साउन २०, २०७९
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ । ग्राहकहरुले इसेवा एप...
काठमाडाैं | असार १४, २०७९
क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस् समुहले आफ्नो क्यासिफिक १ स्याटलाइटमार्फत नेपालमा का (Ka)ब्याण्ड टर्मिनलको सफल परिक्षण गरेको छ ।
नेपालमा गरिने स्याटलाइट ब्रोडब्याण्ड सेवाको यो पहिलो परिक्षणले 'का' ब्रोडब्याण्ड सेवा पूर्णरुपमा संचालनका लागि बाटो खोलेको क्यासिफिकले जानकारी दिएको छ ।
परिक्षणबाट ८० एमबीपीएस डाउन र १६ एमबीपीएस अप गति हासिल गरेको र ओक्ला स्पीडटेस्टमा आधारित नेपालको लागि हालको औसत फिक्स्ड ब्रोडब्याण्ड डाउनलोड स्पीड २४ एमबीपीएस रहेको छ ।
क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइटसले नेपालमा 'का' ब्याण्डको स्पेक्ट्रस प्रयोग गर्न नेपाल दूर सञ्चार प्राधिकरणले अनुमति दिइसकेको क्यासिफिक ब्रोडब्याण्डले जानकारी दिदै नेपालभर व्यवसाय, समुदाय र सरकारी निकायहरूले क्यासिफिक १ बाट सेवाहरू लिन सक्ने भएको उल्लेख गरेको छ ।
देशको पहाडी भूभागमा तारजडित इन्टरनेट सेवा संचालन र पहुँच पुर्याउन नसकिने अवस्थामा ताररहित प्रविधि प्रयोग गरेर दुर्गम र ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउन क्यासिफिकले पहल गर्ने जनाएको छ ।
क्यासिफिकले छिटै नेपालको हिमाली पहाडी क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा संचालन गर्ने जनाएको छ ।
क्यासिफिकका क्षेत्रीय निर्देशक डिबी गुरुङले पहाडी क्षेत्रका दुर्गम ठाउँहरू, दुर्गम क्षेत्रका सरकारी कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरूमा इन्टरनेटको पहुँचका लागि आफुहरूले प्रयास अगाडी बढाउने बताए । साथै गुरुङले सरकारको प्राथमिकतामा परेको डिजिटल नेपालको अभियानलाई सहयोग गर्दै पहाडी क्षेत्रमा पूर्वाधार निर्माणमा देखिएको चुनौतीलाई सम्बोधन गर्ने बताए ।
क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस समुह नेक्स्ड जेनेरेसन ब्राण्डब्याण्ड स्याटलाइट अपरेटर हो । यसले एशिया प्यासिफिकका २५ देशमा किफायती, उच्च गतिको ब्रोडब्याण्ड पहुँच प्रदान गर्दछ ।
क्यासिफिकले व्यवसाय, सरकार र समुदायहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न नवीनतम बहु-बीम अन्तरिक्ष संचार र ग्राउण्ड टेक्नोलोजी प्रयोग गर्दछ ।
क्यासिफिकको उच्च-थ्रुपुट ka ब्याण्ड उपग्रह, क्यासिफिक-१, प्रशान्त र दक्षिण पूर्वी एशियामा डेलिभर गर्दछ । ग्रामिण र उपनगरीय क्षेत्रहरूमा ध्यान केन्द्रित गर्दै क्यासिफिक सेवाहरूले अधिक इन्टरनेट प्रयोगलाई बढावा दिन्छ ।
क्यासिफिकको हेडक्वाटर सिंगापुरमा रहेको छ भने मुख्य अपरेशन भानुआटूबाट गरिरहेको छ ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ । ग्राहकहरुले इसेवा एप...
इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमुलक तथा सेवाग्राही मैत्री योजना “रेमिटोत्सव“ सम्पन्न गरेको छ । बैशाख १, २०७९ बाट शु...
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुरू गरेको छ । यससँगै...
भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब ...
कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागि आवेदन खुला गरेको छ । यो छात्रब...
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पेबाट पनि हुने भएको छ । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी स...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...