×

Nic Asia
Dabur
Prabhu Bank

एम अधिकारी प्रकरण

एमालेले नक्कली एम अधिकारी बनाउन खोजेपछि मनोजलाई तनाव, फोनै अफ गरेर सम्पर्कविहीन !

काठमाडाैं | असार ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेकपा एमालेले अर्थ तथा योजना विभाग सदस्य ‘एम अधिकारी’ भनेर सार्वजनिक गर्न खोजेका एक पात्र फोन नै नलाग्ने बनाएर सम्पर्कविहीन भएका छन् ।

yONNEX
IME BANK INNEWS

एम अधिकारी नाम गरेको व्यक्ति राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नै भएको भन्दै विभिन्न प्रमाणहरू सार्वजनिक भएपछि एमाले नयाँ एम अधिकारीको खोजीमा लागेको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसबीचमा बिहीवार केही नेताले मिडियामा सूचना चुहाए– एम अधिकारी भनेको सीए मनोज अधिकारी हुन्, विराटनगरतिर बस्छन् ।

यो समाचार आउनेबित्तिकै मनोजको फोनमा तारन्तर घण्टी बज्न थाल्यो । मनोजलाई सुवेदी थरका एक व्यक्तिले एमाले पार्टीको तर्फबाट आएको आग्रहअनुसार ‘एम अधिकारी’ बनिदिन मनाएका थिए ।


Advertisment
Lokantar App
Saurya island

स्रोतका अनुसार ‘गभर्नरसापलाई साह्रै अप्ठ्यारो पार्ने भए । केही समयलाई तपाईं एम अधिकारी बनिदिनुपर्‍यो, त्यसबापत पछि पार्टीले हेर्छ,’ भनेर सुवेदीले आग्रह गरेपछि शुरूमा मनोज तयार पनि भएका रहेछन् ।

मनोज विराटनगरमा सीए फर्म चलाउँछन् । भारतमा रहेको सुशीललाल एन्ड एसोसिएटसँगको पार्टनरसीपमा उनले हालसालै फर्म सञ्चालनमा ल्याएका हुन् ।

Vianet communication

वि.सं. २०४४ मंसिर ६ गते जन्मिएका मनोजको ठेगाना विराटनगर– ५ भनेर नागरिकतामा उल्लेख गरिएको छ ।

हेर्नुहोस्, नागरिकताको कपि :

व्यक्तिगत गोपनीयताको सम्मान गर्दै नागरिकता नम्बर र औंठाछापसहितका गोप्य विवरण ब्लर गरिएको छ ।

‘इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ इन्डिया’बाट सन् २०१४ मा सीए परीक्षा उत्तीर्ण गरेका मनोज यसअघि काठमाडौंमा केन्द्रीय कार्यालय रहेको सुबोध एसोसिएटसँग जोडिएर विराटनगरमै काम गर्थे । 

हेर्नुहोस्, उनले सीए पास गरेको सर्टिफिकेट :

उमेरले ३५ वर्षमात्र टेक्न लागेका मनोजलाई एमालेले डाक्टर र प्राध्यापक डाक्टरहरूभन्दा अगाडिको वरीयतामा राखेका एम अधिकारी बनिदिन जसोतसो मनाएको थियो ।

तर उनका चिनजानका साथीभाइ, आफन्त र शुभचिन्तकहरूले ‘फस्लास् है भाइ, यो त जेल जाने केश हुन्छ’ भनेपछि उनी फोन सम्पर्क नहुने बनाएर बसेको स्रोतको दाबी छ ।

यो समाचार तयार पार्दासम्म उनको फोनमा सम्पर्क हुन सकेको छैन ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै सामाजिक सञ्जालदेखि सदनसम्म तीव्र आलोचना भइरहेको छ ।

कुनै पनि पार्टीको सदस्य रहेको व्यक्ति राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य हुने कानूनी व्यवस्था छ ।

तर, त्यसविपरीत गभर्नर अधिकारी एमालेको केन्द्रीय विभागको सदस्य बनेको भन्दै सडकदेखि सदनसम्म उनको राजीनामा मागिएको छ ।

