×

X
Nic Asia
Marvel
Khukuri

राजनीतिक खिचातानी

एकीकृत समाजवादीभित्र अविश्वास र अफवाहको भयानक खेल, बोलचालै नहुनेगरी बिग्रियो आले र श्रेष्ठको सम्बन्ध

मन्त्रीबाट फिर्ता बोलाएपछि ‘भिलेन’को भूमिका आले !

काठमाडाैं | असार १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

एकीकृत समाजवादीले जेठ २२ गते गरेको मन्त्री फेर्ने निर्णय २२ दिनपछि आइतबार कार्यान्वयन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादीका तर्फबाट मन्त्रीहरुको नियुक्ति गरेकी छन् ।  यद्यपी, नयाँ नवनियुक्त मन्त्रीहरुले भने शपथ लिन बाँकी नै छ । 

DHARA
LAxmi BAnk

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उक्त पार्टीमा ठूलै रस्साकस्सी र भाँडभैलो निम्तिएको थियो । सरकारबाट नहट्नका लागि मन्त्रीहरुले भरमग्दुर प्रयास गरेका थिए । नयाँ सिफारिस भएका मन्त्रीहरुले पनि आफूहरुलाई शपथ ग्रहण गराउन चर्को दवाव सिर्जना गरेका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जेठ २२ को सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय गरेपछि आक्रोशित भएका मन्त्रीहरुले सोही दिन पार्टी अध्यक्ष माधव नेपाललाई भेटेर निर्णयको विरोध गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टीको सिफारिस कार्यान्वयन गराउन भनेका थिए । ​

त्यतिमात्रै होइन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि उनीहरुले सहयोग मागेका थिए । २२ गते आइतबार बिहान माधव नेपालसँग मन्त्रिपरिषद हेरफेर गर्न सहमत भएका प्रधानमन्त्री शेरबहादुर देउवाको मुड दिउँसोसम्ममा फेरिएको थियो । 


Advertisment
Bizbazar
Saurya island

मन्त्रीहरुले संसदमा भइरहेको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिन पाउने माग गरेको थिए । कतिपय मन्त्रीले भने पार्टीको सिफारिस कार्यान्वयन गराए सरकार ढाल्नेसम्मको धम्की प्रधानमन्त्री देउवालाई दिएको उक्त पार्टीका नेताहरु बताउँछन् ।

यसबीचमा मन्त्री सिफारिस भएका र मन्त्री रहेका सांसदहरु बीच चरम अविश्वासको खेल भएको पाइएको छ । एकीकृत समाजवादी पार्टीमा गत चैत महिनामै मन्त्री हेरफेर गर्नुपर्ने कुरा उठेको थियो । सुरूमा मन्त्री बनाउँदा ६ महिनाको लागि मात्रै बनाइएको भन्दै मन्त्रीका आकांक्षी सांसदहरुले कुरा उठाउन थालेका थिए । 

Vianet communication
IME BANK INNEWS

आइतबार शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर बिदा भएकी मन्त्री रामकुमारी झाँक्रीले भनिन्, ‘केही साथीहरुले तपाईं मन्त्री नियुक्त भएको कुन महिना, कुन दिन हो ? भन्दै प्रश्न गर्न थालेका थिए । उहाँहरुले काउण्ट डाउन सुरु गरेपछि हामीले पार्टी अध्यक्षलाई भेटेर मन्त्रीबाट फिर्ता बोलाउँदा पहिल्यै हामीलाई जानकारी दिइयोस् । मिडियाबाट थाहा पाउन नपरोस् भनेका थियौं । तर, अन्ततः त्यही भयो । हामीले त्यसैको विरोध गरेका हौं ।’

