साउन २६, २०७९
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफा...
बुटवल | असार १५, २०७९
सर्वसाधारणका घरमा गएर परिवारमाथि नै धावा बोल्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री कूलप्रसाद केसीले बुधवार प्रदेश सभामा जानकारी गराएका छन् ।
वलीले नैतिकता र मर्यादाभन्दा बाहिर पुगेर उत्पात मच्चाएकी थिइन् । आफूलाई प्रेममा धोका दिएको भन्दै दाङको तुलसीपुरका वाइसीएल कार्यकर्ता एकराज बस्नेतलाई खोज्दै घरमा गएकी वलीले उनकी पत्नी मीना भण्डारी र ३ वर्षकी छोरीलाई कुटपिट गरेकी थिइन् ।
गुण्डगर्दी व्यवहार देखाएकी उनलाई सर्वसाधारणले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए पनि मुख्यमन्त्री केसीको दबाबले रातारात बुटवल ल्याएर बिरामी भएको भन्दै अस्पतालमा भर्ना गरिएको थियो । राज्यमन्त्रीको उदण्ड व्यवहारको चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री केसीको दबाबमै वलीले राजीनामा दिएको बुझिएको छ तर मुख्यमन्त्री केसीले घटनाको सहजताका लागि पदबाट राजीनामा दिएको सदनलाई जानकारी गराए ।
वाइसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा जेठ ३१ गते बिहानै लु१झ ५३७ नम्बरको गाडीमा निजी सुरक्षाकर्मी (पीएसओ) सहित पुगेर उनकी पत्नी मीना भण्डारी र छोरीलाई वलीले कुटपिट गरेकी थिइन् ।
कुटपिटपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तत्कालीन नेकपाबाट निर्वाचित उनले पार्टी विभाजन भएपछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन् । महिला राज्यमन्त्रीले महिला र बालिकालाई नै कुटपिट गरेपछि राजीनामा दिनुपर्ने अवस्था आएको यो पहिलो घटना हो ।
त्यसो त विमला पटक–पटक विवादमा तानिएकी पात्र हुन् । एमाले सांसद उत्तरकुमार वलीको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचनबाट प्रदेश सभामा प्रवेश गरेपछि उनी धेरै पटक विवादमा फसिककेकी छन् ।
कतिपय विवादमा सम्बन्धित क्षेत्रका मानिसको चासो मात्र रह्यो, धेरै विवाद सबैको जानकारीमा छन् ।
तत्कालीन नेकपाबाट दाङ क्षेत्र नम्बर ३(२) बाट वली निर्वाचित भएकी हुन् । नेकपा विभाजन भएर शंकर पोखरेल नेतृत्वको सरकार अप्ठ्यारोमा पर्न थालेपछि उनी नेकपा माओवादी प्रवेश गरेकी थिइन् । गत वर्ष साउन दोस्रो हप्ता जोडघटाउ गर्दा उनको मत निर्णायक थियो । त्यसैबेला तत्कालीन मुख्यमन्त्री पोखरेलले आफूलाई बन्धक बनाएको दाबी गर्दै प्रदेश सभामै पत्रकार सम्मेलन गरेकी थिइन् उनले । माओवादी प्रवेश नगर्दै नेकपा एमालेले उनलाई माओवादीले अपहरण गरेर सम्पर्कविहीन बनाएको समेत बताएको थियो ।
माओवादी रोजेपछि वलीले सूर्य चिह्नबाट चुनाव जितेको भन्दै उनलाई पदमुक्त गर्न नेकपा एमालेले प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई पत्राचार गरेको थियो । सभामुखले उनलाई पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।
राज्यमन्त्री बनेपछि उनी बिरलै भेटिन्थिन् । १७ सदस्यीय लुम्बिनीको जम्बो क्याबिनेटमा उनी स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री हुन् । उनले लुम्बिनी प्रदेशमा विवादित सांसदको परिचय बनाएकी छन् । चर्चामा आइरहने विमला सार्वजनिक रूपमा कहीँकतै कहिल्यै बोलिनन्, मिडियासँग उनी सधैं टाढा रहिन् ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सुदर्शन बरालले विमला वलीले राज्यमन्त्री पदबाट राजीनामा दिएको बताए । ‘राज्यमन्त्री पदबाट उहाँले राजीनामा दिनुभएको छ,’ उनले भने, ‘उहाँ संलग्न घटनाको छानबिन गर्न गठिन समितिले छिट्टै मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाउला ।’
आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल असार १ गते बनाइएको छ । समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी छन् । कार्यदलका सदस्य सुवेदीले समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको बताए । उनले १–२ दिनै प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने बताए ।
सुवेदीले छानबिनको सहजताका लागि वलीले राजीनामा दिएको कुरा आफूले पनि जानकारी पाएको बताए । वलीले एकराजसँग आर्थिक लेनदेनको हिसाब रहेको र लामो समयदेखि सम्पर्कविहीन भएर बसेकाले घरमै भेट्ने उद्देश्यले गएका बेला आफूलाई षड्यन्त्र गरेर फसाउने प्रयास गरिएको बताउँदै आएकी छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफा...
प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको हक अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक अध्ययन, अभिलेखीकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको...
‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बिहीवार उक्त विधेयक प्रमाणीकरण गर...
नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।&...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले राजीनामा दिएका छन् । उनी राप्रपा वरिष्ठ नेता दीपक बोहोराका दाहिने हातजस्तै थिए । निर्वाचनको मिति घोषणासँगै गुप्ताले राजीनामा दिएपछि आउन...
सत्तारूढ दलको कार्यदल बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनेबारे छलफल भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल भएको कार्यदल...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...