एमालेले यही असार २६ गते जारी गरेको ‘अन्तरपार्टी निर्देशन’मा ‘अर्थ तथा योजना विभाग’को सदस्यका रूपमा एम अधिकारीको नाम समावेश छ । एम अधिकारीको ठेगाना खोटाङ उल्लेख गरिएको छ ।

तर, नक्कली एम अधिकारी बनाउन खोजिएका व्यक्ति खोटाङका भने होइनन् ।

खोटाङमा अर्थ विभागको सदस्य बनाउन योग्य अर्को कुनै एम अधिकारी नभेटिएपछि खोटाङबाट मोरङ झरेको भन्ने आशयमा मनोजलाई एम अधिकारी बनाउन प्रयास गरिएको स्रोतको दाबी छ ।

मनोजलाई शुरूमा एम अधिकारी बनिदिन मनाउने व्यक्ति पनि अडिट पेशासँग नै सम्बन्धित हुन् । उनी एमालेसँग निकट रहेर काम गर्छन् ।

त्यसो त एमालेले २०७३ जेठ २१ मा विभाग गठनपछि जारी गरेको प्रेस वक्तव्यमा अर्थ तथा योजना विभागमा महाप्रसाद अधिकारी नै सदस्य थिए ।

उनको ठेगाना पनि खोटाङ भनेर नै उल्लेख गरिएको थियो ।

त्यतिबेलै उनले आफू सदस्य नरहेको भनेर पार्टीलाई जानकारी गराएको तथा पार्टीले समेत सोही बेहोराको पत्र पठाएको भनी अहिले पत्रहरू पनि सार्वजनिक गरिएको छ । तर, एमालेको अर्थ विभागका एक सदस्यले महाप्रसाद अधिकारी बैठकमा समेत आउने गरेको भनेर स्वीकारेको 'अडियो क्लिप' सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यता सदनमा पनि सत्तापक्षीय सांसदहरूले एम अधिकारी को हो भनेर प्रश्न गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका प्रभावशाली सांसद नारायणकाजी श्रेष्ठ प्रकाशले बिहीवार राष्ट्रिय सभा बैठकमा एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एउटै व्यक्ति भएको आशंका गरिएको भन्दै यदि त्यसो होइन भने चित्तबुझ्दो प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले पनि गभर्नरलाई एम अधिकारीसँग जोडेर कटाक्ष गरेका थिए ।

मौद्रिक नीतिसम्बन्धी केही सरोकार राख्दै गगनले मैले गभर्नर महाप्रसाद अधिकारीलाई भनेको हुँ, एमालेको अर्थ विभागको सदस्य एम अधिकारीलाई हैन भन्ने आशयसहित कटाक्ष गरेका थिए ।

चौतर्फी रूपमा एम अधिकारी को हो भनेर प्रश्न उठिराख्दा एमालेले चित्त बुझ्दो जवाफ भने दिन सकेको छैन ।​

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १०, २०७९

लियानेल मेसीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले पानामाविरुद्ध सहज जीत हात पारेको छ । नेपाली समय अनुसार शुक्रबार बिहान सकिएको मैत्रीपूर्ण खेलमा मेसीले करियरको ८०० औं गोल पनि पूरा गरे । जुन ८३० गोल ...

चैत १०, २०७९

मौसम पूर्वानुमान महाशाखाले शुक्रवार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले कोशी प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदे...

चैत १०, २०७९

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो ।  यो प्रतिवेदनअनुसार नेपालमा एक करोड ४२ ...

चैत १०, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि बिहीबार पनि सो तयारी गरेका जम्कट्टेलले कांग्रेस बैठकमा अनुपस्थित हुने भएपनि लिन पाएका थिएनन् । &n...

चैत १०, २०७९

नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा विशेष कार्यक्रम गरी जनगणनाको अन्तिम तथ्यांक सार्वजनिक गरिएको हो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेक...

चैत १०, २०७९

नेपालमा जनसंख्याको वृद्धिदर लगातार ३० वर्षदेखि घट्न थालेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको जनसंख्या २०६८ को तुलनामा २०७८ मा २६ लाख ७० हजार ७४ जनाले बढेको देखिएपनि वृद्धिदर ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x