×

X
Nic Asia
Marvel
Khukuri

महजोडीको फिल्म ‘महापुरुष’ र सौगातको ‘लाखे’ एउटै मितिमा प्रदर्शन हुने

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

मल्टिस्टारर चलचित्र ‘लाखे’ र महजोडीको चलचित्र ‘महापुरुष’ एउटै मितिमा प्रदर्शनमा आउने भएका छन् । यी दुवै चलचित्रले भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेका लागि प्रदर्शन मिति तय गरेका छन् । 

DHARA
LAxmi BAnk

आफूले तोकेको मितिमा अर्को चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आउने भएपछि ‘लाखे’ टिमलाई समस्या हुने देखिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसअघि ‘लाखे’ले भदौं ३१ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । उक्त मितिमा अर्को चलचित्र ‘बाबरी’ले पनि प्रदर्शन मिति तोकेको थियो । तर, चलचित्र ‘लाखे’को भीएफएक्स, मिक्सिङलगायतका प्राविधिक कार्य मुम्बइमा भईरहेको र निर्धारित मितिमा काम नसकिने देखिएकाले आइतबार मात्रै कात्तिक ११ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको थियो । 

‘लाखे’ले प्रदर्शन मिति तोकेको साँझ नै ‘महापुरुष’ले फस्टलुक पोष्टर सार्वजनिक गर्दै कात्तिक ११ गतेका लागि प्रदर्शन मिति रोजेको हो । 


Advertisment
Bizbazar
Saurya island

प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईलीलगायतको अभिनय छ । षट्कोण आर्टसको प्रस्तुति रहेको चलचित्रको म्याक्स दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् । यता, सम्राट बस्नेतको निर्देशन रहेको ‘लाखे’मा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बालगायतको अभिनय छ । 

सिजन अर्यालको कथा, आकाश बरालको पटकथा रहेको चलचित्रको निर्माता सिजनसँगै जि.एम ठकुरी हुन् ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

ट्रिपल एक्स वेब सिरिजलाई लिएर ‘टिभी क्वीन’ एकता कपुरको कठिनाइ बढ्दै गएको छ । वेब सिरिज ट्रिपल एक्स विवादमा बिहारको एक अदालतले एकता कपुर र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।&n...

असोज १२, २०७९

मौलिक सिर्जनाहरूबाट स्रोता–दर्शकको मन जितिरहेका गायक एवं सर्जक प्रकाश दुतराजको नयाँ गीत सार्वजनिक भएको छ । ‘मै जाम्ला’ बोलको नयाँ गीत उनले मंगलवार राति दर्शक तथा स्रोतामाझ ल्याएका हुन् ।&nbs...

असोज १२, २०७९

गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीया किशोरी परिजिता बाँस्तोलाले लोभलाग्दो प्रस्तुति दिएकी छन् । मंगलवार राति शोको ब्लाइण्ड अडिसनमा उनले प्रस्तुति गर्दा चारैजना कोच...

असोज १३, २०७९

नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच रिमेश अधिकारी निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।  सन् १८१४ मा देहरादुनस्थित...

असोज १४, २०७९

लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको फिल्म ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मको पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ ।...

असोज ११, २०७९

‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फष्ट रन...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x