×

X
Nic Asia
Marvel

शक्ति राष्ट्रको टसल

अमेरिकामा जोडतोडले चलेको बहस– चीन र रुससँग एकैचोटि लड्न सकिन्छ ?

काठमाडाैं | साउन २५, २०७९

NTC
Premier Steels
Photo Credit : Shutterstock
British college
TVS INSIDE

युक्रेनी भूमिमा रुसविरुद्ध छद्मयुद्ध चलाइरहेको अमेरिकाले सँगसँगै ताइवानमा चीनविरुद्ध छद्मयुद्ध शुरू गर्न खोजेको छ । विश्लेषकहरू अमेरिका यसरी एकैपटक दुईवटा मोर्चामा लड्न सक्षम छ कि छैन भनी बहस गरिरहेका छन् । 

DHARA
LAxmi BAnk

अगस्ट १ मा द न्युयोर्क टाइम्समा स्तम्भकार टमस फ्रिडम्यानले अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको आलोचना गर्दै अमेरिकाले एकैपटक दुईवटा मोर्चा लड्न नसक्ने ठोकुवा गरेका थिए । युक्रेन युद्ध अझै जारी रहेको र त्यसमा अमेरिकाको सहयोग अपरिहार्य रहेको अवस्थामा अमेरिकाको ध्यान ताइवानतर्फ जानु प्रत्युत्पादक हुने तर्क फ्रिडम्यानले गरेका छन् । दुई अन्य महाशक्तिसँग एकैपटक युद्धमा नहोमिनु भूराजनीतिको पहिलो पाठ भएको उनको भनाइ छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तर द वाशिङटन पोस्टमा स्तम्भकार जोश रोगिनले फ्रिडम्यानको दाबी गलत रहेको बताएका छन् । पलोसीले ताइवान भ्रमण गरेर दुस्साहसी कदम चालेको नभई चीनले ताइवानलाई थर्काएर दुस्साहस देखाएको उनको दाबी छ । 

पलोसीले ताइवान भ्रमण गर्दा आकाश नखसेको र तेस्रो विश्वयुद्ध शुरू नभएको उनी लेख्छन् । अमेरिकाको शक्तिबाट हच्किएरै चीन सैन्य अभ्यासमा सीमित रहेको र युद्धमा जान नसकेको उनको तर्क छ । 


Advertisment
Bizbazar
Saurya island

त्यससँगै रोगिनले चीन र रुस दुवै विस्तारवादी निरंकुशतन्त्र भएको अनि उनीहरूले मिलेरै अमेरिकाको सुरक्षा, समृद्धि र स्वतन्त्रतालाई आघात गर्न खोजेको लेखेका छन् । त्यसैले ती दुवैलाई अमेरिकाले एकैपटक प्रतिकार गर्नुपर्ने उनको भनाइ छ । तर त्यसरी एकै समयमा दुई महाशक्तिविरुद्ध लड्ने क्षमता अमेरिकासँग छ कि छैन भन्ने विषयमा रोगिन मौन छन् । 

रोगिनले नभनेको कुरा अमेरिकाको केन्टकी विश्वविद्यालयको प्याटरसन स्कूलमा सुरक्षा तथा कूटनीति विषयका प्राध्यापक डा रोबर्ट फार्लीले आफ्नो लेखमा भनेका छन् । उनी पनि अमेरिका एकैपटक चीन र रुससँग भिड्न समर्थ रहेको दाबी गर्छन् । 

Vianet communication
IME BANK INNEWS
आणविक हतियार भएका मुलुक चीन र रुससित सिधै भिड्न जाने जोखिम अमेरिकाले उठाउला भन्ने कुरामा पंक्तिकार विश्वस्त छैन । युक्रेनलाई उपयोग गरेर रुसलाई कमजोर बनाउने अमेरिकी रणनीति विफल भए पनि ताइवानलाई चीनविरुद्ध त्यसैगरी अमेरिकाले उपयोग गर्न सक्छ । तर प्रत्यक्ष भिडन्तमै जाने सम्भावना शंकाको घेरामा छ । 

१९४५ डट्कम नामक वेबसाइटमा प्रकाशित उनको लेखमा अमेरिकाले एसिया र युरोप दुवै मोर्चामा लड्न सक्ने सामर्थ्य भएको सेना तयार पारेको छ । दुई मोर्चामा फरक–फरक हतियार उपयोग गरिन सक्ने उनको भनाइ छ । 

