×

X
Dabur
Nic Asia
Marvel

नबिल एसएसईलाई इनेब्लर्स अफ सोसल इन्टरप्रेनरशीप अवार्ड

काठमाडाैं | असार १४, २०७९

TVS INSIDE

नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रबर्द्धन गर्न शुरू गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको २० जना फेलोहरुले इनेब्लर्स अफ सोसल इन्टरप्रेनरशीप अवार्ड प्राप्त गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

नेपाल उद्योग परिसंघ अन्तर्गतको सीएनआईएफ नेपालले यो अवार्ड प्रदान गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सीएनआईएफ नेपालले असार ११ गते काठमाडौंमा आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरुलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो । 

२०७८ साल चैत ७ गतेदेखि शुरू गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सया ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ । 

Vianet communication
Maruti inside

फेलोशिप कार्यक्रमका सहभागिहरुले कृषि, सूचना प्रविधि, हस्तकला,खाद्यन्न, कपडा उत्पादन, कफी शप संचालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । हरेक महिना तीन  दिन आवासीय सिकाइ  र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम  ६ महिनासम्म चल्छ ।

बाँकी ६ महिनाका लागि सबै सहभागिहरुलाई मेन्टर सेवा दिएर  व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ । सामाजिक उद्यम विकासका लागि शुरु गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न इनेब्लर्स अफ सोसल इन्टरप्रेनरशीप अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ ।  

सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ युवाहरुलाई उद्यमशिलता प्रबर्धन गर्न आयोजना गरिएकोे थियो ।

यस कार्यक्रममा नेपालमा उद्यमशिलता बिकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरुबाट विभिन्न विषयहरुमा प्रेरणादायी वक्तब्यहरु प्रस्तुत गरिएको थियो । 

उक्त्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरुले व्यवसाय विस्तारका लागी २४ करोड ५० लाख रुपैंया लगानी प्राप्त गरेका छन् ।

कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि, मन्त्री दिलेन्द्र प्रसाद बडु लगायतको उपस्थिती थियो ।
 

TATA Below
NLIC
साउन २५, २०७९

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारण सभा सम्पन्न  गरेको छ। उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट...

साउन २६, २०७९

बिहीवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.९४ रुपैयाँ र बिक्री दर १२७.५४ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।  यस द...

साउन २६, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अंकले ओरालो लागेर २ हजार ३७ दशमलव ९२ अंकमा सीमित भएको छ । ...

साउन २५, २०७९

प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिका बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रालि त...

साउन २६, २०७९

कुमारी बैंक लिमिटेड र सल्यानको कपुरकोट नगरपालिका, वडा नम्बर ३ रहेको होटेल शिरीषबीच एक सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्...

साउन २५, २०७९

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय  विभागमा अध्ययनरत विद्यार्थीहरूले नेपाल बैंक लिमिटेडमा  इन्टर्नशीप गर्न पाउने भएका छन् ।  विद्यार्थीहरूलाई इन्टर्नशीपको अवसर दिन बैंक र विश्वविद्यालय व्यवस्थ...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x