साउन २८, २०७९
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन था...
काठमाडाैं | असार १०, २०७९
बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको शेयर थुपारेको समाचार लोकान्तरले केही महिनाअघि सार्वजनिक गरेको थियो ।
नियामक निकाय हाँक्ने व्यक्तिले स्वार्थ बाझिने गरी शेयर थुपारेको सार्वजनिक भएको महिनौं बित्दा पनि गभर्नर अधिकारी चुपचाप छन् । यस विषयमा उनको मौनता शंकास्पद छ ।
सरकारले २४ चैतमा गभर्नर अधिकारीमाथि छानबिन गर्नका लागि उनलाई निलम्बन गरेको थियो ।
सरकारको निलम्बनविरुद्ध अदालतबाट ६ वैशाखमा अन्तरिम आदेश ल्याउन सफल भएका अधिकारी आफ्नो सम्बन्धमा उठेको गम्भीर नैतिक प्रश्नमा चुपचाप छन् ।
अर्थतन्त्र सुदृढ बनाउन सरकारको अर्थनीतिअनुसार राष्ट्र बैंकको मौद्रिक नीति आउनुपर्छ । तर अधिकारी सरकारसँग समन्वय समेत नगरी आफूखुशी चलेको आरोप लाग्ने गरेको छ ।
निलम्बन फुकुवापछि ७ वैशाखमा राष्ट्र बैंकमा हाजिर भएकै दिन उनले दर्जन बैंक तथा वित्तीय संस्थाको शेयर राखेको सार्वजनिक भएको थियो ।
नियामक निकायले शेयर खरिद गर्ने, शेयर राख्ने गर्दा नाफा, बैंकले दिने बोनस, सम्बन्धित बैंकले गर्ने कमी कमजोरीमा कारवाही गर्नेसहितको विषयमा स्वार्थ बाझिन्छ ।
तर, आफूमाथि गम्भीर नैतिक प्रश्न उठ्दा पनि उनले २ महिनासम्म मुख खोलेका छैनन् ।
सार्वजनिक पदमा भएको जोकोहीमाथि प्रश्न उठ्दा तत्कालै जवाफ दिनु तथा जिम्मेवारी लिनुपर्ने हुन्छ । राष्ट्र बैंकका गभर्नर अधिकारी भने आफूमाथि गम्भीर प्रश्न उठ्दा पनि सुनेकोनसुन्यै गरिरहेका छन् ।
अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार उनले पछिल्लो सम्पत्ति विवरण समेत अद्यावधिक गरेका छैनन् । गभर्नर हुँदाको समयमा उनीसँग करोडौं रुपैयाँको शेयर रहेको थियो ।
उक्त शेयरको मूल्य अहिले बजार घटेको हुँदा घट्यो होला, तर नियामक निकायको नेतृत्वमा रहेको व्यक्तिले जनतालाई सुसूचित गराउन भएपनि आफूमाथि उठेको प्रश्नको जवाफ दिनुपथ्र्यो ।
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय प्रमुखको जिम्मेवारीमा रहेका अधिकारीले आफ्नो निर्णयको सोझो असर पर्ने संस्थाहरूमा गरेको लगानी गम्भीर विषय हो ।
उनले आम सर्वसाधारणको भन्दा पनि व्यक्तिगत हितमा काम गर्न सक्ने खतरा छ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्वीकृत नगरी बोनस बाँड्न पाउँदैन् ।
कुनै बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको बोनसमा अधिकारीसँग शेयर भएकै कारण स्वार्थ जोडिन सक्छ ।
राष्ट्र बैंकको एउटा निर्णय मात्रले पनि बैंक तथा वित्तीय संस्थाले कमाउने नाफा र शेयर मूल्य प्रभावित हुन्छ । तर, गभर्नर अधिकारीले भने आफैँले नियमन गर्नुपर्ने संस्थाका करोडौं मूल्यको शेयर राख्नु र त्यसबारेमा प्रश्न उठिसक्दा पनि चुप बस्नुले भित्रभित्रै चलखेल भइरहेको छ कि भनेर शंका उब्जिएको छ ।
गभर्नर अधिकारीले आफ्नोसहित परिवारका सदस्यका नाममा दजर्नभन्दा बढी बैंक तथा वित्तीय संस्थामा शेयर लगानी गरेको पाइएको थियो ।
यसरी लगानी गर्नु अधिकारीका निम्ति गम्भीर नैतिक प्रश्न हो ।
गभर्नर अधिकारीसहित, उनकी श्रीमती सरिता, छोरा सौगात, छोरी महिमाको नाममा १४ बैंक तथा फाइनान्सको शेयर छ ।