भिन्नाभिन्नै युद्धमोर्चाका माग र आवश्यकता फरक भएकाले अमेरिकी सेना दुवैतिर एकैचोटि लड्दा पनि भयंकर दबाबमा नपर्ने उनी लेख्छन् । आफ्ना साझेदारहरूको सहयोग लिएर अमेरिका दुवै मोर्चामा हावी हुने उनी दाबी गर्छन् ।

रोगिन र फार्ली जस्ता युद्धपरस्त टिप्पणीकारहरूलाई बाइडन प्रशासनले प्रोत्साहन गरेको भए पनि अमेरिकाले रुस र चीनसँग प्रत्यक्ष नभई परोक्ष वा छद्म युद्ध (प्रोक्सी वार) गर्ने हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । युक्रेनमा रुससँग सिधै भिडन्तको स्थिति आउन नदिन अमेरिका र नेटो अत्यन्तै सावधान रहेको तथ्यले नै यसलाई प्रमाणित गर्छ । 

हुन पनि आणविक हतियार भएका मुलुक चीन र रुससित सिधै भिड्न जाने जोखिम अमेरिकाले उठाउला भन्ने कुरामा पंक्तिकार विश्वस्त छैन । युक्रेनलाई उपयोग गरेर रुसलाई कमजोर बनाउने अमेरिकी रणनीति विफल भए पनि ताइवानलाई चीनविरुद्ध त्यसैगरी अमेरिकाले उपयोग गर्न सक्छ । तर प्रत्यक्ष भिडन्तमै जाने सम्भावना शंकाको घेरामा छ । 

बाइडन प्रशासनमा रहेका भिक्टोरिया नुल्यान्ड र कर्ट क्याम्पबेल जस्ता प्रभावशाली अधिकारीहरूले बाइडनलाई दुवै मोर्चामा एकैपटक लड्न सकिने भनी उचाल्न कोशिश चाहिँ गरिरहेका छन् । गत फेब्रुअरी महिनामा फरेन पोलिसी पत्रिकामा प्रकाशित सामग्रीले पनि बाइडन प्रशासनको यही युद्धपरस्त सोचलाई प्रतिबिम्बित गरेको थियो ।

उक्त लेखअनुसार, अमेरिका विश्वव्यापी स्वार्थ बोकेको संसारको अग्रणी शक्ति भएकाले युरोप र हिन्द–प्रशान्त क्षेत्रमध्ये एक छान्ने विकल्प उससँग छैन । बरू वाशिङटन र उसका साझेदारहरूले रुस र चीनलाई एकैपटक हराउन सक्ने रक्षा रणनीतिक विकसित गर्नु जरूरी छ । जोश रोगिनको तर्क यस्तै किसिमको छ ।

यस्तो लेख लेख्ने व्यक्ति म्याथ्यु क्रोएनिग हुन् । उनी स्काउक्रफ्ट सेन्टर फर स्ट्राटेजी यान्ड सिक्योरिटी– एटलान्टिक सेन्टरमा आबद्ध छन् । अमेरिकाको प्रमुख रक्षा थिंकट्यांक भएको हैसियतले यस संस्थाले छपाएको आलेखबाट चीन तथा रुसप्रति अमेरिकाको अभिजात वर्गले बनाएको धारणा बुझ्न सकिन्छ । 

यस किसिमको परिस्थिति निर्माण गर्नका लागि अमेरिकाले सन् २०२२ को रक्षा बजेट पनि त्यस्तै किसिमको बनाएको छ । पंक्तिकारले यस विषयमा अघिल्लो लेखमा टिप्पणी गरिसकेको छ ।

पढ्नुहोस् यो पनि:

यी सब कुराका बावजूद अमेरिका एकैचोटि दुईवटा मोर्चामा उभिँदा उसका दुई शत्रुको समन्वय घातक हुन सक्ने तथ्यलाई भुल्न मिल्दैन । 

त्यसो त चीन र अमेरिकाबीच युद्धको प्रतिरूप अभ्यास गरिँदा चिनियाँ सेनाले अमेरिकाका कैयौं हतियार नष्ट गरेकाले पेन्टागन चिन्तामा परेको खबर ब्लूमबर्ग पत्रिकाले छापेको छ । रुस एक्लैलाई पनि अमेरिकाले कम आँक्न नमिल्ने सैन्य विश्लेषकहरू बताउँछन् ।

अहिले युक्रेनमा चलिरहेको द्वन्द्वमा चीनले रुसलाई कुनै किसिमको पनि सैन्य सहयोग गरेको छैन । तर अमेरिकाले ताइवानमा युद्ध शुरू गरेमा चीनले रुसलाई सामरिक सहयोग गर्ने र रुसले चीनलाई ताइवान जित्नका लागि सहयोग गर्ने परिस्थिति निर्माण हुन सक्छ । 

