असार २१, २०७९
अफगानिस्तानका विभिन्न प्रान्तको प्रहरी सेवामा स्नातक गरेका नयाँ युवाले सेवा सुरु गरेका छन् । अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो पटक एक हजार नयाँ स्नातक प्रहरी सेवामा प्रवेश गरेका हुन् । ती मध्ये ...
अफगानिस्तानका भूकम्प पीडितका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधवार एक विज्ञप्ति प्रकाशन गरेर सहयोग घोषणाको जानकारी गराएको हो ।
पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएअनुसार ती सहायता सामग्रीमा टेन्ट, लत्ताकपडा, खाद्यान्न र औषधि छन् ।
ती सामग्रीहरू बिहीवार नै अफगानिस्तान पुर्याइने तयारी गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट शहरनजिकै बुधवार बिहान आएको शक्तिशाली भूकम्पमा परी १ हजार जनाभन्दा बढीको मृत्यु भएको हो ।
खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका प्राप्त समाचारमा जनाइएको थियो ।
भूकम्पमा परी हालसम्म १ हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीले जनाएका छन् । भूकम्पका कारण धेरै ठाउँका हजारौं भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् ।
स्थानीय समयअनुसार बिहान १.३० बजेतिर भूकम्प आएको हो ।
घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरूको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौं उद्धारकर्ता पनि परिचालित छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो । तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।
अफगानिस्तानका विभिन्न प्रान्तको प्रहरी सेवामा स्नातक गरेका नयाँ युवाले सेवा सुरु गरेका छन् । अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो पटक एक हजार नयाँ स्नातक प्रहरी सेवामा प्रवेश गरेका हुन् । ती मध्ये ...
फिनल्यान्ड र स्विडन दुवैले पश्चिमी सैन्य संगठन नेटोको पूर्णकालीन सदस्य बन्नका लागि थप एक कदम मंगलवार चालेका छन् । अमेरिकी नेतृत्वको नेटोका सबै ३० सदस्य मुलुकका राजदूतले उत्तरी युरोपका दुई देशलाई पक्षरा...
लेबनानले सिरियाबाट आएर शरणार्थी भएकाहरूलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ । प्रत्येक महिना १५ हजार शरणार्थीलाई सिरिया फर्काउने योजना लेबनान सरकारले बनाएको हो । लेबनानका विस्थापित व्यवस्...
राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको सङ्ख्यामा वृद्धि भएको चीनले बताएको छ । शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित ग...
भारतमा होटेल–रेस्टुरेन्ट र ढावासमेतले खाना खाएपछिको बिलमा सर्भिस चार्ज लगाउन नपाउने भएका छन् । सेन्टर कन्जुमर प्रोटेक्सन अथोरिटी अर्थात केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले सोमवार सो निर्णय गरेको...
मान्छेलाई थरिथरिका रहर हुन्छन् । घानाकी एक कलाकारले लामो समयदेखि आफ्नो बच्चा जन्मिएको विषय रहस्यमै राखिन्, अझैसम्म उनले बच्चाको बुवालाई रहस्यमै राखेकी छन् । घानाकी चर्चित कलाकार किसा जिबेकलले आफू अमेरिकामा र...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...