उनी र उनको परिवारको नाममा नबिल, हिमालयन, सिद्धार्थ, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आईएमई, एनआईसी एसिया बैंक र बैंक अफ काठमाडौंमा शेयर रहेको उनैले बुझाएको सम्पत्ति विवरणमा देखिएको थियो ।
अधिकारीले मेरो माइक्रो फाइनान्समा पनि शेयर लगानी गरेको देखिएको थियो । १२ वाणिज्य बैंक र एक लघुवित्तमा २७ हजार १८४ कित्ता शेयर रहेको विवरण सम्पत्ति विवरणमा उल्लेख थियो ।
अधिकारीले नबिल ब्यालेन्स फण्ड–२, चिलिमे, एचआईडीसीएल, सानीमा माई, माथिल्लो तामाकोशी तामाकोशी जलविद्युत् कम्पनीमा २७ हजार ९२९ कित्ता शेयर लगानी गरेको पाइएको थियो ।
अधिकारीले यस्तो शेयर आईपीओसहित दोस्रो बजारबाट खरिद गरेको उल्लेख गरेका थिए ।
अर्थ मन्त्रालयका एक अधिकारी नियामकले आईपीओ खरिद गर्न पाउने भएपनि दोस्रो बजारमै पसेर लाभ गर्ने उद्देश्यले शेयर उठाउनु गलत भएको बताउँछन् ।
२४ चैत २०७६ मा गभर्नर भएका अधिकारीले आफ्नै स्वार्थका कारण अदालतको आदेश समेत पालना गरेका छैनन् ।
सर्वोच्च अदालतले अधिकारी गभर्नर भएको ६ महिना नपुग्दै केन्द्रीय बैंकको नेतृत्वमा पुगेका व्यक्तिले स्वार्थ बाझिने गरी शेयरमा लगानी गर्न नहुने र यसका लागि नियमावली बनाउन आदेश दिएको थियो । त्यो आदेशलाई अधिकारीले २ वर्षसम्म पनि वास्ता नगरी बसेको र उल्टै स्वार्थ बाझिने शेयर थुपारेको आरोप लागेको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री स्वार्थ बाझिने र भित्री चलखेल हुनसक्ने काम गर्नै नहुने तर्क गर्छन् ।
नियामक निकायमा बस्नेले नै नियम नबनाउनु, भएकै व्यवस्थाअनुसार कारवाही नगर्नु र नियम कानून कार्यान्वयन फितलो बनाउनुलाई स्वार्थपूर्ण तबरले काम भइरहेको छ भनेर बुझ्नुपर्ने राष्ट्र बैंककै अधिकारीहरू बताउँछन् ।
सार्वजनिक पदमा बस्ने जो कोहीमाथि जति बेला पनि प्रश्न उठ्न सक्छ । प्रश्न उठेपछि जवाफ दिनुपर्छ । गभर्नर अधिकारीमाथि पनि स्वार्थ बाझिने गरी शेयर छ भनेर मिडियाबाटै प्रश्न आइसकेपछि त्यसको जवाफ दिनुपर्ने क्षेत्रीले बताए ।
यस विषयमा प्रतिक्रिया लिन शुक्रवार पटक–पटक फोन सम्पर्कको प्रयास गर्दा मोबाइल अफ रहेको पाइयो ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन था...
प्रतिनिधिसभाको आइतवारको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथिको छलफलमा...
बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई ‘सुक्खा क्षेत्र’ घोषणा गरेको छ । गाउँपालिकाको बैठकले पर्याप्त सिँचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुक्खा क्षेत्र घो...
सातामा सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार अर्थात साताको कारोबारको पहिलो दिन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ९७ हजार ३०० रुपै...
सरकारले हालसम्म आरोहण नगरिएका हिमालहरूको आरोहण खुला गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिलेसम्म प्रयोगमा नआएका नयाँ हिमालहरूको आरोहण खुला गर्ने बताएका हुन् ।&nbs...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको लागि पुन:एकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने जानकारी दिएका छन् । आइतवार काठमाडौंमा वैदेशिक...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...