साउन २५, २०७९
काठमाडौंको बालाजुस्थित एक कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार जुत्ता बनाउने कारखानामा बुधवार मध्याह्न आगलागी भएको हो । आगलागीको सूचना पाएसँगै प्रहरी घटनास्थलमा पुगेको छ । निकै टाढाबाट पनि ध...
काठमाडाैं | असार १६, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बिहीवार भेटवार्ता भएको छ ।
गत मंगलवार नयाँ दल गठन गरेका गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् ।
बिहीवारको भेटमा दुई नेताबीच वाम एकता, चुनावी मोर्चा निर्माण गर्नेलगायतका विषयमा कुराकानी भएको गौतमका सहयोगी दीपक टमाटाले जानकारी दिए ।
उनका अनुसार पार्टी एकता तथा चुनावी मोर्चा निर्माण गर्ने कुरामा ओली पनि सकारात्मक देखिएका छन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजनपछि पुनः वाम एकताको अभियान सञ्चालन गरेका गौतमले हालैमात्र नयाँ दल गठन गरेका थिए ।
यद्यपि, उनी अझै वाम एकताको पक्षमा रहेका छन् । नयाँ दल गठनपछि पनि वाम एकताको अभियानलाई उनले निरन्तरता दिने बताइरहेका छन् ।
वाम पार्टीहरूबीच एकता अभियानका विषयमा एमाले अध्यक्ष ओलीसँग गौतमले छलफल गरेका छन् । उनले वाम एकता सम्भव नभएमा आगामी निर्वाचनमा पार्टी मोर्चा बनाएर जानुपर्ने ओलीसँग प्रस्ताव रहेका थिए ।
त्यसक्रममा ओलीले आफू वाम एकताको पक्षमा रहेको बताएका थिए । दुई नेताबीच यस विषयमा थप छलफल गर्ने सहमति भएको छ । ओलीपछि उनले अन्य वाम पार्टीका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए ।
उनले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् ।
काठमाडौंको बालाजुस्थित एक कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार जुत्ता बनाउने कारखानामा बुधवार मध्याह्न आगलागी भएको हो । आगलागीको सूचना पाएसँगै प्रहरी घटनास्थलमा पुगेको छ । निकै टाढाबाट पनि ध...
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्त...
पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीलाई पनि गठबन्...
सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् । उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान...
खानेपानी मन्त्री उमाकान्त चौधरीले योग्यता नै नपुगेका व्यक्तिलाई खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष बनाउने तयारी गरेका छन्। खानेपानी मन्त्रालय उच्च स्रोतका अनुसार आवश्यक शैक्षिक योग्यता तथा अनुभव समेत नपुगेका...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...