×

X
Nic Asia
Marvel
Khukuri

जनप्रतिनिधि र कर्मचारीको मनपरी

मेयरका छोरालाई अहेव, ज्वाइँलाई सब–इन्जिनियर र अधिकृतको सालालाई कम्प्युटर अपरेटरको जागिर

बुटवल | साउन २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी नियुक्तिमा मनपरी गरेका छन् । उनीहरूले आफन्तलाई कर्मचारीका रूपमा  नियुक्ति दिएका हुन् । नगर प्रमुख सजरुद्धिन मुसलमानले नगरपालिकाको वडा नम्बर–३ को अहेवमा आफ्ना छोरा जमिल अहमद खाँन र वडा नम्बर ६ को सब–इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् । 

DHARA
LAxmi BAnk

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले आफ्ना साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटर (प्राविधिक सहायक पाँचौ तह) मा नियुक्ति दिलाएका छन् । नगरपालिकाले पुराना सेवा करारका ११ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तलाई नियुक्ति दिएको हो । मेयर खाँन कांग्रेसबाट निर्वाचित हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

गाउँपालिकाकी उपप्रमुख कल्पना हरिजनले पुराना करारका कर्मचारीलाई दक्ष र क्षमतावान कर्मचारीलाई हटाएर आफ्ना छोरा र ज्वाइँसहित १३ जना नयाँ कर्मचारी भर्ना गरेको बताइन् । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयका साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटमा नियुक्ति गरिएको उपप्रमुख हरिजनले बताइन् । 

उपप्रमुखले भनिन्, ‘नगरमा प्रमुख प्रशासकीय अधिकृत र मेयरले मनपरी गरेका छन् । आफ्ना आसेपासे र परिवारका मान्छेलाई जागिर खुवाएका छन । छोरा, ज्वाइँ र सालालाई नियुक्ति दिलाएका छन् ।’ कार्यपालिका बैठकको निर्णय बिना करारका कर्मचारीलाई हटाइएकोसमेत उनले जानकारी दिइन् । 


Advertisment
Bizbazar
Saurya island

‘साउन असार ३० गते नगरसभाको बैठक बसेको थियो, त्यो बैठकमा पुराना कर्मचारीलाई बिदा दिएर नयाँ कर्मचारीलाई राख्ने विषय आएको थिएन’ उनले भनिन्, ‘३१ गते १३ जना कर्मचारीलाई नियुक्त गरेको र १ गते करारका कर्मचारीलाई मौखिक रूपमा हटाएको जानकारीमा आयो । पछि माइन्यूट हेर्दा हामीलाई थाहा भयो ।’ 

उनले थपिन्, ‘हटाउन पाइन्छ । तर, कानून र नियमसंगत हुनुपर्‍यो भन्ने माग हो । आफ्नोलाई होइन दक्ष कर्मचारी आउनुपर्‍यो भन्ने हाम्रो माग हो । अहिले अयोग्य र फर्जी काम गर्ने थपिदा नगरको काम कारबाही ठप्पजस्तै भएको छ ।’ 

Vianet communication
IME BANK INNEWS

प्रशासकीय अधिृकत पाण्डेयले आफ्नो सालाको कम्प्युटरमा नियुक्तिको विषय भएको स्वीकार गरे । 

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफू अनुकूल नभएका कर्मचारीलाई धमाधम सरुवा गरेपछि कर्मचारीले कामकाज ठप्प पारेका छन् । उनले कर्मचारीलाई अनावश्यक हस्तक्षेप गरी स्वास्थ्य क्षेत्रका कर्मचारीलाई वडा सचिवमा समेत खटाएका छन् । 

छोरा र ज्वाइँको नियुक्तिका विषयमा प्रतिक्रिया लिँदा मेयर खाँन बोल्न चाहेनन् । छोरा र ज्वाइँलाई नियुक्ति दिनुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘अहिले म यो विषयमा बोल्दिन ।’

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ गते पाल्पाको रामपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा थियो । तर, उनले साउन २० गते आफूलाई मन नपरेका कर्मचारीको नगरपालिकाको कार्यालयबाट वार्ड सचिवको रूपमा सरुवा गरेका कर्मचारीहरूको आरोप छ । नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताए । 

प्रशासकीय अधिकृत पाण्डेयले उपप्रमुख हरिजनले आफ्नो बद्नाम गराउने गरी लागेको आरोप लगाए । ‘उहाँले मलाई सरुवा गराउनु भएको भन्ने छ । मैले पत्र पाएको छैन । उहाँ (हरिजन) ले आफ्नो व्यक्तिगत फाइदाको लागि बद्नाम गर्न खोज्नु भएको हो,’ उनले भने । पाण्डेय अहिले बिदामा छन । 

जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सिर्जना भएको छ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको हत्या गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने कि...

असोज १२, २०७९

कालीमाटी क्षेत्रका खाद्य पसलहरुमा म्याद सकिएका, ओसिएका र कीरा धुन लागेका चामल चिउरालगायतका खाद्यवस्तु बरामद गरिएको छ । आज काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं उ...

असोज १२, २०७९

लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज पनि नागढुङ्गा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युर...

असोज १२, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी आफूले पार्टी परित्याग गरेको जनाएका हुन् । कार्कीले जसपाको पार्टी परिचालन...

असोज १२, २०७९

पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खुला गरेको छ। महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आ...

असोज १२, २०७९

सिन्धुपाल्चोकको सुनकोसी, भोटेकोसी, ब्रह्मायणी, इन्द्रावती, झ्याँडीलगायतका नदीमा बम, विष र करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि माछा लोप हुने स्थितिमा पुगेको छ ।  जलस्रोत ऐनमा बम, विष र करेन्ट लगाएर माछा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x