साउन १६, २०७९
दशैंमा प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्र्रमबीच गीत सार्वजनिक गरिएक...
काठमाडाैं | असार १४, २०७९
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् ।
मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार, कानून र करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताए ।
उनले चलचित्र निर्माताहरूले घर धितो राखेर ऋण लिएर चलचित्र निर्माण गर्दा निकै ठूलो क्षति भोग्नुपरेको बताए । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता, साना र मझौला उद्योगहरूका लागि समेत माग गरेको बताए । उनले कोरोना महामारीका कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत् महशुल पूर्णरूपमा छुट तथा पुनः कर्जा उपलब्ध गर्ने कागजात प्रक्रियागत हुने झन्झटलाई सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे ।
अध्यक्ष गोल्छाले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय सिनेमा छायांकनको लागि समेत आकर्षणको केन्द्र बन्नसक्ने बताए ।
उनले भने, ‘प्राकृतिक सुन्दरताले भरिएको नेपाल आन्तरिक मात्रै होइन, अन्तर्राष्ट्रिय सिनेमा छायांकनको लागि समेत आकर्षणको केन्द्र बन्नसक्छ तर चलचित्र छायांकनका लागि खुला गरिएका क्षेत्रमा समेत छायांकनमा समस्या खडा गरिएको गुनासो अहिले पनि बाक्लै आएका छन् । समस्याहरू धेरै छन् । सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरू शतप्रतिशत रूपमा कार्यान्वयन हुन सके मात्रै हदैसम्म समस्या समाधान हुने विश्वास रहेको छ । घोषणा गरेका नीति तथा कार्यक्रम सही रूपमा कार्यान्वयन गर्नुपर्छ । चलचित्रले हाम्रो सोचलाई प्रभावित बनाएको हुन्छ । राज्यप्रति मानिसहरूको सद्भाव र प्रेम हुन्छ, त्योे चलचित्रको माध्यमबाट उठेको हुन्छ । त्यसकारण चलचित्रको विकास एकदमै आवश्यक छ । हामी सामाजिक प्राणी हौं । चलचित्रमा देखाएका धेरै कुराहरूबाट प्रभावित भएर सोच परिवर्तन गर्ने भएकाले चलचित्रको विकास आवश्यक छ ।’
दशैंमा प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्र्रमबीच गीत सार्वजनिक गरिएक...
आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ । निर्माण टिमले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी ...
नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जा...
नाट्यकर्मी तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ आज (शुक्रवार)देखि देशब्यापी प्रदर्शनमा आएको छ । लामिछानेले एक दशक अगाडि गुरुकूलमा मञ्चन भएको आफूद्धारा ...
नेपाली चलचित्रका चर्चित र कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ८ वर्ष पूरा भएको छ । २०७१ साउन २५ गते उपचारका क्रममा भारतको दिल्लीमा ४५ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको निधनको कारण बोन क्या...
हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको २ वटा पोस्टर सार्...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...