बिदाइ कार्यक्रममा यसो भनिरहँदा मन्त्री झाँक्रीको आँखाबाट अश्रुधारा बगेका थिए । उनी भक्कानिएर बोल्नै सकेकी थिइनन् । पार्टीले मन्त्रीबाट हटाएको निर्णयको सबैभन्दा धेरै विरोध गर्नेमध्ये झाँक्री पनि थिइन् ।
उनीहरूको विरोध पार्टी अध्यक्ष माधव नेपालसँग चर्काचर्कीदेखि संसदीय दलको बैठक बोलाउन हस्ताक्षर गर्ने र पार्टीमा निवेदन बुझाउने अभियानसम्म पुगेको थियो ।

एकीकृत समाजवादी भित्र विशेषगरी ‘सम्मानित नेता’ झलनाथ खनाल र महासचिव डा. बेदुराम भुसाल हावी भएको एक नेताले जानकारी दिए । उनीहरुकै विशेष रुचीमा मन्त्री फिर्ता बोलाइएको एक सांसदको दावी छ । त्यसबाहेक नेता, सोमप्रसाद पाण्डे पनि उक्त खेलमा निर्णय खेलाडी बनेको उनले बताए । 

‘उहाँ भन्नचाहिँ अध्यक्षले मेरो कुरा केही सुन्नुहुन्न भन्नुहुन्छ । पर्दा पछाडिको सबैभन्दा ठूलो भिलेन उहाँ नै हो’, एकीकृत समाजवादीका एक नेताले भने । 
मन्त्रीबाट फिर्ता बोलाएपछि भने सबैभन्दा ‘भिलेन’को भूमिका भने पर्यटन मन्त्री प्रेमबहादुर आलेले निर्वाह गरे । शुरुमा उनले नै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई दबाब र प्रभावमा पारे । पार्टी अध्यक्षलाई निर्णय कार्यान्वयन गराउन चुनौती दिए । उक्त निर्णयको सबैभन्दा चर्को विरोध उनैले गरेका थिए । 

यतिसम्मकी गत बुधबार पार्टी अध्यक्ष माधव नेपालको घरमा भएको छलफलमा ठूलै चर्काचर्की भएपछि माधव नेपालीकी श्रीमती गायत्री नेपाल आएर हस्तक्षेप गर्नुपरेको थियो । 
उक्त छलफलमा सहभागी एक मन्त्रीले भने, ‘अध्यक्षको निवासमा भएको छलफलमा सबैभन्दा चर्को स्वरमा विरोध गर्ने प्रेम आले नै थिए । रामकुमारी झाँक्री पनि चर्को स्वरमा बोलेकी थिइन् । ठूलै चर्काचर्की भएपछि गायत्री कमरेड आएर कमरेडहरु घरै थर्कियो त भनेकी थिइन् ।’

उक्त छलफलमा पार्टीको निर्णय कार्यान्वयनमा सघाउन नेपालले मन्त्रीहरुलाई अनुरोध गरेका थिए । उक्त छलफल पछि अवस्था झन बिग्रियो । मन्त्रीहरु पार्टी अध्यक्षप्रति झनै आक्रोशित बने । मन्त्री आलेले हस्ताक्षर अभियान शुरू गरे । उनले १० जना सांसदहरुलाई हस्ताक्षर गराउन सफल भए ।

तर, एकअर्काविरूद्ध अविश्वास सिर्जना गराउने खेल पनि आलेले नै शुरु गरेका थिए । हस्ताक्षर संकलन भइसकेपछि आलेले सबैभन्दा पहिले आफ्नै क्याविनेटका मन्त्री कृष्ण कुमार श्रेष्ठविरुद्ध गलत प्रचार गराए । 
यी सबै विषयमा जानकार रहेका एक नेताले भने, ‘हस्ताक्षर संकलन गरेर पार्टीमा बुझाइसकेपछि प्रेम आलेले नै माधव नेपाल निकट सांसदहरुलाई श्रेष्ठले संसदीय दलको नेता बन्न उक्त हस्ताक्षर प्रयोग थालेको हल्ला फैलाइदिनुभयो । त्यसले पार्टी भित्र अविश्वास थप गहिरो बनायो ।’

