×

X
Nic Asia
Marvel
Khukuri

सकियो एकीकृत समाजवादीको बैठक, १७ बुँदे प्रस्ताव पारित

काठमाडाैं | असार १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् बैठक मंगलबार सम्पन्न भएको छ । सोमबारदेखि राजधानीमा चलेको बैठकले अध्यक्ष माधव कुमार नेपालको पेश गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । यस्तै पार्टीले विभिन्न १७ बुँदे प्रस्ताव पनि पारित गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

DHARA
LAxmi BAnk

पारित प्रस्तावअनुसार समाजवादीले राज्यका सबै अंगमा भ्रष्टाचार व्याप्त भइरहेको भन्दै छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।
यस्तै दैनिक उपभोग्य वस्तुहरुको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । उनले बैठकले किसानहरुलाई सहज तरिकाबाट मल तथा बीउ बीजनको आपूर्तिको व्यवस्था यथाशीघ्र मिलाउन सरकारसँग आग्रह गरेको पनि बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

 बैठकले महिला तथा बालबालिकाहरुमाथि भइरहेको यौनिक हिंसा तथा सामुहिक बलात्कारको आपराधिक घटनाप्रति कठोर कानूनी कारबाही गर्न र पीडित महिला तथा बालबालिकाहरुको उचित संरक्षण, उपचार, पुनः स्थापना र क्षतिपूर्तिका साथै सुरक्षित एवं सम्मानजनक सामाजिक जीवनको प्रत्याभूतिका लागि सरकारसँग माग गरेको छ । 

बैठकले  पार्टी पंक्तिलाई पनि सम्भावित विपद् र यसको व्यवस्थापनका लागि आवश्यक पर्ने खोज, उद्धार र राहतका लागि तयार रहन अपिल गरेकोसमेत खतिवडाले बताए । उनले भारतले नेपालको सीमाना नजिकै बनाएको बाँधहरुको कारणले नेपालको तराईको भूभाग डुबानको समस्यामा पर्दै आएको भन्दै यो समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ भारतसँग वार्ताको माध्यमबाट दीर्घकालीन रुपमा पहल गर्न, सुकुम्बासी समस्या समाधानका लागि पुनर्गठन गरिएको भूमि समस्या समाधान आयोगले यथाशीघ्र वास्तविक सुकुम्बासी पहिचान गरी प्रभावकारी ढंगले दीर्घकालीन समस्या समाधानको पहल गर्न, वास्तविक नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, संघीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्ने, निजामति सेवालाई व्यवस्थित गर्ने, तथा तीनै तहको सरकारबीचका काम र भुमिकालाई व्यवस्थित गर्ने ऐन, कानूनहरु यथाशीघ्र निर्माण गर्नपनि बैठकले सरकारसँग माग गर्ने निर्णय गरेको बताए । 


Advertisment
Bizbazar
Saurya island

खतिवडाले बैठकमा काठमाडौं उपत्यका लगायतका मुलुकका विभिन्न स्थानहरुमा झाडापखालाका बिरामी देखिन थालेकोप्रति सजग हुँदै झाडापखाला रोकथामका लागि जनचेतना फैलाउन, निरोधात्मक कार्य गर्न, बिरामीको उचित उपचार गर्ने कुरा प्राथमिकतामा राख्ने लगायतका प्रस्तावसमेत पारित गरेको बताए । 
बैठकले आगामी चुनावका लागि पार्टीपंक्ति गाउँगाउँमा जाने निर्णय पनि गरेको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेले लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । मुख्य नेताहरूको क्षेत्रमा टिकट पक्का भइसकेको छ भने नवलपरासीसहित केही क्षेत्रमा छलफल भइरहेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल रुप...

असोज २१, २०७९

नेकपा एमालेले समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा पार्टी महासचिव शंकर पोखरेलकी बहिनीलाई राखेको छ । शुक्रवार सार्वजनिक भएको १०९ जनाको सूचीमा सरिता भुसाल दोस्रो, शोभा ज्ञवाली तेस्रो र विजुला रायमाझी चौथो ...

असोज २१, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । पार्टी पदाधिकारीको शुक्रवार बसेको बैठकले प्रचण्डलाई गोरखा– २ बाट उम्मेदवार बनाउने निर्णय ...

असोज २१, २०७९

डडेल्धुरामा एमालेले नेपाली कांग्रेस 'बीपी'का कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । प्रदेशसभाका दुवै क्षेत्र आफूले लिएर मल्ललाई समर्थन गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले लिएको एमाले स्रोतले जानकारी दियो ।...

असोज २१, २०७९

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार यसका लागि मंसिर २० गतेसम्ममा ...

असोज २१, २०७९

अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरलाई एमालेले बझाङबाट टिकट दिएको छ । अघिल्लोपटक भैरवबहादुर सिंहले जितेको क्षेत्रबाट यसपटक महरले टिकट पाएका हुन् । प्रदेशसभातर्फ भने एलबी रावल र अफिलाल ओखेडा उम्मेदवार बन्...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x