×

X
Dabur
Nic Asia
Marvel

काठमाडौंका ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन

काठमाडाैं | असार १६, २०७९

प्रतिकात्मक तस्वीर
TVS INSIDE

काठमाडौं उपत्यकाका ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हुँदै आएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि विभिन्न संघसंस्थासँगको सहकार्यमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सोहीअनुसार बिहीवार कार्यालयले ललितपुर महानगरपालिका–३ र तन्त्र भेन्चर्स प्रालिको सहकार्यमा ललितपुरको झम्सिखेलस्थित सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो । बत्तीको शुभारम्भ गर्दै कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए ।

‘उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ,’ उनले भने । प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने उनको भनाइ छ ।

Vianet communication
Maruti inside

कार्यक्रममा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले ट्राफिक बत्ती जडानबाट आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने बताउँदै आगामी दिनमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताए ।

कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकाको ४० चोकमा ट्राफिक बत्तीबाट सवारी व्यवस्थापन हँुदै आएको छ भने १३ स्थानमा परीक्षण गरी सञ्चालनको प्रक्रियामा रहेको र ७ स्थानमा जडान कार्य भइरहेको छ ।

कार्यालयले ट्राफिक बत्ती सञ्चालनमा आएका चोकमा ट्राफिक बत्तीको पूर्ण पालना गरी ट्राफिक व्यवस्थापन सहयोग गर्न चालक तथा पैदल यात्रुलाई अनुरोध गरेको छ ।

TATA Below
NLIC
साउन २६, २०७९

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले अर्थ मन्त्रालयको सीसीभिटी फुटेज ‘ब्लर’ भएको विषयमा आफूसँग जवाफ नभएको बताएका छन् । आईजीपी नियुक्त भएको १ सय दिनको समीक्षा कार्यक्रममा पत्रकारले सोधेका प्र...

साउन २६, २०७९

मिटर-ब्याजीलाई कानूनी दायरामा ल्याएउने प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिँहले दाबी गरेका छन् । बिहीवार पत्रकारहरूसँगको अन्तरक्रियामा आईजीपी सिंहले मिटर–ब्याजीको सम्बन्धमा शून्य सहनशीलताको नीति अवलम्...

साउन २६, २०७९

मोरङमा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गरेको आरोपमा बेलबारी–८ का २१ वर्षीय सन्तोष न...

साउन २६, २०७९

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयम...

साउन २६, २०७९

सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।  प्रहरी प्रधान कार्यालयले आगामी निर्वाचनमा परिचालन गर्ने गरी ४० दिनक...

साउन २६, २०७९

मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दबाब दिएका छन् । पीडितका आफन्तले बयान फेर्न दबाब आएको बताएका हुन् ।  बालिकालाई...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x