×

X
Nic Asia
Marvel
Khukuri

मह अभिनित ‘महापुरुष’मा शिवम् सिमेन्टको सहकार्य

काठमाडाैं | साउन २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् बीच नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । मंगलवार शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

DHARA
LAxmi BAnk

उक्त कार्यक्रममा शिवम्का सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट, के.पी. रिजाल, कन्ट्री हेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल तथा षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदीप भट्टराई, निर्माता रवीन्द्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्रीलगायत उपस्थित भएका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उक्त चलचित्र आगामी कात्तिक ११ मा  रिलिज हुँदैछ ।

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रूपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरूसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । सोही क्रमको निरन्तरतास्वरुप एक–आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र ‘शत्रु गते’, ‘दालभात तरकारी’लगायतका फिल्ममासमेत सहकार्य गरेको थियो । जसबाट दुवै पक्षलाई एक–आपसको प्रर्बद्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो । 


Advertisment
Bizbazar
Saurya island

सम्झौतापछि चलचित्रका निर्देशक प्रदीप भट्टराईले शिवम् सिमेन्टजस्तो अग्रणी ब्राण्डसँग सहर्काय गर्दा चलचित्र निर्माण एवं प्रबद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राण्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । विभिन्न ब्राण्डहरूले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउदै शिवम् सिमेन्टप्रति आभार व्यक्त गरेका थिए । 

शिवम् सिमेन्ट लिमिटेडले आफूप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । 

Vianet communication
IME BANK INNEWS

‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’जस्ता नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल दाबी गर्दै आएको छ । देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित भएको थियो ।

ओपिसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्टले सन् २००९ मा हेटौँडामा स्थापित उद्योगबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम्ले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगााकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असलीसिमेन्ट बन्न सफल भएको कम्पनीले बताएको छ । 

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, युआरएस प्रमाणित आईएसओ सर्टिफिकेटप्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

अम्बे ग्रुपले नेपालगञ्ज स्थित होटल सोल्टीमा आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरूलाई जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  ग्रुपका अध्यक्ष हरी न्यौपानेले  नेपालगञ्जमै दैन...

असोज १४, २०७९

नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले दशैँको अवसरमा  काठमाडौँ कीर्तिपुर स्थित हुपील्याण्ड नजिकै ११ वटा लिङ्गे पिङ सहित पिङ बजार सञ्चालन गरेको छ बिजबजारले कीर्तिपुर नगरपालिका वडा नम्बर ६ को वडा समित...

असोज १४, २०७९

वडादशैंका लागि सुर्खेतबाट ३ हजार ९ सय खसीबोका राजधानी पठाइएको छ । सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यल...

असोज १५, २०७९

 “बैंकले ऋण दिएको छैन, महँगी आकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशै छैन,” सुर्खेतको वीरेन्द्रनगरस्थित कालिका इम्पोरियमका सञ्चालक देवेन्द्र को...

असोज १४, २०७९

विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मेयर नागेश कोइराला बिहान ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनु...

असोज १५, २०७९

चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।  दै...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x