त्यति मात्रै होइन, आलेले प्रधानमन्त्री देउवालाई पनि श्रेष्ठले हस्ताक्षर संकलन गरेर सरकार ढाल्न लागेको खबर पुर्‍याए । आलेका यी हर्कत श्रेष्ठ जानकार रहेको र प्रतिवाद नै गर्नुपर्ने अवस्था आएको एकीकृत समाजवादीका एक नेताले बताए । अहिले आले र श्रेष्ठबीच पार्टीमा सम्बन्ध सुमधुर छैन । 

अर्कोतर्फ, मन्त्री सिफारिस भएका सांसद र सरकारमा रहेका मन्त्रीहरुले सकेसम्म अध्यक्ष नेपाल र नेता झलनाथ खनालको बीचमा अविश्वास सिर्जना गर्ने प्रयास गरेका थिए । समाजवादीका पदाधिकारी तहका एक नेताले भने, ‘मन्त्री हुन लागेका र मन्त्री भइरहन नपाएका सांसदहरु नै पार्टी भित्र अविश्वास सिर्जना गर्ने प्रयासमा लागे । झलनाथकोमा गएर अध्यक्षविरुद्धका कुरा गर्ने र अध्यक्षकोमा उनीहरू नै आएर झलनाथलाई गाली गर्ने अवस्था बन्यो ।’ 

त्यति मात्रै होइन, अर्का मन्त्री श्रेष्ठले त सरकारबाट हट्नुपर्दा पार्टी समेत छाड्ने धम्की अध्यक्ष नेपालसामु दिएका थिए ।
मन्त्री फेर्ने निर्णयको वैधतामा प्रश्न उठाउँदै दिएको निवेदनमा निवर्तमान पर्यटन मन्त्री प्रेम आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बीनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धनबहादुर बुढा, निरादेवी जैरुले हस्ताक्षर गरेका थिए ।

शनिबार केन्द्रीय कमिटीको बैठक शुरु हुनुअघि प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, बीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले भने हस्ताक्षर फिर्ता गरेका थिए ।  हस्ताक्षर गर्दा पनि र फिर्ता गर्दा पनि आले नै सबैभन्दा अगाडि देखिए । 

निवेदन दिने खतिवडा, झाँक्री, श्रेष्ठ र एक सासंदले भने हस्ताक्षर फिर्ता गरेनन् । हस्ताक्षर फिर्ता गराउन भने माधव नेपालमा सम्धीसमेत रहेका नेता सोमप्रसाद पाण्डे सक्रिय भएका थिए । उनले हस्ताक्षर फिर्ता गर्ने सांसदहरु धनबहादुर बुढा, गोपालबहादुर बम, बीनादेवी बुढाथोकी लगायतलाई निर्वाचनपछिको सरकारमा मन्त्री बनाउने आश्वासन दिएको उनीहरु निकट एक नेताले जानकारी दिए । 
‘हिजो के आश्वासनमा हस्ताक्षर गर्नुभएको थियो थाहा भएन । अहिले चाहिँ निर्वाचनपछिको सरकारमा मन्त्री बनाउने आश्वासनमा हस्ताक्षर फिर्ता गर्नुभएको रहेछ । फिर्ता नगर्नेले चाहिँ किन फिर्ता गर्नुभएन थाहा पाउन सकिएन’, एक नेताले भने । 

