साउन २५, २०७९
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ ।...
‘नबिल दिगो बैंकिङ’ले आज (असार १५ गते) एक वर्ष पूरा गरेको छ ।
ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकाष लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन नबिल दिगो बैंकिङ सार्वजनिक गरेको थियो ।
यो एक वर्षमा नबिल बैंक मात्र नभएर सिङ्गै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकले जनाएको छ ।
आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्ने देखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भू–भागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरू हात पारेको बैंकले जनाएको छ ।
बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका नबिन कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ ।
आफ्ना १७ दुर्गम शाखाबाट शुरू गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड कर्जा उपलब्ध गराएको र ती मध्ये करीब ६ हजार महिलाहरू रहेका बैंकले जानकारी दिएको छ ।
यसै गरी ‘नबिल दिगो बैंकिङ’का उद्देश्यहरू मध्ये वातावरण र सामाजिक सरोकार र सम्र्बधन एक अत्यन्तै महत्वका साथ अगाडि बढाइरहेको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ ।
तसर्थ बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदान गर्ने बखत वातावरणीय र सामाजिक जोखिमहरूलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइडलाइनहरू अन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था रहेको छ ।
नबिल बैंकले सन् २०१८ देखिनै १ करोड रुपैयाँभन्दा बढी ऋण सुविधा लिने र कमर्शियल लीजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्स मध्ये कुनै पनि सुबिधा प्राप्त गर्ने ग्राहकहरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ सञ्चालन गरिरहेको बैंकले बताएको छ ।
विश्वमा जलवायु परिवर्तनको बढ्दो चिन्तालाई ध्यानमा राख्दै बैंकले २०२१ मा पीसीएएफको सदस्यता लिएको र आफ्नो कर्जा पोर्टफोलियो र लगानीसँग सम्बन्धित हरितगृह ग्याँस उत्सर्जन मापन र प्रतिवेदन गर्ने पिसिएएफको अङ्ग भइसकेको पनि बैंकले जनाएको छ ।
साथै नबिल बैंकले २६ मार्च २०२२ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बौद्धनाथ स्तुपमा रहेको प्रेयर फ्ल्यागलाई बायोडिग्रेडेबल प्रेयर फ्ल्यागले प्रतिस्थापन गरी पर्यावरणमैत्री सचेतना अभियान शुरू समेत गरेको छ ।
देशमा सामाजिक उद्यमशिलता विकास, प्रोत्साहन र प्रबर्धन गर्नका निम्ति र उद्यमिहरूको विकास र पोषण, तिनीहरूलाई असमानता र वञ्चितिकरण जस्ता सामाजिक समस्याहरू समाधन गर्न र दिगो सामाजिक कम्पनी निर्माणमा सहायता गर्ने ध्येयका साथ नबिल बैंकले २०७८, मंसिर १ गते नबिल स्कुल अफ सोसल अण्ट्रप्रेनरशिपको स्थापना गरिएको हो । नबिल स्कुल अफ सोसल अण्ट्रप्रेनरशिपको स्थापना गरेको छ ।
यसैगरी संस्थाभित्रै बाट दिगो अभ्यासहरू लाई आन्तरिकीकरण गर्दै नबिल बैंक दिगो भविष्यतर्फ अगाडि बढ्न बैंकले आषाढ १५, २०७८ बाट ‘नबिल स्टाफका लागि दिगो अभ्यासहरू’ योजना पनि ल्याएको बैंकले उल्लेख गरेको छ ।
यस योजना अन्तर्गत दिगो बैंकिङ गतिविधिहरू प्रतिको आफ्नो प्रतिबद्धतालाई थप सशक्त बनाउन नबिल बैंकले आफ्ना सबै कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा समावेश गर्न सकिने किसिमका केही दिगो अभ्यासहरू अपनाएको बैंकले जनाएको छ ।
स्थानीय बजारमा कृषि प्राविधिकहरूलाई कृषि उद्यमीको रूपमा स्थापित गर्नका लागि 'कृषि दूत' (कृषि दूत) विकास गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक कृषि प्राविधिकहरूलाई कृषि ऋणको प्रावधान पनि बैंकले प्रारम्भ गरेको बताएको छ ।
यसका अतिरक्त ’नबिल दिगो बैंकिङ’को वार्षिकोत्सव र राष्ट्रिय धान दिवसको अवसरमा नबिल बैंकले एक हप्ता लामो ‘नबिल ग्रिन वीक’ आषाढ १५ बाट सुरु गर्न लागेको बैंकले जानकारी दिएको छ ।
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ ।...
प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिका बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रालि त...
रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका ला...
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट...
बुधवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.१६ रुपैयाँ र बिक्री दर १२७.७६ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । मंगलवार पनि अमेर...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अंकले ओरालो लागेर २ हजार ३७ दशमलव ९२ अंकमा सीमित भएको छ । ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...