×

X
Dabur
Nic Asia
Marvel

‘दोख’को ट्रेलर रिलिज, वनको विषयलाई लिएर दुई गाउँबीचको झगडाको कथा

काठमाडाैं | असार १३, २०७९

TVS INSIDE

असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

राजधानीस्थित नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समयावधिको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म प्रदर्शनको संघारमा रहँदा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

फिल्मले माओवादी कालखण्डको परिवेश प्रस्तुत गरेको छ । यद्यपि, फिल्मको कथा भने सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको झगडाको हो । 

फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।

Vianet communication
Maruti inside

सार्वजनिक ट्रेलरमा फिल्ममा शीर्ष भूमिकामा प्रस्तुत अधिकांश कलाकारहरूलाई प्रस्तुत गरिएको छ । 

माओवादी लडाकुको कुटपिट, सामुदायिक वनलाई लिएर दुई गाउँबीचको झगडा, वनको स्वामित्वका लागि दुई गाउँका युवाहरूबीच हुने फुटबल खेल र फुटबल खेलमा जसले जित्छ वनमाथि सोही गाउँको स्वामित्व रहने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ । 

ट्रेलरमा गाउँका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीच अंकुराउन थालेको प्रेमलाई समेत प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा दीया विवाहित महिला र एक छोरीको आमाको भूमिकामा प्रस्तुत भएको अनुमान लगाउन सकिन्छ ।  

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक अनुप बरालले २०७२ सालमा फिल्मको छायांकन शुरू गरिए पनि विविध कारणले प्रदर्शनमा ढिलाइ भएको बताए । 

भूकम्प, नाकाबन्दी हुँदै कोरोना भाइरस र निर्धारित बजेट सकिएपछि रोकिएको फिल्मको अन्ततः निर्माण सकेर अहिले भारी बिसाएको तर भारी गह्रौं नभएको बरालले बताए ।

‘फिल्म हेर्दा तपाईंले मीठोपन महसुस गर्नुहुनेछ भन्न सक्छु । फिल्मको बारेमा मैले अरू धेरै बोल्नु भनेको अलि हतारो गर्नुजस्तो लाग्छ । धेरै कुराहरू फिल्मले नै बोल्नेछ,’ बरालले भने । 

उनले फिल्म सामुदायिक वनलाई लिएर दुईवटा गाउँबीच भएको झगडाको अन्तरद्वन्द्वमा हुर्केको कथा रहेको बताए । 

बरालले अगाडि भने, ‘यद्यपि, यसमा मल्टिपल चरित्रहरू छ । बहुचरित्रहरू भएको, एउटा ठूलो क्यानभास जस्तो, उपन्यासजस्तो मलाई लाग्छ । त्यो उपन्यासमा तपाईंलाई कसरी डोर्‍याउन सकिन्छ ।’

अभिनेत्री दीया मास्केले ‘दोख’ र भदौमा प्रदर्शनमा आउने अर्को फिल्म ‘प्रकाश’मा आफूले गरेका चरित्र दुवै अर्थपूर्ण रहेको बताइन् । उनले आफूले निर्वाह गरेको चरित्र र फिल्मलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरिन् । 

निर्माता सविन ज्ञवाली र फिल्ममा फुटबल खेलको कोरियोग्राफी गरेका अमनप्रताप अधिकारीले समेत आ–आफ्नो धारणा राखेका थिए । 

राजन कठेतले लेखेको फिल्मको निर्माता सविनसँगै मनोज अधिकारी हुन् । फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

TATA Below
NLIC
साउन २६, २०७९

पछिल्लो समय सांगीतिक एल्बम ल्याउने प्रचलन हराउँदै गएको छ । गायक तथा संगीतकारहरूले एउटा मात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ । यस्तैमा, एक समय पाश्र्व गायनमा राज गरेका गायक दिपक लिम्बूले सांगीत...

साउन २६, २०७९

प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतले बिछोड भएका प्रेमी–प्रेमिकाको ...

साउन २५, २०७९

गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आईडल' को उपविजेता रहेका आर्थर गन् भनि चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा नेपाल आउने भएका छन् । ...

साउन २६, २०७९

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।  सर्वोच्चका प्रवक्ता विमल पौडेलले केसीको नियुक्तिविरुद्ध रिट दर्त...

साउन २६, २०७९

नेपालमा तीन पटकसम्म प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट ३’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । नेपालमा अहिले तेस्रोपटक प्रदर्शनरत चलचित्र आगामी भदौ २५ गते (सेप्टेम्बर १०)मा अष्टे«लियाको सिड्नीमा ...

साउन २४, २०७९

नेपाली चलचित्र ‘द सिक्रेट अफ राधा’ चीनमा प्रदर्शन हुने भएको छ । नेपाल प्रदर्शनअघि नै चलचित्र चीनको फेस्टिभलमा प्रदर्शन हुने भएको हो । चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको &lsqu...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x