लाको एक मात्र संस्कृत विद्यालयमा निजी स्रोतका ३ जना शिक्षक मात्र छन् ।
विद्यालयमा संस्कृत विषयका लागि २ जना शिक्षकको दरबन्दी भएपनि हालसम्म सरकारले शिक्षक पदपूर्ति गर्न सकेको छैन ।
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभ...
घोषणा भइनसकेको प्रतिनिधि सभा निर्वाचनका लागि सबै दलका नेताले आफू अनुकूल निर्वाचन क्षेत्र छान्दै हिँडिरहेको समयमा नेकपा एमालेका ‘तेस्रो नम्बर’का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने गुम...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशक...
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा गएका छन् । सर्वाेच्च अदालतले निजगढबारे फैसला सुनाएपछि शनिवार शीर्ष नेताहरू निजगढ पुग...
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ। सो पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै शुक्रबार केन्द्रीय कमिटीमा रहनेको नामावली सार्वजनिक गरेको हो । ...
प्रहरी कार्यविधि संसोधन गरेर लेखापालको समयमा अवधि बढाएर ८ वर्ष पुर्याइएको छ । यसभन्दा अगाडि नियुक्तीको मितिले ६ वर्षसम्म लेखापाल हुन पाउने व्यवस्था रहेकोमा समयावधि बढाएर ८ वर्ष पुर्याइएको हो...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...