यस्तै किसिमको परिस्थितिलाई आकलन गरी ती दुई देशले गोप्य रूपमा हतियार प्रणालीको संयुक्त डिजाइन तथा सैन्य अनुसन्धान र विकास गरिरहेको देखिन्छ । अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयमा राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डा अलेक्जेन्डर कोरोलेभका अनुसार, दुई देशले प्रविधि हस्तान्तरणमा साझेदारी गरेका छन् । हतियार निर्माणमा अग्रणी मुलुक रुसले चीनलाई दिने सैन्य उपकरणको भोलुम बढेको पनि छ । 

भन्नुको आशय, चीन र रुस दुवैका विरुद्ध अमेरिका एकैपटक युद्धमा होमियो भने ती दुई देशका सेनाबीच सहकारवाही (इन्टरअपरेबिलिटी) मा समस्या आउने छैन । एकअर्काको हतियार प्रणाली उनीहरूले समस्या नआइकन चलाउने स्थिति आएमा अमेरिकाविरुद्ध प्रतिकार गर्न सहज हुनेछ । हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेका यी दुई देशको समन्वयले अमेरिकी मुख्यभूमिलाई समेत जोखममा पार्न सक्छ । 

अमेरिका किन दुई महाशक्तिसँग लड्न खोजिरहेको छ त ? आफ्नो एकध्रुवीय प्रभुत्व अकण्टक रहोस् भन्ने अभीष्टका साथ ऊ यस युद्धमा होमिन खोजेको हो । विरोधी दुई महाशक्तिले विशाल भूमि, लामो इतिहास र आणविक हतियारको बलमा अमेरिकाको विश्वव्यापी प्रभुत्वमा जोखिम तेर्स्याएको निष्कर्ष निकाल्दै उनीहरूलाई पन्छाउन युद्धको हदसम्म जानका लागि अमेरिका तयार भएको पत्रकार डेबोरा भेनेजियाल लेख्छिन् । 

रुसको कुरा गर्नुपर्दा अमेरिकाले उसलाई युक्रेनमा अल्झाएर राख्न र कमजोर बनाउन खोजेको हो । अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले यसको संकेत पहिले नै दिइसकेका छन् । कमजोर भएको रुसलाई छिन्नभिन्न बनाउने र उसको आणविक हतियार नष्ट गर्ने अमेरिकाको आकांक्षा हो । त्यसो गर्न सके रुसले विश्वका विभिन्न भागमा पार्न खोजेको प्रभावको प्रयास विफल हुने अमेरिकाको सोच देखिन्छ । 

चीनको कुरा गर्नुपर्दा त्यहाँ कम्युनिस्ट पार्टीको स्थिर सरकार रहेको अमेरिकालाई चित्त बुझेको छैन । राष्ट्रवादको सवालमा जनताले सरकारलाई पूर्ण समर्थन गरेको अमेरिकाका लागि असह्य भइरहेको छ । कोभिडपछि अर्थतन्त्रमा केही समस्या देखिए पनि अन्य मुलुकको भन्दा स्वस्थ अर्थतन्त्र चीनमा छ तर अमेरिकी भाष्यमा चिनियाँ अर्थतन्त्र लगातार ओरालो लागिरहेको छ । 

डरलाग्दो कुरा त, अमेरिकी संस्थापन पक्षको आकांक्षालाई प्रतिबिम्बित गर्ने क्रोएनिगको लेखमा अमेरिकालाई गैर–रणनीतिक आणविक हतियार समेत उपयोग गर्न सुझाव दिइएको छ । अर्थात्, अमेरिकाको एकध्रुवीय प्रभुत्व कायम राख्न त्यहाँ सम्भ्रान्तहरू मानवताको समूल विनाश गर्न सक्ने आणविक हतियारको उपयोगमा पनि नहिचकिचाउने संकेत पाइन्छ । 

चीनलाई कमजोर बनाउन सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध घृणा फैलाउने र सत्ता पल्टाउने विद्रोह (कलर रिभोल्युसन) गराउने अमेरिकाको योजना देखिन्छ । त्यसैले अमेरिकी सांसदहरू हिजोआज लगातार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को विरोध गरिरहेका छन् । चीन र सीसीपी फरक हुन् भन्ने किसिमको भाष्य उनीहरू निर्माण गर्न खोज्दैछन् । 

