×

X
Nic Asia
Marvel
Khukuri

चन्द्रमणिले ल्याए तीज गीत (भिडियोसहित)

काठमाडाैं | साउन २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीजको गीत सार्वजनिक भएको छ ।

DHARA
LAxmi BAnk

शुक्रवार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ ।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सोना अमात्य, शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूर्णिमा बानियाँ, सब्बु राना बमलगायत कलाकारको अभिनय छ ।

चन्द्रमणि भट्टराईको शव्द, डेनी निरौलाको संगीत र सोना अमात्यको स्वरमा रहेको गीतलाई पारिवारिक परिवेश र सामाजिक कथामा खिचिएको छ । गीतको संगीत संयोजन योगेश काजीले र मिक्सिङ् पवन विश्वकर्माले गरेका हुन् ।


Advertisment
Bizbazar
Saurya island

भिडियोमा सुबोल थापाको सह निर्देशन रहेको छ । यसलाई नवराज उप्रेतीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् ।  

भिडियोको बारेमा निर्देशक विष्ट भन्छन्, ‘भिडियोलाई हामीले घरभित्रको परिवेशमा खिचेका छौँ । भिडियो खिच्न हामी पार्टी प्यालेसमा गएनौँ । हामीलाई थाहा छ, तीज पर्व पारिवारिक र सामाजिक पर्व हो । यसको मर्मलाई भिडियो निर्माणको मुख्य आधार बनाएका छौँ ।’

Vianet communication
IME BANK INNEWS

 पात्र चयनमा विषयमा कुरा गर्दै निर्देशक विष्टले, संयुक्त परिवारमा हुने हजुरआमा, आमा, फूपू, भाउजू, नन्द, छोरी बुहारी र उहाँहरुको मनोविज्ञानलाई भिडियोमा उतार्न खोजिएको बताए ।

'शृङ्गार, गरगहना र पहिरनमा ख्याल गरिएको छ । भिडियोलाई भड्किलो हुनबाट बचाउने प्रयास गरिएको छ,' विष्टको भनाइ छ ।   

विवाहित महिलाको शृङ्गार र शृङ्गारभित्रको भावनात्मक उत्सुकतालाई तीजको परम्परागत पक्षसँग जोडेर देखाएका छौँ । गायिका तथा नायिका अमात्य भन्छिन्, ‘दर खाने र हरितालिका तीजमा व्रत बस्ने मुख्य क्रियाकलापलाई पारिवारिक वातावरणमा प्रस्तुत गरेका छौँ ।’

गीत सिर्जना गर्दा तीज पर्वको संयोगान्त र वियोगान्त दुवै पक्षको विश्लेषण गरेर बदलिँदो परिवेश अनुकुल बनाउन खोजिएको छ ।

गीतकार भट्टराईका अनुसार, तीज कुनै बेला वेदनाका गीत गाउने पर्व थियो । त्यो पक्ष भनेको शास्त्रीय नभइ सामाजिक परिवेश थियो ।

'अहिले त्यो परिवेश फेरिएको छ । त्यसैले हामीले वेदनाका गीत गाउने समयलाई सामाजिक विकासको चरणका रुपमा सम्झना गर्दै परिवर्तित परिस्थितिलाई चित्रण गर्दै जानुपर्छ,' उनले भने ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

नेपाल छाडेर विदेशलाई कर्मथलो बनाएकाहरूलाई आरोप लाग्ने गर्छ – यिनीहरूलाई देशको माया लाग्दैन । विदेशिएकाहरू भन्छन्, – विदेशमा हुँदा देशको माया झन् दोब्बर भएर आउँछ ।  लोक गायक प्रकाश सपूत र...

भदौ ३०, २०७९

दशैं तिहारजस्ता चाडपर्वहरू नजिकिँदै गएसँगै त्यससँग सम्बन्धित गीतहरू सार्वजनिक हुन थालेका छन् ।  कलाकारहरुले दशैं तिहारलाई लक्षित गरेर तयार पारेका गीतहरू सार्वजनिक गर्न थालेका हुन् ।  लोक गायक ...

असोज ७, २०७९

गीतकार प्रकाश सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट पुरस्कृत भएका छन् । उनलाई उत्कृष्ट सन्देशमूलक गीतकार विधामा ‘सीप सिकौँ, दक्ष बनौँ’ गीतका लागि  पुरस्कृत गरिएको हो ।  उक्त गीत...

भदौ २२, २०७९

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालले आफ्नो अफिसियल यूट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेकी छन् । सु–प्रसिद्ध गायक राजेश पायल राईसँगको स्वरमा रचनाले ‘सेवारो हिङ्मन सुहाउने भो’ ब...

भदौ २९, २०७९

युवा गायक एवम् संगीतकार जोसेफ शाही ठकुरीको देउडा शैलीको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक भएको छ । उनको आधिकारीक युट्युब च्यानलमा शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द, संगीत...

भदौ ३०, २०७९

अग्रज लोकगायक प्रेमराजा महतको ‘बन्दिपुरैमा’ बोलको लोक गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ । प्रेमराजा र शान्तिश्री परियारको स्वरमा ९ महिनाअघि यो गीत युट्युबमा सार्वजनिक गरिएको थियो । ...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x