साउन २५, २०७९
नेपाली चलचित्रका चर्चित र कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ८ वर्ष पूरा भएको छ । २०७१ साउन २५ गते उपचारका क्रममा भारतको दिल्लीमा ४५ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको निधनको कारण बोन क्या...
काठमाडाैं | असार १६, २०७९
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चलचित्र विकास बोर्डको २२औं वार्षिकोत्सवको अवसरमा बिहीवार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरूप मन्त्रालयले त्यससँग सम्बन्धित ऐन/कानुन, आर्थिक लगायत संरचना तयार गरिरहेको बताए ।
नेपाली चलचित्र क्षेत्रमा चलचित्रकर्मीले गरेको योगदानको कदर गर्दै चलचित्रकर्मीको सेवा सुविधामा वृद्धि गरी सो क्षेत्रलाई सबैको आकर्षक र अवसरको क्षेत्रको रूपमा विकास गर्ने मन्त्री कार्कीले बताए ।
उनले भने, ‘चलचित्र क्षेत्रमा पछिल्लो समयमा विकसित प्रविधिको प्रयोगसँगै ७७ वटै जिल्लामा चलचित्र छायांकनस्थल निर्माण गर्ने तयारी भइरहेको छ, यो कार्यले छिट्टै पूर्णता पाउने छ ।’ चलचित्र क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो ।
उनले अबको पुस्तालाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा अगाडि बढाउने गरी मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड दिए ।
सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने उद्देश्य अनुरूप विदेशी चलचित्र घरमा प्रदर्शन गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए । उनले पर्याप्त अध्ययन गरेर समय सुहाउँदो दर्शकको चाहना अनुरूपको गुणस्तरी चलचित्र निर्माणमा ध्यान दिन अपिल गरे ।
बोर्डका सदस्य सचिव टंक महतले बोर्डकै पहलमा ११ र १२ कक्षाको पाठ्यक्रममा चलचित्रबारे समावेश गरी अहिले अध्ययन भइरहेको जानकारी दिए ।
नेपाली चलचित्रका चर्चित र कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ८ वर्ष पूरा भएको छ । २०७१ साउन २५ गते उपचारका क्रममा भारतको दिल्लीमा ४५ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको निधनको कारण बोन क्या...
नागा चैतन्य छिट्टै बलिउड चलचित्र लाल सिंह चड्डामा देखिँदैछन् । अद्वैत चन्दनको यस चलचित्रबाट चैतन्यले बलिउडमा जम्न खोजेका हुन् । एक रिपोर्टका अनुसार चैतन्य संजय लिला भंसालीसँग पनि एक प्रोजेक्टमा काम गर्...
दशैंमा प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्र्रमबीच गीत सार्वजनिक गरिएक...
नेपाली चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमबीच केकी अधिकारी र आँचल शर्मा स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ज्ञानेन्द्र देउजाको...
नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जा...
नाट्यकर्मी तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ आज (शुक्रवार)देखि देशब्यापी प्रदर्शनमा आएको छ । लामिछानेले एक दशक अगाडि गुरुकूलमा मञ्चन भएको आफूद्धारा ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...