हुँदाहुँदा ट्विटरका संस्थापक ज्याक डोर्सीले समेत अमेरिकी प्रचारबाजीलाई बल दिने गरी सीसीपी अन्त्य हुनुपर्ने भनी ट्वीट गरेका छन् । यसरी कम्युनिस्ट पार्टीप्रति चिनियाँ जनतामा वितृष्णा फैलाएर शासन परिवर्तन गर्ने ध्येय अमेरिकाले लिएको देखिन्छ । 

ताइवान संकट पनि सीसीपीको दमनकारी नीतिका कारण चर्किएको दाबी अमेरिकीहरूले गरिरहेका छन् । त्यहाँ युद्ध गराएर चीनको शासन परिवर्तन गराउन सकिने आशा उनीहरूले गरिरहेका छन् । तर विश्वको कारखानाका रूपमा रहेको चीन अस्थिर भएमा विश्वव्यापी आपूर्ति शृंखला भत्किएर संसारै अस्तव्यस्त हुने खतरा आइलाग्नेछ ।

डरलाग्दो कुरा त, अमेरिकी संस्थापन पक्षको आकांक्षालाई प्रतिबिम्बित गर्ने क्रोएनिगको लेखमा अमेरिकालाई गैर–रणनीतिक आणविक हतियार समेत उपयोग गर्न सुझाव दिइएको छ । अर्थात्, अमेरिकाको एकध्रुवीय प्रभुत्व कायम राख्न त्यहाँ सम्भ्रान्तहरू मानवताको समूल विनाश गर्न सक्ने आणविक हतियारको उपयोगमा पनि नहिचकिचाउने संकेत पाइन्छ । 

यस्ता अभिव्यक्तिहरू आइरहेको सन्दर्भमा चीन र रुसविरुद्ध अमेरिकाको शीतयुद्ध कुनै पनि बेलामा वास्तविक युद्धमा परिणत हुन सक्ने सम्भावना देखिँदैछ । छद्मयुद्ध पनि एक तह उक्लेर प्रत्यक्ष भिडन्तमा परिणत भइदिन सक्ने कुरालाई नकार्न सकिन्न । त्यस युद्धले पार्ने विश्वव्यापी असर भयावह हुनेछ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ ३१, २०७९

विगत १० दिनदेखि युक्रेनको पूर्वी भागमा रहेको खार्किभ क्षेत्रमा युक्रेनी सेनाले गरेको प्रत्याक्रमण कारवाहीले केही भूभाग फिर्ता लिनुबाहेक खासै उल्लेख्य सफलता हासिल गरेको छैन ।  युक्रेनकी उपरक्षामन्त्री हान्ना...

असोज ४, २०७९

अघिल्लो साता एसिया र युरोपको बीचमा रहेको ककेसस क्षेत्रका दुई मुलुकहरूबीच चलेको युद्धमा लगभग ३०० जनाको ज्यान गएको बताइएको छ । कुनै बेलामा सोभियत संघअन्तर्गत रहेका आर्मेनिया र अजरबैजानबीच छोटो अवधिको लडाइ...

असोज ५, २०७९

संघीय संसद्का दुवै सदनबाट पारित भई शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि मुलुकमा अर्को संवैधानिक संकट शुरू भएको छ । प्रतिनिधिसभाका सभामुखले प्रमाणित गरी पठाएको विधेयक मंगलवार...

असोज ५, २०७९

युक्रेनको पूर्वी भागमा रुसी नियन्त्रणमा रहेका डोनबासका दुई क्षेत्र र दक्षिणी भागमा रहेका खर्सन तथा जापोरिजा क्षेत्रका रुससमर्थक अधिकारीहरूले जनमतसंग्रह गराउने निर्णय सार्वजनिक गरेपछि पश्चिमविरुद्ध रुसको प्रत्याक्रमण ...

असोज ६, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले पुनः एकपटक ताइवानमाथि चीनको आक्रमण भएमा अमेरिकाले ताइवानको प्रतिरक्षाका लागि अमेरिकी सैनिक पठाउने बयान दिएका छन् ।  सीबीएस टीभीसँगको अन्तर्वार्तामा आइतवार (१८ सेप्टेम्ब...

असोज ९, २०७९

भोलिदेखि बहुसंख्यक नेपालीहरूको मुख्य चाड दशैं शुरू हुँदैछ । दशैंको घटस्थापनासँगै फेस्टिभ मुड शुरू हुन्छ । देशको खस्किँदो अर्थतन्त्र र त्यसले पारेको प्रभावका कारण दशैंको समयमा पनि बजार चलायमान छैनन् । मान...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x