×

X
Dabur
Nic Asia
Marvel

मौद्रिक नीति

आर्थिक संकटका बीच मौद्रिक नीतिको तयारी, केमा कडाइ गर्दा अर्थ व्यवस्थामा आउला सुधार ?

काठमाडाैं | असार २१, २०७९

TVS INSIDE

बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारी गरिरहेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

उसले मौद्रिक नीतिका लागि निजी क्षेत्रका विभिन्न संघ संस्थादेखि आम सर्वसाधारणसम्मबाट सुझाव मागेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

मौद्रिक नीति तयार पार्नुअघिसम्म आएका सुझावलाई छलफलमा ल्याउने र आवश्यक सम्बोधन गरिने राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताए ।

उनले भने, ‘सुझाव लिने समय रोकिएको छैन । जति बेला पनि व्यवसायी, उद्योगीसहित सर्वसाधारणसम्मले उपयुक्त सुझाव दिन सक्छन् । मौद्रिक नीतिका लागि कस्तो र के सुझाव आयो भन्ने विषय भने अहिले नै भन्न सकिँदैन । सुझाव आउने क्रम जारी रहेको हुँदा सम्बन्धित क्षेत्रको सुझावका सम्बन्धमा अन्तिम समयसम्म छलफलमा ल्याउँछौं,’ भट्टले भने ।

Vianet communication
Maruti inside

उनले थपे, ‘अहिलेको सबैभन्दा ठूलो चासो र चिन्ता विदेशी मुद्राको सञ्चिति घटिरहेकोमा छ । राष्ट्र बैंकको नीति पनि यसलाई कसरी बढाउन सकिन्छ भन्ने नै हो ।’ आगामी आवको मौद्रिक नीतिप्रति सबैको अपेक्षा अर्थतन्त्र संकटमा नजाओस् र अहिलको अवस्थामा सुधार आओस् भन्ने भएको हुँदा सोही अनुसारको तयारी भइरहेको उनले जानकारी दिए ।

जेठसम्मको तथ्यांकअनुसार नेपालले १७ खर्ब ६३ अर्ब रुपैयाँको आयात गरेको छ । आयात बढेकै कारण चालू आवको ११ महिनामै देशको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म भएको आयात चालू आवको एक वर्षका लागि देशले तयार पारेको आय व्यय विवरण (बजेट)को आकारभन्दा पनि ठूलो हो ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकअनुसार  राज्यको ढुकुटीमा ९ अर्ब २८ करोड डलर (११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ) विदेशी मुद्रा सञ्चिति छ । यसले ६ महिना १९ दिनको मात्रै आयात धान्न पुग्छ ।

गत असार मसान्तमा मात्रै राज्यको ढुकुटीमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो । यस्तो सञ्चिति असारसम्ममा १० महिना १० दिनको आयात धान्न पुग्ने थियो । चालू आव लागेदेखि डलर सञ्चिति घट्दै गएको छ । 

राज्यको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति घटिरहेका बेला राज्यको ऋण भार भने बढिरहेको छ । हालसम्म राज्यको ऋणभार १८ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । यसमध्ये विदेशी ऋणको भार मात्रै ९ खर्ब ७६ अर्ब रुपैयाँ छ ।

नेपालले विदेशी ऋण अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र पाउन्ड स्टर्लिङसहित सम्बन्धित देशकै मुद्रामा लिने गरेको छ । यस्तो ऋणको सावाँब्याज भुक्तानी विदेशी मुद्रामै हुन्छ ।

नेपालको डलर सञ्चिति घट्ने भनेकै विदेशीको ऋण भुक्तानी, वस्तु तथा सेवा आयात, वैदेशिक अध्ययन, भ्रमणसहितको खर्चमा प्रभाव पर्नु हो । डलर सञ्चिति घट्दा ऋण भुक्तानी र आयातमा बढी रकम बाहिरिने गर्छ । नेपालले वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी रकम ऋणको सावाँ ब्याज भुक्तानीमै खर्चन थालेको छ ।

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्ने हुन्छ, तर नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दात आवश्यक पर्ने बैंकिङ विज्ञ भुवन दाहालको तर्क छ । अर्थतन्त्र आयातमुखी भएकाले विदेशी मुद्राको सञ्चितिलाई ६ महिनाबाट कम नगराउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनुपर्ने दाहालले बताए । 

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावल विदेशी मुद्रा सञ्चिति घट्न नदिने र अर्थतन्त्र सुधारमा सहयोग पुर्‍याउने गरी आगामी आवको मौद्रिक नीति चालू आवको भन्दा कडा आउनुपर्ने बताउँछन् ।

