×

X
Dabur
Nic Asia
Marvel

सुहाउँदो भूमिकामा अफर आए फिल्ममा अभिनय गर्छु : अरुणिमा लम्साल

काठमाडाैं | असार १६, २०७९

TVS INSIDE

एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल केही दिनदेखि नेपालमा छिन् । झण्डै ८ वर्षपछि यसै साता छोरीसहित नेपाल आएकी उनी बुधवार अभिनेता किरण केसीको जन्मदिन समारोहमा उपस्थित भइन् । 

IME BANK INNEWS
morang Auto yamaha

त्यहाँ उनले अहिलेको चलचित्र क्षेत्र, आफ्नो सुन्दरताको रहस्य, हुनसक्ने सम्भावित ‘कमब्याक’ लगायतको प्रसंगमा रहेर मिडियासँग भलाकुसारी समेत गरिन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनले आफू दुई महिना नेपालमा रहने बताउँदै आफन्त, चलचित्र क्षेत्रका साथीहरू भेटघाटसँगै घुमघाममा समय बिताउने बताईन् । 

‘८ वर्ष अमेरिकामा रहँदा नेपाली चलचित्रको एक्सन/कटलाई कत्तिको मिस गर्नुभयो ?' सञ्चारकर्मीको प्रश्नमा अभिनेत्री लम्सालले भनिन् –‘मिस गर्नका लागि बिर्सनुपर्छ । मैले कहिले पनि बिर्सिएकी थिइन । जहिले पनि मेरो आत्मा, मन÷मस्तिष्क सबैमा एक्सन–कट, यो क्षेत्र, चलचित्रकर्मीहरू, मिडियाकर्मीहरू हुनुहुन्छ ।’

Vianet communication
Maruti inside

रोमान्टिक भूमिकामा रुचाइएकी अभिनेत्री अरुणिमाले चलचित्रमा कमव्याक गर्ने इच्छा रहेको र राम्रो कथावस्तुसहित सुहाउँदो भूमिकामा अफर आए अभिनय गर्न तयार रहेको बताइन् । 

पहिलेजस्तो टिनएजरको क्यारेक्टरमा भने प्रस्तुत हुने मन नरहेको बताइन् ।

‘टिनएजरको क्यारेक्टरमा त म खेल्दिन । किनभने आफैलाई पनि फिल लाग्दैन,’ उनले भनिन्,‘मेरो उमेरअनुसारको सुट हुने क्यारेक्टर आयो र जसले मलाई फेरि कमव्याक गराउँछ । दर्शकहरूमाझ अरुणिमा लम्साललाई सम्झनलायक क्यारेक्टरको साथ प्रस्तुत गराइन्छ भने पक्कै काम गर्छु ।’

चलचित्र उद्योगमा क्युट अभिनेत्रीको छवि बनाएकी अरुणिमा अहिलेपनि उत्तिकै सुन्दर देखिन्छिन् ।

उनले त्यसबारे ठट्टा गर्दै भनिन्, ‘हनुमानले सञ्जीवनी बुटीको एक टुक्रा मलाई दिनुभएको थियो ।’

उनले आफूभन्दा पछिल्लो पुस्ताका अभिनेत्रीहरूले चलचित्रमा राम्रै काम गरिरहेको र चलचित्र क्षेत्रपनि पहिलेभन्दा विकास भएको प्रतिक्रिया दिइन् । 

अरुणिमाले ‘भरोसा’, ‘धडकन’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘अग्नि ज्वाला’, ‘निगरानी’, ‘अभिमन्यु’ ‘दाग नमेटिएको घाउ’, ‘हामी साथी भाइ’ लगायतका ५० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेकी छिन् । 

तस्वीर सौजन्य : मिलन ढुंगाना
 

TATA Below
NLIC
साउन २०, २०७९

 नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुन: अभिनेता कृष्ण मल्ल चयन  भएका छन् । सोसाइटीको साधारण सभाबाट उपाध्यक्षमा रन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा  ...

साउन २२, २०७९

नेपाली चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ ।  आइतवार राजधानीमा एक कार्यक्रमबीच केकी अधिकारी र आँचल शर्मा स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।  ज्ञानेन्द्र देउजाको...

साउन १६, २०७९

दशैंमा प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक गरिएको छ ।  सोमवार राजधानीमा एक कार्यक्र्रमबीच गीत सार्वजनिक गरिएक...

साउन १३, २०७९

नाट्यकर्मी तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ आज (शुक्रवार)देखि देशब्यापी प्रदर्शनमा आएको छ । लामिछानेले एक दशक अगाडि गुरुकूलमा मञ्चन भएको आफूद्धारा ...

साउन २०, २०७९

नागा चैतन्य छिट्टै बलिउड चलचित्र लाल सिंह चड्डामा देखिँदैछन् ।  अद्वैत चन्दनको यस चलचित्रबाट चैतन्यले बलिउडमा जम्न खोजेका हुन् । एक रिपोर्टका अनुसार चैतन्य संजय लिला भंसालीसँग पनि एक प्रोजेक्टमा काम गर्...

साउन २२, २०७९

हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको २ वटा पोस्टर सार्...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x