×

X
Dabur
Nic Asia
Marvel

नेपाल प्रहरी श्रीमती संघ र एन–प्याबसनबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडाैं | असार १९, २०७९

TVS INSIDE

नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याबसन)बीच एक सम्झौतामा हस्ताक्षर भएको छ । संघ र एन प्याबसनबीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततिहरूलाई एन–प्याबसनसँग आवद्ध विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

IME BANK INNEWS
morang Auto yamaha

सम्झौतापत्रमा संघको तर्फबाट अध्यक्ष कुसुम लता सिंह र एन–प्याबसनकोतर्फबाट सह–अध्यक्ष सुवास न्यौपानेले हस्ताक्षर गरेका छन् । आइतवार संघको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्र पनि आदानप्रदान गरिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षाको अतिरिक्त प्राकृतिक प्रकोप, आपत् विपद तथा अपराध नियन्त्रणमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्याएको योगदानको उच्च मुल्यांकन गरी एन–प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् । शैक्षिक सेवा विस्तार तथा योगदानका सत्-प्रयासहरू आगामी दिनमा अझै विस्तारित हुने कामना उनले व्यक्त गरिन् ।

एन–प्याबसनका सह–अध्यक्ष न्यौपानेले राम्रो काम थालनी भएको चर्चा गर्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक सहयोग गर्न पाउँदा खुशी लागेको बताए । एन–प्याबसनसँग आवद्ध देशभरका विद्यालय तथा १०+२ सम्मको लागि प्रत्येक विद्यालयमा बढीमा १ जना छात्रवृत्ति पर्ने गरी अमर प्रहरी, असहाय र अन्यलाई वार्षिक भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २०, २०७९

काठमाडौँ विश्वविद्यालयले अन्य विश्वविद्यालयले भन्दा पृथक पाठ्यक्रममा आधारित रहेर स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम शुरू गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन...

साउन २२, २०७९

एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकि किताबी ज्ञानले मात्रै...

साउन २१, २०७९

छोराछोरी पढेर जागिर खाउन् भन्ने चाहना हरेक अभिभावकको हुन्छ । छोराछोरीले धेरै दुःख गर्नु नपरोस् भनेर बालबालिकालाई गाउँबाट शहरमा ल्याए महंगा–महंगा विद्यालयमा पढाउने प्रवृत्ति पनि बढ्दै जान थालेको छ । ...

साउन २०, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्न गर्नुपर्ने नीति ल्याइएको बताएका छन् ।  शुक्रबार विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिहरुस...

साउन २६, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिक पात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सिर्जना गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघको ६०औ...

साउन २१, २०७९

विश्व संस्कृत दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गर्ने गरी विशेष सम्मान र रु. एक लाख राशिको शोधवृत्ति (रिसर्च फेलोशिप)को घोषणा भएको छ । जरो किलो प्रतिष्ठान नेपालले उक्त विशेष सम्मान र शोधवृत्ति प्रदान गर्ने निर्णय ग...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x