‘अर्थतन्त्रको अवस्था थप बिग्रन नदिन र सुधारका कार्य गर्न इन्धनको खपत घटाउने, विलासिताका वस्तुको आयात निरुत्साहन गर्ने, एक वर्षलाई अत्यावश्यकबाहेक सवारी आयात बन्द गर्ने र नेपाली उत्पादनको प्रयोगमा जोड दिनुपर्ने हुन्छ,’ उनले भने, ‘पछिल्लो समय आयात बढेर मात्रै हैन उपभोग्य वस्तुहरूको मूल्य नै बढेका कारण समेत बढी भएको हो । आम सर्वसाधारणदेखि कर्मचारी र प्रधानमन्त्रीसम्मले विदेशी उत्पादनको खपत कम गर्ने कुरामा प्रण गर्नुपर्छ ।’

दाहालले आइतवार बिदा दिने निर्णय हचुवाको भरमा फिर्ता लिइएको गुनासो गरे ।

‘सरकारले दुई दिने बिदा दिने र हटाउनेजस्तो हचुवा निर्णय गर्ने होइन, पहिले अध्ययन गर्ने र त्यसपछि निर्णय गरेर कार्यान्वयन गर्ने काम गर्नुपर्छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेयर गोल्छाले पनि आगामी मौद्रिक नीति ठूला, साना, मझौला उद्योगी र सर्वसाधारणसम्मको समस्यालाई सम्बोधन गर्ने गरी आउनुपर्ने बताए ।

उनले भने, ‘उद्योगी व्यवसायीहरूले जीवनमा नभोगेको तरलता अभाव यो वर्षभरि नै भइरहेको छ ।' तरलता अभावकै कारण निजी क्षेत्रले गहन र जटिल समस्या भोग्नुपरेको पनि उनको भनाइ छ ।

अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने भन्दै मौद्रिक नीतिमार्फत आवश्यक सम्बोधन गर्न पनि केन्द्रीय बैंकलाई आग्रह गरेका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले नै शेयर धितो कर्जामा कडाइ गरेको छ । सेयर धितोको ४/१२ को नीतिले शेयर बजारमा लगानीकर्ता निरुत्साहित भएको भन्दै यसलाई पुर्नविचार गर्न पनि उनले माग गरे ।

उक्त नीति सच्याउन शेयर लगानीकर्ताले पटक–पटक आग्रह गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावल विदेशी मुद्रा सञ्चिति घट्न नदिने र अर्थतन्त्र सुधारमा सहयोग पुर्‍याउने गरी आगामी आवको मौद्रिक नीति चालू आवको भन्दा कडा आउनुपर्ने बताउँछन् । रावलले भने, ‘अहिलेको अवस्था र भोलिका दिनमा आउनसक्ने संकटलाई दृष्टिगत गरेर मौद्रिक नीति धेरै लचकता पूर्ण तरिकाले आउन पनि हुँदैन । विगतमा जस्तो अर्थतन्त्रको अवस्था अहिले छैन ।’

‘मुद्रास्फीति दोहोरो अंकमा पुग्ने भइसकेको छ भने अर्थतन्त्र थप कमजोर हुनसक्ने देखिएको छ । त्यसो हुँदा नियमित बजार अनुगमन गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण अध्ययन गरेर अर्थतन्त्रलाई राहत दिने गरी नीति अवलम्बन गर्नुपर्छ,’ रावले थपे ।

TATA Below
NLIC
साउन २६, २०७९

कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन ...

साउन २५, २०७९

कुनै समय सञ्चित घाटा रु ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले नाफामा वृद्धि गर्न सफल भएको छ । पछिल्लो पटक प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा रु छ अर्...

साउन २६, २०७९

नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८मा  ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैया...

साउन २६, २०७९

नेपाल चेम्बर अफ कमर्सले केन्द्रीय बैंकका अधिकांश नीति बैंक वित्तीय संस्थालाई पोस्ने खालको भएको आरोप लगाएको छ । चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयद्वारा जारी विज्ञप्तिमा बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम...

साउन २६, २०७९

पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । मालीगाउँस्थित टान सचिवालयमा बिहीवार अध्यक्षसहित पदाधिक...

साउन २६, २०७९

कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको गुनासो गरेका छन् । बिहीवार खाद्यका लागि कृषि अभियानले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सरकारले अहिले कृषिमा गरिर...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x