नेताहरुबीच अविश्वास सिर्जना गर्न माहिर खेलाडी आलेले अन्ततः सबैभन्दा शुरुमा पार्टी अध्यक्षलाई भेटेर आफूले राजीनामा गर्ने जानकारी गराएका थिए । 
पार्टी केन्द्रीय कमिटीले मन्त्री फेर्ने सचिवालय र स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेपछि आइबार विहानै अध्यक्ष नेपाललाई भेटेर आलेले आफूले राजीनामा गर्ने जानकारी गराएका थिए । 
नेपालसँग गरेको प्रतिवद्धता अनुरुप उनले साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रीको जिम्मेवारीबाट हटेको घोषणा गरेका छन् । त्यस्तै अर्का मन्त्री रामकुमारी झाँक्री पनि सहरी विकास मन्त्रालयबाट विदा भएकी छिन् । पत्रकार सम्मेलन गर्नुअघि उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएकी थिइन् । पार्टीले नयाँ मन्त्री सिफारिस गरेको पत्र पठाएपछि राजीनामा दिइरहनु नपर्ने बताएपछि उनले मन्त्रालयमा आएर पत्रकार सम्मेलन गरेकी थिइन् ।

पार्टीभित्रको यो सबै खेलमा साक्षी किनारा बनेका एकीकृत समाजवादीका सांसद र अरु नेताहरुले भने पार्टीमा विधि, पद्धति र प्रक्रियाको प्रश्न उठाएका छन् । त्यसबाहेक, सरकार र राजनीतिक नियुक्तिमा अवसर दिँदा भूगोल, समावेशिता र राजनीतिक योगदानको अवमूल्यन भएको उनीहरुको तर्क छ । 

‘नेताका वरिपरिका मान्छेलाई अवसर सिर्जना गराउन मात्रै हामीले विद्रोह गरेका होइनौँ । विधि, पद्धति र प्रक्रिया मिचिएकै कारण नयाँ पार्टी बनाउन बाध्य भएका हौं । त्यही अवस्था दोहो¥याउने हो भने केपी ओली र माधव नेपालमा के फरक भयो र ?’, एक केन्द्रीय सदस्यले असन्तुष्टि सुनाए । 

उनीहरुको अर्को असन्तुष्टि सरकारमा एउटै पार्टीले दुई जना गैर सांसदलाई मन्त्री बनाएको भन्नेमा छ । केही समयअघि कानून व्यवसायी गोविन्द बन्दीलाई कानून मन्त्री बनाइएको थियो । उनी एकीकृत समाजवादी निकट छन् । त्यसैगरी, अहिले यसअघि राष्ट्रिय सभाका सदस्य रहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाइएको छ ।
भूगोल, समावेशिता सबै कुरा त्यागेर पैसा र पहुँचको भरमा मन्त्री बनाइएको पनि ती नेताहरूको आरोप छ । 

एकीकृत समाजवादी पार्टीभित्र मन्त्री फेरबदलले ल्याएको यो हलचल मन्त्रिपरिषद पुनर्गठनसँगै साम्य हुने देखिँदैन । मन्त्रीबाट हटेका सांसदहरुले आगामी दिनमा निर्वाह गर्ने भूमिकाले पार्टी कस्तो अवस्थामा रहन्छ भन्ने निर्क्यौल हुने देखिन्छ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेले सिन्धुपाल्चोकमा प्रतिनिधि र प्रदेश सभातर्फको उम्मेदवारहरूको टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले उम्मेदवारको टुंगो लगाएको हो । एमाले स्रो...

असोज २१, २०७९

गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।...

असोज २१, २०७९

सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहि...

असोज २१, २०७९

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।  बैठकमा गठबन्धनमा भएको सहमतिका साथै पार्टीका तर्फबाट चुनाव लड्ने उम्मेदवार...

असोज २१, २०७९

नेकपा एमालेले वितरण गरेको टिकटप्रति असन्तुष्टिका स्वर बाहिरिन थालेको छ । १० बुँदे पक्षधर नेता भीम रावलले टिकट नपाएपछि भोलि निर्णय लिने बताइरहँदा अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि नेतृत्वको कडा आलोचन...

असोज २१, २०७९

हालै राप्रपा प्रवेश गरेको रवीन्द्र मिश्रले नेकपा एमालेको साथ नपाउने भएका छन् । उनी नेकपा एमालेको समर्थनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।  एमालेले काठमाडौं १ बाट किरण प...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x