×

X
Nic Asia
Dabur
Marvel

सौगात र सलोन अभिनित ‘घनचक्कर’को व्यापार निकै कमजोर, धेरै हलबाट दुई दिनमै उत्रियो

काठमाडाैं | असार १२, २०७९

Premier Steels
TVS INSIDE
British college

गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घनचक्कर’ले निकै कमजोर व्यापार गरेको छ ।

IME BANK INNEWS

चलचित्र प्रदर्शनको दुईदिनमै धेरै हलबाट उत्रिसकेको छ । वितरक सुनिल मानन्धरले चलचित्रको व्यापार निकै कमजोर रहेको जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘हलमा दर्शक नै छैनन् । बिग मुभिजमा पहिलो दिन १२ जनाका लागि शो चलिरहेको थियो । व्यापार शून्य नै भन्दा पनि हुन्छ,’ मानन्धरले लोकान्तरसँग भने, ‘शुक्रवार र शनिबार दुई दिनको व्यापार पाँच/सात लाख पनि नहोला ।’

उनले धेरै चलचित्रको व्यापार बाहिर सार्वजनिक हुने गरेको जस्तो नहुन पनि सक्ने बताए । 


Advertisment
mahindra Box
Saurya island

‘चलचित्रको व्यापारबारे धेरैले हावा जानकारी दिने गरेका छन्,’ उनले थपे ‘मलाई त नचलेकोलाई नचलेको भन्न लाज लाग्दैन । नेपालमा पाँच/सातवटा चलचित्र चल्ने हो । अरु सबैको व्यापार यस्तै यस्तै हुने हो ।’

धेरैले विदेश चलचित्र प्रदर्शनको लागि सहज हुने भन्दै नेपालमा व्यापारको गलत आँकडा प्रस्तुत गर्ने गरेको उनी दाबी गर्छन् ।

Vianet communication
Sanima Bank

कमेडी र सस्पेन्स चलचित्रमा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका छ ।

गाउँबाट शहर पुगेर डेरा गरी बस्ने बेरोजगार युवाहरूको कथावस्तुमा चलचित्र आधारित छ । जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा सौगात र सलोनका अलावा सरोज खनाल, जेवी डिसी, शिशिर भण्डारी, आशान्त शर्मा, कस्मिरा लामा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन लगायतको अभिनय छ ।

अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद रहेको चलचित्रमा करुणा अर्याल र संगम भट्टले लगानी गरेका हुन् ।

Maruti inside
NLIC
TATA Below
भदौ ३, २०७९

निर्देशक झरना थापाले आफ्नो नयाँ चलचित्र नयाँ वर्षमा प्रदर्शनमा ल्याउने भएकी छन् । गत वैशाखमा ‘ए मेरो हजुर ४’ प्रदर्शनमा ल्याएकी झरनाले आउँदो वैशाखमा ‘भागवत् गीता’ रिलिज गर्ने भएकी हुन् ।&...

भदौ ३, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच पछिल्लो समय फेसबुकमा घोचपेच चलिरहेको छ । काठमाडौं उपत्यकाको फोहरको विषयलाई लिएर दुई मेयरबीच छेडखानी शुरू भए...

भदौ ३, २०७९

आगामी असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रवार कृष्ण–जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी भर्...

भदौ ३, २०७९

लाल सिंह चड्ढा फिल्मका साथ आमिर खान लगभग चार वर्षपछि ठूलो पर्दामा देखिए ।  फिल्मको दायरा, १८० करोड भारुको बजेट र आमिरको सुपरस्टार हैसियतका कारण फिल्मबाट धेरै अपेक्षा गरिएको थियो । तर फिल्म फ्लप रह्यो ...

भदौ ३, २०७९

एन्जेलिना जोलीको अभिव्यक्तिले हलिवुडमा एकपटक फेरि उथलपुथल शुरु भएको छ । एक सेलिब्रेटीलाई गरिएको हिंसाको घटना अदालतसम्म पुगेको छ । जोनी डेप र एन्बर हर्डको मुद्दापछि हलिवुड इन्डष्ट्रीका चर्चित कलाकार ब्राड पिट र ...

साउन ३०, २०७९

नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ, आगामी असोजमा । त्यसो त निर्माण घोषणाताकाबाटै नेपाली चलचित्रकर्मी एवं दर्शकमाझ प्रेम गीत ३ लाई प्रतिक्षित फिल्मका रूपमा हेर...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x