साउन २६, २०७९
गायीका सुनिती कार्कीको स्वरमा नयाँ तीज गीत ‘सुन न संगी हो’ सार्वजनिक भएको छ । यस गीतलाई केही दिनअघि युट्युब च्यानल ओएसआर डिजिटलले सार्वजनिक गरेको हो । गीतमा अशोक गुरुङको शब्द छ भने...
अन्य दिनको तुलनामा शुक्रवार ४ गुणाभन्दा बढी म्युजिक भिडियोहरू सार्वजनिक हुने गर्छन् । यूट्युबमा सार्वजनिक हुने म्युजिक भिडियो नेपालमा मात्र नभई विदेशमा समेत हेरिने गर्छ ।
धेरै देशमा शनिवार र आइतवार सार्वजनिक बिदा हुने हुँदा लगानीकर्ताहरूले विगतदेखि नै बिदालाई लक्षित गर्दै म्युजिक भिडियो सार्वजनिकका लागि शुक्रवार रोज्ने गरेका हुन् ।
शुक्रवार पनि १ दर्जन बढी म्युजिक भिडियोहरू सार्वजनिक भएका छन् ।
शुक्रवार ‘चट्टै बस्यो नि माया’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री मलिका महतको अभिनय छ ।
कमल खत्री, आरके खत्री र एलिना चौहानको स्वर रहेको ‘बिरानो ठाउँमा’ बोलको गीत शुक्रवार यूट्युबमा सार्वजनिक गरिएको छ । गायक कमलको प्रस्तुति रहेको गीतको भिडियोमा विश्व शर्मा र समारिका ढकालको अभिनय छ ।
शुक्रवार ‘झरी बनी आउन’ बोलको अर्को गीत सार्वजनिक भएको छ । समीक्षा अधिकारी र जमुना सनमको स्वर रहेको गीतको भिडियोमा गायिका समीक्षा र उनकी दिदी शर्मिला अधिकारीको अभिनय छ ।
खेम सेञ्चुरी र सन्तोषी मगरको स्वरमा ‘लौरी टेकेर’ बोलको गीत पनि शुक्रवार सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल लोमश शर्मा र करिष्मा ढकालको अभिनय छ ।
एलिना चौहान र सुनिलसिंह ठकुरीको स्वरमा ‘जनता जान्न चाहान्छन्’ बोलको गीत शुक्रवार यूट्युबमा आएको छ । भिडियोमा एलिजा गौतम, सुनिल सिंह ठकुरी, आकाश सोनी लगायतको अभिनय छ ।
सञ्चारकर्मी ऋषि धमला समेत भिडियोमा देखिएका छन् ।
राजु लामा र तारा श्रीस मगरको स्वरमा ‘ठूली’ बोलको गीत यूट्युबमा सार्वजनिक गरिएको छ । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र विना राउतको अभिनय छ । प्रताप दास र एलिना चौहानको स्वरमा ‘कोही छैन’ बोलको गीत पनि शुक्रवार सार्वजनिक गरिएको छ ।
गीता ढुंगाना र आयुष उप्रेती गीतको भिडियोमा प्रस्तुत छन् । ‘डण्डा कावोसती’, ‘ख्याल र ख्यालैमा’, ‘चालामाला’, ‘मायाको सुगन्ध’, ‘सोले डाँडा’, ‘रातकी रानी’, ‘परिवर्तित दुनियाँ’ लगायतका गीतहरू शुक्रवार यूट्युबमा सार्वजनिक भएका छन् ।
गायीका सुनिती कार्कीको स्वरमा नयाँ तीज गीत ‘सुन न संगी हो’ सार्वजनिक भएको छ । यस गीतलाई केही दिनअघि युट्युब च्यानल ओएसआर डिजिटलले सार्वजनिक गरेको हो । गीतमा अशोक गुरुङको शब्द छ भने...
तीज गीत ‘चरी जेलैमा २’ सार्वजनिक भएसँगै लोक गायिका विष्णु माझी फेरि चर्चामा छिन् । यसपटक उनको गीतलाई लिएर तारिफ मात्र भने भएको छैन, केही आलोचनाहरूसमेत देखिएका छन् । विगतको ह...
चर्चित टिकटकर अंश वर्मा अब म्युजिक भिडियोमा पनि आफ्नो उपस्थिति जनाउँदैछन् । उनी अभिनित केही गीतका म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । बुधवार मात्रै उनी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ &lsq...
जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा.... ।। गतवर्ष विष्णु माझीको स्वरमा तीज गीत ‘चरी जेलैमा’ सार्वजनिक भयो । छोटो समयमै गीत निकै ‘हिट’ भयो । लाखौंले ...
गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत ‘भेलु बाजे डान्स’को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ...
केही वर्षअघिसम्म कोमल वलीका तीज गीतले राम्रो चर्चा पाउँथे । केही गीतहरू विवादमा समेत तानिए पनि सांगीतिक बजारमा चर्चा हुन्थ्यो, उनको र उनका गीतहरूको । १ दशकअघि ‘पोइल जान पाम शिव’ बोलको...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...