×

X
Nic Asia
Marvel
Khukuri

पोखरा महानगरले युवालाई स्वरोजगार बनाउने

पाेखरा | साउन ८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । 

DHARA
LAxmi BAnk

कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

महानगरपालिकाले चालू आर्थिक वर्षको बजेट कार्यक्रममार्फत कोषमा ५ करोड रुपैयाँ विनियोजन गरेकोमा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत ५–५ करोड रुपैयाँका दरले लगानी गरी १५ करोड रुपैयाँको कोषमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो । 

कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।


Advertisment
Bizbazar
Saurya island

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र महानगरका प्रमुख आचार्यबीच कोषमार्फत कार्यक्रम छिट्टै आगडि बढाउने सैद्धान्तिक सहमति भएको बताइन्छ । कोषमार्फत कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने र लगानी गरिने प्रमुख आचार्यले बताए ।

कृषि उद्यमको माध्यमबाट रोजगारीसमेत अभिवृद्धि हुने विश्वास लिइएको छ ।

Vianet communication
IME BANK INNEWS

महानगर प्रमुख आचार्यले भने, ‘हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बसेर कृषि उद्यमलक्षित गर्दै स्वरोजगार कोषमार्फत युवाहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा हाम्रो सहमति भएको छ । यसमा हामी ३ वटै पक्षले बराबर रकम जग्मा गर्ने छौं र बैंकमार्फत नै यसलाई अगाडि बढाउने योजनामा छौं । खासगरी कृषि क्षेत्रमा केही गर्न चाहने युवालाई लक्षित गरेर महानगरमा रोजगार अभिवृद्धि गर्ने पनि हाम्रो चाहना हो ।’

निर्देशक अधिकारीले आगामी ४ वर्षसम्म कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरू अगाडि बढेको बताए । उनले भने, ‘यो कार्यक्रममार्फत न्यून वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना छ । कोष अगाडि बढाउनका लागि अब औपचारिक सम्झौता गर्ने तयारीमा छौं ।’ उनका अनुसार कार्यक्रम सम्झौता भएर कार्यान्वयनमा जान कम्तीमा १ महिना लाग्नेछ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ ९, २०७९

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् ।  एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई...

भदौ १, २०७९

नेपाल र बेलायतबीच आगामी सोमवार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।  समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनार...

भदौ ९, २०७९

सरकारले वैदेशिक रोजगारका लागि रोमानिया जाने श्रमिकको सहजताका लागि वैदेशिक रोजगार कार्यालय ताहचलमा अस्थायी ‘रोमानियन मिसन’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया...

भदौ १०, २०७९

बाँकेमा ज्याला मजदुरी तथा श्रम गर्नेको ज्याला बढाइएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०७९/८० का लागि दररेट निर्धारण गरेको हो । जिप्रका बाँकेले सार्वज...

भदौ २, २०७९

उद्योगलाई आवश्यक जनशक्तिको पहिचान गरी माग र आपूर्तिको तालमेल गर्न बुटवलमा रोजगार सूचना केन्द्र स्थापना भएको छ । रूपन्देही उद्योग संघको सहकार्यमा स्थापना गरिएको सूचना केन्द्र लुम्बिनी प्रदेशका वाणिज्य तथा आपूर्ति ...

भदौ १६, २०७९

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५२ कर्मचारीका लागि विज्ञापन खोलेको छ । कृषि सेवा प्राविधिकलाई करार सेवामा भर्ना गर्न गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको छ । सूचनाअनुसार कृषि अधिकृत ३६ जना...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x