×

X
Nic Asia
Marvel
Khukuri

चीनमा प्रदर्शन हुँदै ‘राधा’, दूतावासले माग्यो फिल्म

काठमाडाैं | साउन २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपाली चलचित्र ‘द सिक्रेट अफ राधा’ चीनमा प्रदर्शन हुने भएको छ ।

DHARA
LAxmi BAnk

नेपाल प्रदर्शनअघि नै चलचित्र चीनको फेस्टिभलमा प्रदर्शन हुने भएको हो । चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल – २०२२’ मा ‘राधा’ प्रदर्शन हुने भएको हो । १५ अगस्ट अर्थात साउन ३० गते फेस्टिभलमा ‘राधा’ प्रदर्शन हुनेछ । ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासले मंगलबार निर्मातालाई पत्र पठाउँदै यसबारे जानकारी दिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेपालको उत्कृष्ट डान्स भिडियो प्रदर्शन तथा नेपाली चलचित्रलाई चिनियाँ बजारमा प्रबद्र्धन गर्न सहयोगका लागि आयोजकले ‘राधा’लाई छनोट गरेको हो ।

आयोजकले समन्वय गर्न दूतावासलाई आग्रह गरेको छ । दूतावासले पत्रमार्फत सहभागिताको लागि चलचित्रको पूर्ण स्क्रिप्ट, प्रिमियर भिडियो र चलचित्रमा समावेश तीजको गीत मागेको छ । ‘नेपालमा रिलिज नहुँदै चीनमा आधिकारिक क्षेत्रबाट प्रदर्शनका लागि छनोट हुनु एकदमै खुशीको कुरा हो । यसलाई लिएर एकदमै उत्साहित छौं,’ निर्मातामध्येकी देवकी बिष्टले लोकान्तरसँग भनिन् । 


Advertisment
Bizbazar
Saurya island

नेपालमा भदौँ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा छिन् ।

उनको साथमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, पशुपति राई लगायतको अभिनय छ ।

Vianet communication
IME BANK INNEWS

चलचित्रलाई सुवर्ण थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा देवकी बिष्टसँगै विक्रम दास जोशी र अभिनेता सौगात मल्लको समेत लगानी छ । एक विवाहित महिलाले घरमा श्रीमान नहुँदा गर्ने संघर्षको कथा चलचित्रले पेश गर्छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीया किशोरी परिजिता बाँस्तोलाले लोभलाग्दो प्रस्तुति दिएकी छन् । मंगलवार राति शोको ब्लाइण्ड अडिसनमा उनले प्रस्तुति गर्दा चारैजना कोच...

असोज ११, २०७९

‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फष्ट रन...

असोज १३, २०७९

नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच रिमेश अधिकारी निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।  सन् १८१४ मा देहरादुनस्थित...

असोज १०, २०७९

रेजिना इन्टरटेन्मेन्ट प्रालि र शहीद फिल्मस् प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको ‘नवदुर्गा सम्मान’ यसवर्ष अभिनेत्री झरना थापादेखि पूजा थापासम्मले पाएका छन् ।  सोमवार चलचित्र विकास बोर्डमा एक कार्य...

असोज १४, २०७९

तिहारको अवसर पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमबीच दयाहाङ राई र विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्मको टे...

असोज १२, २०७९

ट्रिपल एक्स वेब सिरिजलाई लिएर ‘टिभी क्वीन’ एकता कपुरको कठिनाइ बढ्दै गएको छ । वेब सिरिज ट्रिपल एक्स विवादमा बिहारको एक अदालतले एकता कपुर र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।&n...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x