साउन २१, २०७९
छोराछोरी पढेर जागिर खाउन् भन्ने चाहना हरेक अभिभावकको हुन्छ । छोराछोरीले धेरै दुःख गर्नु नपरोस् भनेर बालबालिकालाई गाउँबाट शहरमा ल्याए महंगा–महंगा विद्यालयमा पढाउने प्रवृत्ति पनि बढ्दै जान थालेको छ । ...
तनहुँको व्यास नगरपालिकाले ‘व्यास नगर समता’ आवासीय विद्यालय आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय सञ्चालन गर्न लागिएको हो ।
उक्त प्रकृतिका विद्यार्थीका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरी आवश्यकता माग गरिसकेको नगरपालिकाले जनाएको छ ।
विद्यालयमा खाना पकाउने भान्से, शिक्षिका, सुरक्षाकर्मी लगायतका जनशक्ति माग गरिएको नगरपालिकाका सूचना अधिकारी कुमारकञ्चन जिसीले जानकारी दिए । व्यास–७ शेशमटारमा रहेको क्यामिन कोट प्राथमिक विद्यालयमा ‘व्यास नगर समता’ विद्यालय २०७९ सञ्चालन ल्याउन लागिएको हो ।
एक मात्र सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्वविद्यालय निर्माण गर्न, विज्ञान तथा प्रविधिको पढाइ सञ्चालन गर्न अध्ययन गरी पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने नगरपालिकाको योजना छ ।
नगरपालिका भित्रका प्रावि, आधारभूत र माध्यमिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गरिने जनाइएको छ । व्यास–१३ र १४ का सामुदायिक विद्यालयमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधारका योजना कार्यान्वयन गर्ने लक्ष्य रहेको छ ।
६ कक्षासम्म सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्रका विद्यार्थीलाई संघीय सरकारको सहभागितामा दिवाखाजाको प्रबन्धलाई प्रभावकारी रूपमा निरन्तरतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
नगरपालिका भित्रका धार्मिक विद्यालय, मातृभाषामा शिक्षा प्रदान गर्ने विद्यालय तथा सामुदायिक सिकाइ केन्द्र सञ्चालनार्थ प्रोत्साहन गर्ने नीति रहेको छ । नगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय पाठ्यक्रम र वेदव्यास सम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
छोराछोरी पढेर जागिर खाउन् भन्ने चाहना हरेक अभिभावकको हुन्छ । छोराछोरीले धेरै दुःख गर्नु नपरोस् भनेर बालबालिकालाई गाउँबाट शहरमा ल्याए महंगा–महंगा विद्यालयमा पढाउने प्रवृत्ति पनि बढ्दै जान थालेको छ । ...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाउने स्थिति रहेको बताएका छन् । चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय ...
महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आइतवार खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगरपालिकाले करारका शिक्षकको म्याद नथपेकाले पठनपाठन अन्योल भएको हो । करारका श...
एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकि किताबी ज्ञानले मात्रै...
जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ । जिल्लाको तिला गाउँपा...
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिक पात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सिर्जना गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् । नेपाल प्राध्यापक संघको ६०औ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...