साउन २०, २०७९
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्न गर्नुपर्ने नीति ल्याइएको बताएका छन् । शुक्रबार विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिहरुस...
काठमाडाैं | असार १२, २०७९
काठमाडौं स्कुल अफ ल विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रक्रिया पूरा गरी प्रत्यायनकृत हुने नेपालको पहिलो कानुन कलेज बनेको छ । नेपालमा उच्च शैक्षिक संस्थाहरूको गुणस्तर मापन गरी गुणस्तर सुनिश्चितता तथा प्रत्यायनबाट प्रत्यायनकृत गर्ने कार्य विश्वविद्यालय अनुदान आयोगले गर्ने गरेको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ ले उच्च शैक्षिक संस्थाहरूलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रक्रियामा लैजाने नीति ग्रहण गरेको छ । यो उच्च शैक्षिक संस्थाहरूको गुणस्तर निर्धारण गर्ने प्रक्रिया हो । यसबाट प्रत्यायनकृत हुने शैक्षिक संस्थाहरू गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको छ भन्ने बुझाउँछ ।
आयोगले सम्बन्धित शैक्षिक संस्थाको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, पुस्तकालय, अनुसन्धान, विद्यार्थी उत्तीर्ण अनुपात, संस्थागत सुशासन लगायतका विषयहरूलाई आधार मानी स्वदेशी तथा विदेशी प्राध्यापकहरू सम्मिलित टोलीबाट मुल्यांकन गराउने गर्छ । प्रत्यायनकृत गर्नका निम्ति सिफारिस भई आएर परिषदबाट निर्णय गरेपश्चात मात्र प्रदान गर्ने गरेको छ ।
देशभर करिब १५०० उच्च शैक्षिक संस्थाहरू हाल सञ्चालनमा रहेतापनि हालसम्म नेपालमा विश्वविद्यालय अनुदान आयोगबाट यसरी प्रत्यायनकृत हुने ६३ वटा मात्र उच्च शैक्षिक संस्थाहरू भएका छन् । त्यस मध्ये पनि नेपालमा कानुनी शिक्षा प्रदान गर्ने उच्च शिक्षण संस्थाहरू मध्ये प्रत्यायनकृत हुनेमा काठमाडौं स्कुल अफ ल पहिलो तथा एक मात्र कलेज बन्न सफल भएको हो । नेपालमा मात्र नभई भारत, बंगलादेश लगायत दक्षिण एसियाका अन्य राष्ट्रहरूमा समेत यसरी प्रत्यायनकृत हुने कानुन कलेजहरू निकै न्युन रहेका छन् ।
आइतबार विश्वविद्यालय अनुदान आयोगमा कार्यक्रम आयोजना गरी काठमाडौं स्कुल अफ ल लाई सो प्रमाण पत्र प्रदान गरिएको थियो । विगतमा ३ वर्षिय कानुन शिक्षा सञ्चालन हुने गरेकोमा काठमाडौं स्कुल अफ ल ले पहिलो पटक सन् १९९९ देखि ५ वर्षिय कानुन शिक्षाका कार्यक्रमको सुरुवात गरेको थियो । काठमाडौं स्कुल अफ लले कानुनी शिक्षाको क्षेत्रमा हाल स्नातक तह अन्तर्गत ५ वर्षिय बि.ए.एलएल.बि. तथा स्नातकोत्तर तह अन्तर्गत २ वर्षिय एलएल.एम., १ वर्षिय एम.ए कार्यक्रमका साथै अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू समेत गर्दै आएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्न गर्नुपर्ने नीति ल्याइएको बताएका छन् । शुक्रबार विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिहरुस...
प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इ...
काठमाडौँ विश्वविद्यालयले अन्य विश्वविद्यालयले भन्दा पृथक पाठ्यक्रममा आधारित रहेर स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम शुरू गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन...
महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आइतवार खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगरपालिकाले करारका शिक्षकको म्याद नथपेकाले पठनपाठन अन्योल भएको हो । करारका श...
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिक पात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सिर्जना गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघको ६०औ...
एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकि किताबी ज्ञानले मात्रै...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...