×

X
Dabur
Nic Asia
Marvel

संविधानको उल्लंघन

संविधान मिचेर मृगेन्द्रलाई मन्त्री पद 'उपहार', धारा ७८ (४) भन्छ– कुनै हालतमा मिल्दैन

काठमाडाैं | असार २०, २०७९

TVS INSIDE

प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई संविधानको प्रावधानविपरीत मन्त्री बनाएको पाइएको छ । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई सोही निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाको कार्यकालभर मन्त्री बनाउन नपाइने कुरा संविधानमा प्रस्टसँग उल्लेख छ ।

IME BANK INNEWS
morang Auto yamaha

यादव संविधानको धारा ७८ (१)  बमोजिम मन्त्री नियुक्त भएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा देखिन्छ । जबकि प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति धारा ७८ (१) बाट मन्त्री बन्न नसक्ने कुरा संविधानमा स्पष्ट रूपमा उल्लेख छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहायअनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ,' राष्ट्रपति कार्यालयले सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा ७८ (१) मा गैरसांसदलाई मन्त्री बनाउन मिल्ने प्रावधान छ । तर, सोही धाराको उपधारा ४ ले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई उपधारा १ बमोजिम मन्त्री बनाउन निषेध गर्छ ।

Vianet communication
Maruti inside

सोमवार मन्त्री नियुक्त भएका ३ मध्ये २ जना मोहम्मद इस्तियाक राई र प्रदीप यादव प्रतिनिधि सभाका बहालवाला सदस्य हुन् । उनीहरू संविधानको धारा ७६ (९) अनुसार नै मन्त्री बन्न सक्छन् ।

यहाँ धारा ७८ (१) यादवकै हकमा प्रयोग भएको सहजै बुझ्न सकिन्छ । ७६ (९) मा संघीय संसदको सदस्य मन्त्री बन्न सक्ने उल्लेख भए पनि उनको  नियुक्तिमा जुन धारा कोट गरिएको छ, त्यस धाराबाट उनी मन्त्री बन्नै नसक्ने देखिन्छ ।

यादव साविक राष्ट्रिय जनता पार्टी नेपालबाट सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनी पराजित भएका थिए ।प्रतिनिधि सभामा पराजित भएका यादव राजपाबाटै राष्ट्रिय सभा सदस्यमा चुनिएका थिए । हाल उनी राष्ट्रिय सभा सदस्य छन् । 

के भन्छ संविधान ?

संविधानको धारा ७८ (१) मा गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था छ ।

उक्त उपधारामा भनिएको छ– 

धारा ७६ को उपधारा (९)मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ ।

तर, प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई यो व्यवस्थामा टेकेर मन्त्री बन्न धारा ७८ कै उपधारा (४) ले रोक्छ ।

उक्त उपधारामा भनिएको छ– 

उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन ।

उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । हाल सोही निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा बहाल छ ।

सोहीकारण संविधानको धारा ७८ (१) अनुसार उनी कुनै पनि हालतमा मन्त्री बन्न नसक्ने देखिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त गरेकी छन् ।

राजावादी हुँदा क्षेत्रीय प्रशासक, मधेशवादी हुँदा मन्त्री 

यादव शुरूदेखि नै राजावादी थिए। राजावादी भएकै कारण उनलाई राष्ट्रिय पञ्चायतको सदस्य समेत बनाइएको थियो। त्यसपछि उनी सद्भावना पार्टीमा आबद्ध भए।

गजेन्द्रनारायण सिंहको सम्पर्कमा आएका उनलाई सद्भावना पार्टीमा ठूलै जिम्मेवारी दिइएको थियो। तर जब तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन आयो तब उनी सद्भावना त्यागेर फेरि राजावादी कित्तामा उभिए ।

पुरस्कार स्वरूप तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय प्रशासक नियुक्त गरे ।

जनआन्दोलन २०६२/०६३ पछि उनी निष्क्रिय भएका थिए। लगत्तै दोस्रो मधेश आन्दोलन हुँदा उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरममा आबद्ध भए। मधेश आन्दोलनपछि सम्पन्न भएको पहिलो संविधान सभा निर्वाचनमा फोरमबाट उनले टिकट पाएका थिए। सप्तरीको ६ बाट निर्वाचित भएका यादवलाई त्यतिबेला नै विजय गच्छदारले पार्टी विभाजनपछि कृषि मन्त्री बनाएका थिए ।

उपेन्द्र यादव नेतृत्वको फोरमबाट विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विभाजन भएपछि उनी गच्छदारसँग लागेर मन्त्री भएका हुन् । संविधान सभाको दोस्रो निर्वाचनमा फोरम लोकतान्त्रिकबाट उठे पनि उनी पराजित भए । 

गच्छदार नेपाली कांग्रेसमा लागेपछि उनी सद्भावनामा प्रवेश गरेका थिए । पछि राजपा बनेपछि उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भएपछि फेरि पराजित भएका थिए। 

राजपाले उनलाई राष्ट्रिय सभाको दोस्रोपटकको निर्वाचनमा उम्मेदवार बनाएको थियो। उक्त निर्वाचनमा उनले आफ्नै सहोदर भाइ अनिरुद्र सिंह यादवलाई पराजित गरेका थिए। उनका भाइ अनिरुद्र उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए । 

सपा र राजपा मिलेर जनता समाजवादी पार्टी बन्यो । त्यतिबेला उनी पनि उपेन्द्रसहितको पार्टीमा आइपुगे । पछि जसपा हुँदा उनी पूर्व राजपा खेमाका नेतासँग लोसपामा गएनन् ।

राजेन्द्र महतोको साथ पाएर राष्ट्रिय सभा चुनाव जितेका यादवले अन्तिममा उपेन्द्र यादवको साथ रोजेका थिए। आफ्नो संसदीय क्षेत्र समेत सप्तरीमा रहेकाले उक्त क्षेत्रलाई बलियो बनाउन उपेन्द्रले मृगेन्द्रलाई मन्त्री बनाएको चर्चा जसपामा छ ।

TATA Below
NLIC
साउन २६, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी पछिल्लो २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवारी साधन मर्मत तथा इन्...

साउन २५, २०७९

पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या...

साउन २६, २०७९

नेपाली कांग्रेसको भ्रातृ संस्था महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार उनलाई अध्यक्षमा नियुक्त गरेका हुन् । ‘सभापतिले नेपाली कांग्रेसको विधान, ...

साउन २५, २०७९

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।     मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्त...

साउन २६, २०७९

छिमेकी देश चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी ( ८०० मिलियन आरएमबी) सहयोग गर्ने घोषणा गरेको हो।  परराष्ट्र...

साउन २६, २०७९

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्षतामा ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी ...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x