×

X
Nic Asia
Marvel
Khukuri

डोटीका २५० उम्मेदवारले मात्रै बुुझाए स्थानीय चुनावको खर्च विवरण

डोटी | असार २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका डोटीका २५० उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।

DHARA
LAxmi BAnk

उम्मेदवारी दिएकामध्ये ७६ प्रतिशत उम्मेदवारले अझै पनि आफ्नो निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

निर्वाचन आयोग ऐन २०७३ परिच्छेद–५ को दफा २५ मा निर्वाचन सम्पन्न भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिल र भरपाईसहित तोकिएको ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्च विवरण बुुझाउनुुपर्ने कानूनी व्यवस्था छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार डोटीमा ३४३ पदका लागि १ हजार ५० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये हालसम्म जम्मा २५ प्रतिशतले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुुझाएका छन् ।


Advertisment
Bizbazar
Saurya island

जिल्लामा ९ वटा स्थानीय तहसहित जम्मा ६५ वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूूचना अधिकारी दलबहादुर मलासीका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लाका विभिन्न स्थानीय तहबाट १ हजार ५० उम्मेदवारले आफ्नो उम्मेदवारीका लागि मनोनयन पत्र दर्ता गराएका थिए । तीमध्ये हालसम्म करीब २५० जनाले मात्रै निर्वाचन खर्च विवरण बुुझाउनु भएको सूचना अधिकारी मलासीले बताए ।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार ९ स्थानीय तहमध्ये जोरायल र बडिकेदार गाउँपालिकाका कुनै पनि उम्मेदवारले निर्वाचन खर्चको विवरण बुुझाएका छैनन् । अन्य स्थानीय तहका उम्मेदवारमध्ये पनि अधिकांश उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

Vianet communication
IME BANK INNEWS

सबै उम्मेदवारलाई स्थानीय तहमार्फत निर्वाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुुझाएपछि हालसम्म प्राप्त विवरण निर्वाचन आयोगमा पठाइने तयारी भएको जिल्ला निर्वाचन अधिकारी करुणाकर पाण्डेयले बताए ।

निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सबै जिल्ला निर्वाचन कार्यालयलाई उम्मेदवारले खर्च विवरण बुुझाए नबुुझाएको यकिन गरी आवश्यक कारबाहीका लागि आयोगमा सिफारिससहित लेखी पठाउन निर्देशन जारी गरेको छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताएका छन् । बिहीवार अखिल नेपाल महिला संघ (समाजवादी) ले दशैँ, तिहारलगायतका चा...

असोज १४, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रवार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थाप...

असोज १४, २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको अवलोकन गर्दै उनले निर्माण कार्य...

असोज १४, २०७९

निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचन भइर...

असोज १३, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो सर्लाही–२ बाट चुनाव लड्ने भएका छन् । २०७४ को चुनावमा धनुषा–३ बाट चुनाव जितेका महतो आगामी चुनावमा भने सर्लाही–२ बाट प्रतिनिधि सभा स...

असोज १४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीमा बुधवारमात्रै वरिष्ठ उपाध्यक्ष बनेका नेता रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । वरिष्ठ उपाध्यक्ष मिश्रले शुक्रवार एक औपचारिक कार्यक्रम नै आयोजन...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x