साउन २२, २०७९
महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आइतवार खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगरपालिकाले करारका शिक्षकको म्याद नथपेकाले पठनपाठन अन्योल भएको हो । करारका श...
काठमाडाैं | असार २०, २०७९
चिकित्सा शिक्षा अध्ययन गराउने कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको विद्यार्थीहरूको गुनासो छ। सरकारले बढी शुल्क लिने शिक्षण संस्थालाई कारबाही गर्ने बताए पनि हालसम्म प्रभावकारी ढंगले कारबाही प्रक्रिया अगाडि बढाउन सकेको छैन। त्यसको फाइदा उठाउँदै कलेजहरूले विभिन्न शीर्षकमा चर्को शुल्क उठाइरहेको विद्यार्थीहरूको गुनासो छ। तर, सरकारले कारबाहीको आश्वासन दिन छाडेको छैन।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याएका छन्।
प्रतिनिधिसभाको सोमवारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पौडेलले त्यसरी कानुनविपरीत शुल्क लिने संस्था र व्यक्तिहरुबारे जानकारी भए अवगत गराउन सांसद्हरुलाई आग्रह पनि गरे।
मन्त्री पौडेलले चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने भएको र विश्वविद्यालयका हकमा सम्बन्धित विश्वविद्यालयको कार्यकारीले निर्णय गर्ने स्पष्ट गर्दै विश्वविद्यालयमा तालाबन्दी र हड्ताल गर्ने कार्य गलत भएको र कुनै समस्या भएमा आपसी सम्वादबाट समाधान गर्नुपर्ने धारणा राखे।
उनले विश्वविद्यालयको पढाइ र शैक्षिक क्यालेण्डरलाई प्रभावित पार्न नहुने बताए। बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ।
महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आइतवार खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगरपालिकाले करारका शिक्षकको म्याद नथपेकाले पठनपाठन अन्योल भएको हो । करारका श...
जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ । जिल्लाको तिला गाउँपा...
काठमाडौँ विश्वविद्यालयले अन्य विश्वविद्यालयले भन्दा पृथक पाठ्यक्रममा आधारित रहेर स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम शुरू गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताएका छन् । चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय ...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्न गर्नुपर्ने नीति ल्याइएको बताएका छन् । शुक्रबार विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिहरुस...
छोराछोरी पढेर जागिर खाउन् भन्ने चाहना हरेक अभिभावकको हुन्छ । छोराछोरीले धेरै दुःख गर्नु नपरोस् भनेर बालबालिकालाई गाउँबाट शहरमा ल्याए महंगा–महंगा विद्यालयमा पढाउने प्रवृत्ति पनि बढ्दै जान थालेको छ । ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...