×

X
Dabur
Nic Asia
Marvel

राजनीति

ओलीले गरेको असार १७ को राजनीतिक भविष्यवाणी– आज भत्किएला सत्ता गठबन्धन ?

काठमाडाैं | असार १७, २०७९

TVS INSIDE

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनको आयु असार १७ गते सकिने भविष्यवाणी गरेका थिए, जसको ‘डेडलाइन’ शुक्रबार सकिँदैछ  । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा ओलीले किटान गरेरै असार १७ गतेपछि गठबन्धन नरहने भविष्यवाणी गरेका थिए । ओलीको सो अभिव्यक्तिले राजनीतिलाई तरंगित बनाएको थियो । 

IME BANK INNEWS
morang Auto yamaha

‘असार १७ पछि गठबन्धन रहँदैन भन्ने ज्योतिषीको कुरा हो, मैले ज्योतिषीको कुरा भनेको । ज्योतिषी एउटा ग्रह दशा हेर्ने, एउटा राजनीति हेर्ने हुन्छन् । दुवै ज्योतिषीले गठबन्धनका अगाडि महासंकट आउँछ भनेका छन्’, ओलीको भनाइ थियो, ‘ज्योतिषीहरूले त गठबन्धनका लागि ठूलो खड्को वैशाख ३० मै छ भनेका छन् । ढाडै भाँचिने हुन्छ भन्ने ज्योतिषीको कुरा छ,।’ 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

वैशाख ३० गते आइतवार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले दिएका सो अभिव्यक्तिलाई गठबन्धनका नेताहरुले अत्तालिएको अभिव्यक्तिको संज्ञा दिएका थिए । मतदातामा गठबन्धन भत्किन्छ भन्ने मनोविज्ञान सृजना गरेर आफ्नो पक्षमा भोट तान्न ओलीले कुटिल खेल खेलेको कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले दावी गरेका थिए ।

त्यसबारे सोधिएको पुरक प्रश्नको जवाफमा ओलीले भनेका थिए, ‘मेरो कुरामा विश्वास नलागे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्ना ज्योतिषीलाई सोध्न सुझाव दिन्छु ।’
प्रधानमन्त्री देउवाका ज्योतिषी सुरेशचन्द्र रिजालले ओलीको भनाइमा सत्यता नरहेको उतिबेलै बताएका थिए । ज्योतिषीको हवला दिएर एमाले अध्यक्ष ओलीले गरेको भविष्यवाणी अनुसार गठबन्धन भत्किने सम्भावना भने क्षीण देखिएको छ । गठबन्धन कसरी भत्किन्छ भनेर स्पष्ट नखुलाएपनि ओलीले माओवादीप्रति संकेत गर्दै ‘जसले धेरै दूध भात दियो बिरालो उसैकोमा जान्छ’ भनेर टिप्पणी गरेका थिए । 

Vianet communication
Maruti inside

संगै ओलीले कांग्रेसले भन्दा आफूहरुले माओवादीलाई धेरै सीट दिन सक्ने बताएका थिए । यसबीचमा वामपन्थी गठबन्धनका प्रयास भएपनि सार्थक बन्न सकेका छैनन् ।
माओवादी केन्द्रका एक नेताले वर्तमान गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभासम्म जाने दावी गरे । ‘एमालेको मूल नेतृत्व (केपी ओली)ले प्रतिनिधि सभा विघटन गल्ती थियो भनेर स्वीकार नगर्दासम्म सहकार्यको सम्भावना छैन, असार १७ होइन मंसिर १७ सम्म यही गठबन्धन कायम रहन्छ’ प्रचण्ड निकट ती नेताले लोकान्तरसँग भने । 

असार १७ गतेपछि गठबन्धन रहँदैन भन्ने ओलीको अभिव्यक्ति हल्का पुष्टि भएको छ । 

TATA Below
NLIC
साउन २६, २०७९

सत्तारूढ दलको कार्यदल बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनेबारे छलफल भएको छ ।  बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल भएको कार्यदल...

साउन २६, २०७९

नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नियमित एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।  मंसिर ४ गते हुने चुनावका लागि गर्नुपर्ने तयारीको विषय...

साउन २६, २०७९

‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बिहीवार उक्त विधेयक प्रमाणीकरण गर...

साउन २६, २०७९

नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।&...

साउन २६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफा...

साउन २६, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् ।  मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिक...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x