×

X
Nic Asia
Marvel
Khukuri

परापूर्वकालदेखि चल्दै आएको हाम्रो काठे खस परिकार दूधरोटी, दालरोटी र पानीरोटी अब लगभग लोप नै भए जत्तिकै छ । किनकि नयाँ पुस्तालाई यी परिकारका विषयमा सोध्ने हो भने पूर्ण रूपमा अनभिज्ञ नै छन् ।

DHARA
LAxmi BAnk

सबैको भान्सामा पाक्ने भए पो उनीहरूले पनि देख्थे, स्वाद पाउँथे र त्यसका विषयमा जान्ने मौका पाउँथे । मुख्य त ती खानाहरू पाक्नै छोडे पछि न कसैले जान्ने मौका पाए, न स्वाद नै थाहा पाए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गाउँघरमा पनि यी परिकारहरू अब बिरलै पाक्न थालेका छन् । पछिल्लो पुस्ताले हाम्रो लोक परिकारलाई बिर्संदै गएको र छिटोछरितो परिकारमा बढी चाख लागेको प्रस्ट छ । सबैको मुखमा चाउचाउ, चाउमिन, मःम, डुनोट, मासुचिउरा, चटपटे, पानीपुरी बस्न थालेपछि मौलिक परिकार बिर्संदै गएको बूढापाकाहरूको भनाइ छ ।

लोक र मौलिक परिकारलाई जोगाउनुपर्छ भनी पछिल्लो समय दर्जन संस्थाहरू लागिपरेका छन् र खोज अनुसन्धानमा पनि लागेका छन् तर शहर–बजारमा खोजेर अब लोक परिकार पाउन मुस्किल छ । दुर्गम गाउँगाउँमा पुगेर सोधखोज गर्न सकेमा हाम्रा लोक खानाका अवशेष अझै भेट्न सकिन्छ । बाटोघाटो र गाडी नपुगेका स्थानमा अझै पनि लोक खानाको प्रचलन नै छ ।


Advertisment
Bizbazar
Saurya island

जहाँ गाडी पुगे, त्यहाँ त भारतीय सस्तो चामल र चिउरा पुगिहाल्यो अनि कसले गर्ने दुःखको खेतीपाती ? कर्णालीमा सरकारले हेलिकप्टरबाट चामल खसाएर ठूलो भुल गरेको विज्ञको ठहर छ । राजधानीको चामलका कारण सुदूरपश्चिमका जिल्लामा खेतबारी बाँझै छन् ।

Vianet communication
IME BANK INNEWS

‘हामीले हाम्रो मौलिक, लोक खाना बच्चामा खुब खान पाइन्थ्यो तर अहिले कतै पनि देख्न पाइन्न,’ बूढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी भन्छन्, ‘यदि हामी हाम्रा बाउबाजेका यस्ता मौलिक परिकार बिर्संदै गयौं भने हामीलाई सिद्धिन कुनै टाइम लाग्दैन ।’

काठमाडौंको कपनमा अवस्थित रैथाने एग्रो प्रडक्टस् नेपालका सीईओ तिलक ढकालको पनि त्यस्तै विचार छ । ‘हामीले सधैं बाहिरकै प्रडक्ट्स प्रयोग गरिरहने हो भने हाम्रो अग्र्यानिक खाद्यान्नको बिज लोप हुने निश्चित छ,’ उनले भने, ‘हामीले हाम्रो पुर्खाले दिएका बिजको संरक्षण गर्न सकेनौं भने नयाँ पुस्ताले कुनै पनि नेपाली मौलिक लोक सामग्री र परिकार देख्न पाउँदैनन् ।’

मौलिक लोक रैथाने परिकारका विषयमा सेफ एशोसिएशनका अध्यक्ष श्याम तामाङ्ग भन्छन्, ‘अहिले हामीले सातै प्रदेशका रैथाने परिकारको खोजीमा हिँडेका छौं । अहिले मधेश प्रदेशमा काम सिध्याइसकेका छौं ।’

पूर्व अध्यक्ष रत्नबहादुर थापाको पनि उस्तै विचार छ । ‘हाम्रो लोक खाना जोगाउन सरकारी तबरबाट पनि पहल गर्नुपर्छ,’ उनले भने ।

कसरी बनाइन्छ दूधरोटी, दालरोटी र पानीरोटी ?

