साउन ३१, २०७९
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५० देखि ६०...
टीभीएसले अपाची अनर्स ग्रुप (एओजी)को दोस्रो संस्करणमा पोखराका ३० अपाची ग्राहकहरूलाई पोखराबाट धाम्पुस हुँदै सुइखेत रिसोर्टसम्म पुर्याएको छ ।
विभिन्न पेशाका सहभागीहरूले भाग लिएको एओजीमा सहभागिताका लागि १०० भन्दा बढीले आवेदन फारम भरेका थिए । तर, ३० जना मात्रै चयन भएको टीभीएसले जनाएको छ ।
गण्डकी प्रदेशमा भएको संस्करणका लागि दर्ता गरेका बाँकी राइडरहरूलाई टीभीएसले गण्डकीमा भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ ।
'टीभीएसले आफ्नो ग्राहकको लागि विभिन्न कार्यक्रम र एड्भेञ्चर राइड सञ्चालन गरिरहेको हुन्थ्यो । बागमती प्रदेशपछि गण्डकी प्रदेशमा एओजी राइड गरेको हो र नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गर्नेछ,' विज्ञप्तिमा भनिएको छ, ' एओजीमा सहभागी भई विभिन्न राइडमा जान सकिन्छ र त्यति मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूको पनि भाग हुने मौका पाइनेछ । यो राइड अनुभवी मार्सलहरूको निगरानीमा भएको थियो, जसमा राइडरहरूलाई सडक सुरक्षा जस्ता विभिन्न प्रशिक्षण दिइएको थियो ।'
यस राइडमा सहभागी हुने सबै राइडरहरूलाई टीभीएसले फ्री राइडिङ गियर्स उपलब्ध गराएको थियो । यसमा राइडरहरूका लागि विभिन्न रोमाञ्चक खेलको आयोजना पनि भएको थियो । विजेताहरूलाई पुरस्कार तथा सबै सहभागीलाई उपहार र प्रमाणपत्र वितरण पनि वितरण गरिएको टीभीएसले जनाएको छ ।
एओजीबारे जगदम्बा मोटर्सका प्रतिनिधि विक्रम शर्मा पौडेलले भने, 'पोखराबाट धाम्पुससम्मको यो राइड निकै रमाइलो भयो, हामीले हाम्रा ग्राहकहरूलाई भेट्न पायौं र वहाँहको TVS सँगको अनुभवको बारेमा बुझ्ने मौका पनि पायौं । हामी चाँडै एओजीबाट फेरि अर्को यात्रा सञ्चालन गर्नेछौं ।'
सुइखेत रेसोर्ट पुगेका सहभागी रुपेस बस्नेतले धाम्पुससम्मको राइड निकै रोमाञ्चक भएको बताए । आफूजस्तै अपाची प्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा बेग्लै खुशी मिलेको बताए ।
टीभीएसले आफ्ना ग्राहकका लागि अपाची अनर्स ग्रुप (एओजी) नामक अपाची धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभीएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३७ भन्दा बढी डिलरहरू रहेको कम्पनीले जनाएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५० देखि ६०...
नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सार्वजनिक गरेको छ । भदौ १ गतेदेखि टेलिकमले सो प्याक सार्वजनिक गरेको हो । यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मास...
बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्ति...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५० देखि ६० रूपै...
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो ।&nbs...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५० देखि ६०...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...