×

X
Dabur
Nic Asia
Marvel

पोखरामा ल्यान्डफिल्ड साइट राख्ने विषयमा विवाद

कास्की | असार १८, २०७९

TVS INSIDE

पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ल्यान्डफिल्ड साइट राख्ने तयारी गरिएको भन्दै त्यसको विरुद्धमा राजनीतिक दलहरू एकताबद्ध भएका छन् । पोखरा–३३ मा क्रियाशील राजनीतिक दलको आज सम्पन्न सर्वदलीय बैठकले समग्र महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न पोखरा महानगरपालिका–३३ टिमुरपाटामा प्रस्ताव गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा नगरसभामार्फत जग्गा प्राप्ति र निर्माण प्रक्रिया सुरुआत गर्न १० करोड रुपैयाँ प्रस्ताव गरिएको भन्दै बैठकले उक्त कार्य रोक्न र निर्णय सच्याउन पोखरा–३३ वडा कार्यालयमार्फत महानगरपालिका र प्रमुख धनराज आचार्यसँग माग गर्ने सर्वसम्मत निर्णय गरेको छ । वडास्तरमा कुनै सल्लाह र छलफल नै नगरिएको भन्दै बैठकले आफूहरूको जायज मागलाई सम्बोधन नगरिएमा क्रमबद्ध रुपमा जनस्तरबाट नै सङ्घर्ष सुरु गरी उक्त कार्यलाई रोक्ने निर्णय गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उक्त कार्यलाई रोक्न र अविलम्ब नगरसभाबाटै सच्याउन दलहरूका तर्फबाट संयुक्त ज्ञापनपत्र महानगरप्रमुखसमक्ष बुझाउने निर्णय गरिएको छ । निर्णयमा पोखरा–३३ का नेपाली कांग्रेसका सभापति तिलकप्रसाद अधिकारी, नेकपा एमालेका अध्यक्ष दीपकराज लामिछाने, नेकपा (माओवादी केन्द्र)का यज्ञप्रसाद अधिकारी (साना), नेकपा समाजवादीका मनोहर शर्मा आचार्य, जनता समाजवादी पार्टीका किरण थापा लगायतले हस्ताक्षर गरेका छन् ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २६, २०७९

मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दबाब दिएका छन् । पीडितका आफन्तले बयान फेर्न दबाब आएको बताएका हुन् ।  बालिकालाई...

साउन २६, २०७९

झापा जिल्लाको गौरादह नगरपालिका–७ ग्वालडुब्बाबाट साउन २५ गते राति सशस्त्र प्रहरीले करीब ९४ लाख ४८ हजार रुपैयाँ बराबरको बिलविजक अनुरूप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित १ जनालाई पक्राउ गरेको छ...

साउन २६, २०७९

मिटर-ब्याजीलाई कानूनी दायरामा ल्याएउने प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिँहले दाबी गरेका छन् । बिहीवार पत्रकारहरूसँगको अन्तरक्रियामा आईजीपी सिंहले मिटर–ब्याजीको सम्बन्धमा शून्य सहनशीलताको नीति अवलम्...

साउन २६, २०७९

गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । विहिबारको प्रदेश सभाबाट उक्त विधेयक पारित भएको हो ।  कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थाप...

साउन २६, २०७९

साउन १९ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको थियो । कार्यक्षमता अभाव भएको र निगमका लागि अयोग्य भएको ठहर गर्दै सरकारले उनलाई बर्खास्त गर...

साउन २६, २०७९

अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाउने भएका छन् । अर्थ मन्त्रालयले पुष्करलाई अर्थ सचिव बनाउने तयारी गरेको हो ।  हाल उनी अर्थ मन्त्रालयकै राजश्व सचिवको रुपमा कार्यरत छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले प...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x