साउन २६, २०७९
नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नियमित एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए । मंसिर ४ गते हुने चुनावका लागि गर्नुपर्ने तयारीको विषय...
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ ।
यही असार १२ गतेदेखि शुरू भएको उक्त छलफल गए राति सकिएको हो ।
प्रदेशसभाको दशौँ अधिवेशनअन्तर्गत बुधवारको बैठकमा प्रदेशसभा सदस्यहरुले मन्त्रालयको विषयगत शीर्षकमाथि उठाएका प्रश्नको सम्बन्धित मन्त्री तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए ।
बैठकमा मुख्यमन्त्री पाण्डेसहित, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धर, श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, वन तथा वातावरणमन्त्री विशाल खड्का, कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाई, स्वास्थ्यमन्त्री निमा लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भण्डेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बजेटबारे उठाएका प्रश्नको जवाफ दिएका हुन् ।
प्रश्नको जवाफ दिँदै उनीहरूले समग्र प्रदेशको विकासका लागि आएका योजनाका लागि बजेट प्रर्याप्त नभए पनि सरकारले सक्दो प्रयास गर्ने गरेर आवश्यक योजनामा बजेट विनियोजन गरेको बताए । उनीहरूले योजना र गर्नुपर्ने काम बढी भएकाले आर्थिक वर्षको बीचमा पनि आवश्यकताको आधारमा योजना तथा बजेट थप गरेर काम गर्नुपर्ने बताए ।
विगतका सरकारले ल्याएको जस्तो हचुवाको योजना र काम गर्न नसकिने महत्वकांक्षी योजना वर्तमान सरकारले बजेटमा समावेश नगरेको उनहरूले उल्लेख गरे । सरकारले लक्ष्यअनुसार, योजना कार्यान्वयन गरेर खर्च गर्ने गरी बजेट विनियोजन गरेको र क्रमागत योजनाका लागि कार्यविधि नै तयार पारेर अघि बढाएको उनीहरूले उल्लेख गरे ।
बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा बजेट पारित गर्ने तयारी गरिएको बताइएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नियमित एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए । मंसिर ४ गते हुने चुनावका लागि गर्नुपर्ने तयारीको विषय...
मोरङको पथरी शनिश्चरे नगरपालिकाले ठेकेदार कम्पनीले नदीजन्य पदार्थ उत्खनन् गर्न नपाएको भन्दै क्षतिपूर्ति दिने भएको छ । नेकपा एमालेबाट नवनिर्वाचित मेयर मोहनप्रसाद तुम्वापो आफ्नै पार्टीनिकट रहेका ठेकेदारलाई घ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले राजीनामा दिएका छन् । उनी राप्रपा वरिष्ठ नेता दीपक बोहोराका दाहिने हातजस्तै थिए । निर्वाचनको मिति घोषणासँगै गुप्ताले राजीनामा दिएपछि आउन...
‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बिहीवार उक्त विधेयक प्रमाणीकरण गर...
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी मंसिर ४ गतेको प्रदेशसभा सदस्य तथा प्रत...
नेपाल समाजवादी पार्टीले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ । बिहीवार काठमाडौंमा बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...