साउन २५, २०७९
पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
काठमाडाैं | असार २०, २०७९
नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई १० बुँदे विकल्प दिएको छ ।
सोमवार प्रधानमन्त्री तथा उद्योगमन्त्रीलाई पत्र लेख्दै निगमले इन्धन खपत घटाउने बुँदासहित सुझाव दिएको हो ।
निगमले इन्धन खपत कम गर्न नसके घाटाको अवस्था चुलिँदै जाँदा इन्धनको आपूर्ति नै रोकिन सक्ने जनाएको छ ।
निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक सरकारी तथा निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न सरकारलाई भनेको छ ।
यस्तै शनिवार गाडीरहितको सार्वजनिक बिदा घोषणा गर्न पनि सरकारलाई सुझाव दिइएको छ । यसले देशभरका मुख्य शहरमा यस्तो व्यवस्था गर्दा इन्धन खपत कम हुने जनाएको छ ।
पेट्रोल पम्पहरूले मोटरसाइकललाई ५ लिटर र कार जीप तथा साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन बिक्री गर्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाएको छ ।
यस्तै छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने विकल्प पनि निगमले सरकारलाई दिएको छ ।
यस्तै ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने, मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई निगमले प्रस्ताव गरेको छ ।
यस्तै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायत अन्य उपकरणको आयात बन्द गर्न समेत सरकारलाई निगमले प्रस्ताव गरेको छ ।
ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्नुपर्ने निगमको भनाइ छ ।
पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ठूलो पहिरो गएको छ । पहिरोका कारण बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ दुवै सडक अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसील...
मंगलवार राति काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । ललितपुरको खोकना क्षेत्र, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्र र भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान वि...
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्त...
काठमाडौंको बालाजुस्थित एक कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार जुत्ता बनाउने कारखानामा बुधवार मध्याह्न आगलागी भएको हो । आगलागीको सूचना पाएसँगै प्रहरी घटनास्थलमा पुगेको छ । निकै टाढाबाट पनि ध...
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मंसिर ४ गते तय भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लाग...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...