भदौ ३, २०७९
मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरूले शुक्रवार बिहानदेखि काठमाडौं महानगरपालिकाका मुख्य सडक त...
तनहुँको बन्दिपुर गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका वासिन्दालाई लक्षित गरी आर्थिक आयआर्जनमूलक कार्यक्रमलाई जोड दिँदै आएको छ ।
गाउँगाउँका महिलालाई सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले सीपमूलक तालिमलाई प्राथामिकता दिएको हो ।
गाउँपालिकाले महिलाहरूका लागि सिलाइकटाई गर्न मशिन, सालको पातको टपरी र चप्पल उद्योग सञ्चालनका लागि केही दिनअघि तालिम प्रदान गरिसकेको छ ।
बन्दिपुर–६ धरमपानीमा चप्पल उद्योग सञ्चालनमा ल्याउने तयारीका साथ तालिम प्रदान गरिसकेको गाउँपालिकाले जनाएको छ । वडास्थित धरामपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।
गण्डकी प्रदेश सरकारको गरीबी निवारण उद्यमी विकास कार्यक्रमअन्तर्गत २ लाख १३ हजार ५०० रुपैयाँमा मशिन खरिद गरी स्थानीय १२ जनालाई तालिम प्रदान गरिसकिएको जनाइएको छ ।
तालिमबाट सिकेका सीप तथा जनशक्तिलाई परिचालन गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । तालिमपश्चात् सालको पातको टपरी र चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।
बन्दिपुर–५ स्थित याम्पा महिला उद्यमी समूहलाई ४ वटा सिलाइकटाइ मेशिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए ।
गाउँपालिका कार्यालयले बन्दिपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गरी सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम अघि बढाइएको छ । टपरी बनाउनका लागि स्थानीय १२ जनालाई तालिम प्रदान गरिसकेको जनाइएको छ ।
मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरूले शुक्रवार बिहानदेखि काठमाडौं महानगरपालिकाका मुख्य सडक त...
कैलालीमा घरको नक्सापास न्यून संख्या गर्ने गरेको पाइएको छ । लाखौँ रुपैयाँ खर्च गरेर घर बनाए पनि नक्सापास गर्नेबारे नागरिक सचेत बन्न सकेका छैनन् । उनीहरुले नक्सापासको महत्व अझै बुझ्न सकेका छैनन् । न्यून व्यक्तिले मा...
जिल्ला समन्वय समिति काभ्रेलाई जिल्लास्थित सरोकारवाला निकायले नदीजन्य तथा खानीजन्य उद्योग सञ्चालनसम्बन्धी अद्यावधिक विवरण बुझाएका छैनन् । समितिले दुई महिनाअघि ती उद्योगबारे स्थानीय तह, घरेलु तथा साना उद्योग, आन्तरिक...
भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीवार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पंकज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गर्यो । जिल्ला ...
एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रुख छपान र कटान गरिने भएको छ । एशियाली विकास बैंकको रु २६ करोड ७...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोहोरमा राखेर सुन तस्करी हुने गरेको खुलेको छ । विमानस्थलमा जम्मा भएका फोहोरमा राखेर सुन लगायतका सामानहरूको तस्करी हुने गरेको विमास्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...