×

X
Nic Asia
Dabur
Marvel

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले यी २६ अस्पतालमा निःशुल्क उपचार पाउने

काठमाडाैं | असार २०, २०७९

Premier Steels
TVS INSIDE
British college

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता श्रमिकले २६ अस्पतालमा निःशुल्क उपचार पाउने भएका छन् । 

IME BANK INNEWS

सोमवार कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह शुरू गरेको छ । यससँगै अब देशभरका २६ अस्पतालमा कोषमा आबद्ध भएको परिचय पत्र देखाएर निःशुल्क उपचार गर्न सकिने व्यवस्था गरिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सो अनलाइन प्रणालीको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमवार उद्घाटन गरेका हुन् । 

यसअघिसम्म औषधि उपचारबापतको रकम भुक्तानी लिन कोषमा दाबी गर्नु पर्थ्यो । अब भने अस्पतालमै सुरक्षा कोषको कार्ड देखाएर निःशुल्क उपचार गर्न सकिने कोषले जनाएको छ । 


Advertisment
mahindra Box
Saurya island

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत कोषले सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी गर्नेछ । दुर्घटनाबापतको सुविधा लिँदा शतप्रतिशत रकम नै कोषले भुक्तानी गर्नेछ । 

यी हुन् अनलाइन प्रणाली जडान भएका अस्पतालहरूः

Vianet communication
Sanima Bank
  • मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल 
  • बीएण्ड सी हस्पिटल
  • मेची दृष्टि आई केयर अस्पताल एण्ड रिसर्च सेन्टर
  • विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल
  • नोवेल मेडिकल कलेज
  • हाम्रो अस्पताल
  • पशुपति मोडेल हस्पिटल
  • छिनमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेज
  • नमूना सामुदायिक अस्पताल
  • नेशनल मेडिकल कलेज
  • वीरगञ्ज हेल्थ केयर
  • वीरगञ्ज दृष्टि आई केयर सेन्टर
  • कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज)
  • युनिभर्सल कलेज अफ मेडिकल साइन्स
  • लर्ड बुद्ध एजुकेसनल फाउण्डेसन (नेपालगञ्ज मेडिकल कलेज), नेपालगञ्ज
  • लर्ड बुद्ध एजुकेसनल फाउण्डेसन (नेपालगञ्ज मेडिकल कलेज), कोहलपुर
  • शिर मेमोरियल अस्पताल
  • हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल
  • त्रिवी शिक्षण अस्पताल
  • वीर अस्पताल
  • अर्थोपेडिक अस्पताल
  • दृष्टि आई केयर
  • काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल
  • पाटन अस्पताल ललितपुर
  • ग्यालेक्सी अस्पताल
  • अरनिको अस्पताल
Maruti inside
NLIC
TATA Below
भदौ ३, २०७९

धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो ।  आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका...

भदौ ३, २०७९

नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले पासाङ ल्हमू सडकको बालाजु–तीनपिल्ले–ककनी खण्डको ठेक्का रद्ध हुने भएपछि खुशी व्यक्त गरेकी छन । उनले अब राजनीति नभएमा काठमाडौं उपत्यकाक...

भदौ ३, २०७९

कैलालीमा घरको नक्सापास न्यून संख्या गर्ने गरेको पाइएको छ । लाखौँ रुपैयाँ खर्च गरेर घर बनाए पनि नक्सापास गर्नेबारे नागरिक सचेत बन्न सकेका छैनन् । उनीहरुले नक्सापासको महत्व अझै बुझ्न सकेका छैनन् । न्यून व्यक्तिले मा...

भदौ ३, २०७९

दाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसिबी डेढ वर्षमै बिग्रिएको छ । अहिले उक्त जेसिबी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्रांगणमा थन्क्याएर राखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३३ लाख रुपैयाँमा खरिद ...

भदौ ३, २०७९

भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीवार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पंकज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गर्‍यो । जिल्ला ...

भदौ ३, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोरमा राखेर सुन तस्करी हुने गरेको खुलेको छ । विमानस्थलमा जम्मा भएका फोहोरमा राखेर सुन लगायतका सामानहरूको तस्करी हुने गरेको विमास्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x