दूध रोटी बनाउन चाहिने सामग्रीः गहुँको आटा आधा किलो, भैसीको दूध डेढ लिटर, चिनी १ कप, मिक्स ड्राइनट्स ६० ग्राम, घ्यू ३ चम्चा, मरिचको धुलो आधा चम्चा, ताइचिन चामल आधा कप ।
 
दूध रोटी बनाउने विधिः बाक्लो किटको कराइ या कसौडीमा दूध र चामल हालेर उमाल्ने । एक साइडमा आटा मुछेर राख्ने । दूध र चामल उमालेको आधा घण्टापछि मुछेको आटा बेलेर चक्कुले काटेर या हातले लुछेर उम्लिरहेको दूध चामलमा हाल्दै चलाउँदै गर्ने । कत्तिले चाहिँ पहाडतिर हातले पेडासेभ दिएर पनि दूधमा खसाल्छन् ।

हातमा लपक्क लाग्ने जस्तो गरी पाक्न थालेपछि चिनी, मरिचको धुलो र घ्यूमा भुटेर मिक्स ड्राइनट्स घ्यूसहित हाल्दिने र राम्ररी चलाएर तातो या चिसो दुवै किसिमले खान सकिन्छ ।

दालरोटी बनाउन चाहिने सामग्री : जातोमा पिसेको मिक्स दाल २ कप, पिसेको अदुवा–लसुन २ चम्चा, सुकेको खुर्सानी ४ पिस, घ्यु ३ चम्चा, नून स्वाद अनुसार, हरियो खुर्सानी चप ३ पिस, बेसार पिन्च, हरियो लसुन या डन्डु सानो एक मुठा ।

दालरोटी बनाउने विधि : बाक्लो कराइ या हुन्डीमा घ्यू तताएर सुकेको खुर्सानी पड्काएपछि अदुवा–लसुन भुट्ने अनि बेसार हालेलगत्तै दाल हाले र एकछिन चलाउने । तातोपानी हाली सानो आँचमा राख्ने । पिठो मुछेर दूधरोटीमा हाले जसरी पेडा या बेलेर च्यातेर बिठो हाल्दै जाने र नून पनि स्वादअनुसार हाल्ने । पाकेपछि हरियो धनियाँ या डन्डु हालेर सर्भ गर्ने ।

पानीरोटी बनाउन चाहिने सामग्री : आटा आधा किलो, हरियो खुर्सानी ४ पिस, धनियाँ हरियो आधा मुठा, नून स्वादअनुसार, घ्यू २ चम्चा ।

पानीरोटी बनाउने विधि : थोरै धुलो आटा बाँकी राखेर नून, मसिनो गरी काटेको धनियाँ र खुर्सानी हाली मुछ्ने र छोपेर एक साइडमा राख्ने । नून हालेर २ लिटर जति पानी उमाल्ने । मुछेको पिठोको सानो–सानो पेडा बनाउने र उम्लेको पानीमा हाली १२–१५ मिनेट पकाउने । पानी तारेर आफूले चाहेको चटनी या दाल तरकारीसँग खान सकिन्छ ।
 
पानीरोटी कतै–कतै उम्रेको गेडागुडी, मिक्स भेजिटेबल हालेर दालरोटी जसरी पनि बनाउने गरिन्छ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ २५, २०७९

नेपालमा रेस्टुरेन्ट खोल्ने र डाइनिङ गर्नेको ट्रेन्ड ह्वात्तै बढेको छ । जहाँ त्यही रेस्टुरेन्ट खुलेका छन् र कुनै चलेका छन् त कुनै नचलेका पनि छन् । रेस्टुरेन्ट चल्नु/नच्नुका धेरै कारण हुन्छन् । तीमध्ये एक कारण हो मेनु पन...

असोज १, २०७९

चुकन्दर रसियनहरूका लागि अभिन्न सब्जी हो । परापूर्वकालदेखि नै रसियन परिकारमा चुकन्दर प्रयोग गरिँदै आएको हुन्छ । चाहे सुप होस् या सलाद, राइस होस् या जुस, उनीहरूका लागि यो सब्जी निकै मनपर्छ । चुकन्दरको फाइदा बुझ्द...

भदौ ११, २०७९

नेपालमा तीजको तरङ्ग १ महिना अघिदेखि नै देखिएको छ । हिन्दू महिलाका लागि तीज १ विशेष दिन मानिन्छ र एक पवित्र पर्व पनि । तीज पर्वमा व्रत र व्रत अगाडिको दरले पनि छुट्टै महत्त्व बोकेको हुन्छ । नेपाली समाजमा खिर ...

भदौ २५, २०७९

रबी भुषण साह   सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको छ । राजनीतिक दलहरूले चुनावलक्षित गतिविधिलाई तीव्रता दिँदै दलीय संगठनभित्र भेला, प्रशिक्षण र उम्मेदवारी चयन ...

असोज १९, २०७९

दशैंलाई स्वास्थ्यमैत्री बनाउन कस्ता परिकार खाने भन्ने विषयमा धेरैलाई चासो हुन्छ । हिन्दूको महान् चाड दशैं सबैको घरदैलोमा आइसकेको छ । मिठो खाने र राम्रो लगाउने चाडको रूपमा चिनिएको दशैंमा अन्जानका कारण धेरैले र...

भदौ २५, २०७९

रञ्जना पौडेल हिंसाका विषयमा कसैले सोध्यो भने सबैभन्दा पहिले तपाईंको दिमागमा केको चित्र आउँछ ? कुनै महिलाको ? पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चित बनेका समाचारहरूको ? ब्लगहरूको ? लेखको...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x