×

X
Nic Asia
Marvel
Khukuri

प्राविधिक बिषय अध्ययन गर्न सम्झौता

इलाम | साउन २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसी कार्यक्रमका कक्षाहरु सञ्चालन हुनेछन् । 

DHARA
LAxmi BAnk

इलाम नगरवासी प्राविधिक विषय अध्ययन गरेर यहीँ रोजगारीको अवसर सिर्जना होस् भनेर प्राविधिक विषय अध्ययनका लागि कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । चालु आव २०७९÷८० मा २४ प्रशिक्षार्थी नगरपालिकाबाट अनुदान सहयोगबाट छात्रवृत्ति प्रदान गर्नका लागि सम्झौता भएको हो । नगरप्रमुख केदार थापा र शिक्षालयका कार्यालय प्रमुख दीपक खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नगरपालिकाभित्र बसोबास गर्ने जेहेन्दार साथै आर्थिक अवस्था कमजोर, विपन्न, दलित तथा महिलाहरुलाई पशु विज्ञानमा पाँच, बाली विज्ञानमा पाँच, वन विज्ञानमा पाँच, सिभिल इन्जिनियरिङमा पाँच र फार्मेसीमा चारजना प्रशिक्षार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने नगरप्रमुख  थापाले बताए । उनले क्षमता भएर पनि आर्थिक रुपमा पछि परेका परिवारका सदस्यहरुले प्राविधिक विषय अध्ययन गर्न नपाएको जनाउँदै यस्तो कार्यक्रम अगाडि सारिएको बताए। यो कार्यक्रमले विपन्न र पिछडिएका समुदायका छात्रछात्रालाई राहत मिल्ने बताइएको छ । 

    इलामको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा हाल देशभरिका विद्यार्थी प्राविधिक शिक्षा लिइरहेका छन् । रोजगारीको सुनिश्चितता हुने भएकाले पनि पछिल्लो समय प्राविधिक विषयमा धेरै विद्यार्थीहरुको रुचि बढ्न थालेको पाइएको छ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ४, २०७९

सिन्धुलीका सामुदायिक विद्यालयमा ‘टकिङ टिचर’ प्रविधिबाट अध्यापन शुरु भएका छन् । दुधौली नगरपालिका–३ का सबै सामुदायिक विद्यालयमा यस प्रविधिबाट अध्यापन शुरु गरिएको हो ।  यस वडामा रहेक...

असोज ३, २०७९

शिक्षाविद्हरूले शिक्षाले राष्ट्रियता र उत्पादनलाई जोड्न नसके मुलुकको समग्र शिक्षा प्रणाली नै विफल हुने बताएका छन् । सोमवार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको विद्यालय तहको परीक्षाको नतिजा–वर्तमान अवस्था र भ...

असोज ६, २०७९

हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् ।  अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने प्रवृत्तिले यहाँ विद्यार्थी बाल विकासबाहेकका विद्...

असोज १३, २०७९

वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ पर्साले यही असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा व...

असोज १०, २०७९

नेपाल एपीएफ स्कूल कीर्तिपुरको ‘अभिभावक दिवस–२०७९’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ...

असोज १०, २०७९

कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको हो ।  कञ्चनपुरको भीम...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x