साउन २६, २०७९
मोरङमा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गरेको आरोपमा बेलबारी–८ का २१ वर्षीय सन्तोष न...
काठमाडाैं | असार २१, २०७९
संखुवासभा सामूहिक हत्या प्रकरणका अभियुक्त चार जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । संखुवासभा जिल्ला अदालतले सोमवार पाँचमध्ये चार जनालाई आजीवन कारावास हुने फैसला गरेको हो ।
एक १७ वर्षीय किशोरलाई भने हत्या र चोरीको मुद्दामा गरेर १७ वर्ष ४ महिना कारावास हुने फैसला भएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।
आजीवन कारावास सजाय पाउनेमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की र ४९ वर्षीय रणबहादुर कार्की छन् । अर्का एक जना १७ वर्षीय किशोरलाई भने नाबालिग मानेर २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको गौतमले जानकारी दिए । उनका अनुसार किशाेरलाई सुधार केन्द्र पठाइने छ ।
उनका अनुसार आजीवन कारावास सजाय पाउने ४ जनाले जनही २ लाख क्षतिपूर्ति भर्नुपर्ने र पीडित राहत कोषमा दुई हजार ८ सयका दरले रकम जम्मा गर्नुपर्नेछ ।
२०७८ भदौ २१ गते मादी नगरपालिका-१ उम्लिङका ५५ वर्षीय तेजकुमार कार्की, उनकी आमा ८४ वर्षीया पार्वता भन्ने पार्वती कार्की, ५४ वर्षीया पत्नी कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय विपिन भन्ने दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।
यो पनि पढ्नुहोस्
मोरङमा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गरेको आरोपमा बेलबारी–८ का २१ वर्षीय सन्तोष न...
प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत ५ मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी बुधवार सार्वजनिक ग...
झापा जिल्लाको गौरादह नगरपालिका–७ ग्वालडुब्बाबाट साउन २५ गते राति सशस्त्र प्रहरीले करीब ९४ लाख ४८ हजार रुपैयाँ बराबरको बिलविजक अनुरूप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित १ जनालाई पक्राउ गरेको छ...
प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले अर्थ मन्त्रालयको सीसीभिटी फुटेज ‘ब्लर’ भएको विषयमा आफूसँग जवाफ नभएको बताएका छन् । आईजीपी नियुक्त भएको १ सय दिनको समीक्षा कार्यक्रममा पत्रकारले सोधेका प्र...
बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसु...
मोरङको बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दबाब दिएका छन् । पीडितका आफन्तले बयान फेर्न दबाब आएको बताएका हुन् । बालिकालाई...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...